"मेरा पनि त रहर हरु छन नि। म चाँही मान्छे हैन र। खाउ खाउ लाउ लाउ भन्ने उमेर मा ।" सुगम भन्दै थियो । मलाई दिक्क लाग्यो अनी ल म त जान्छु भनेर हिंडे । भागी हाले । मलाई तेती खेर भागेकै अनुभव भयो। सुगम अमेरिका आएको पनि अब ३ बर्ष हुन लाग्यो। अमेरिका बसुजेल खासै रमाइला दिन हरु धेरै देखेकाछैनन उस्ले । देखोस् पनि कसरी ? काम गर्नै पर्यो नत्र स्कुल लाई कसरी तिर्ने । खाना, कोठा भाडा अनी अरु खर्छ कसरी तिर्ने । हुन त सबै को त्यस्तै हो। तर पनि।।।।।।। मलाई पनि त्यो रात त्यस्तै कुरा हरु ले मजाले सुत्न दिएन । भोलीपल्ट सुगम सँग भेट हुँदा यहाँ यस्तै छ भनेर सम्झाउन खोझे तर मैले आँफैले आँफैलाई सम्झएको झै लाग्यो तेती बेला । अचम्म छ । मान्छे लाई जती भए पनि पुग्दैन। पहिले अमेरिका आउनलाई मरी हत्ते ,अहिले आई सके पछी दिक्क । "तिमी लाई यहाँ के पुगेको छैन र?", मैले उस्लाई सोधे । हुन त यहाँ धेरै कुर छ तर पनि ।।। माया छैन नि । "कस्तो माया ?कस्को माया ?" तिमीलाई होमसिनेस को प्रब्लेम छ कि क्य हो? मैले सोधे। उ खै भन्छ ,"होमसिकनेस भनु भने घर जान पत्टकै मन छैन । होइन भनु भने यहाँ मन बस्दैन। के हो के हो खै म त "। म हासी दिए, उ पनि हास्यो । तर उस्को हसैमा उज्जाय्लो पना थिएन । रुदै हसेको झै लाग्यो मलाई । मलाई झनै हास् उठ्यो . हाम्रो परिस्थिती सम्झेर।