Gautam B.
Replies to this thread:
More by Gautam B.
What people are reading
Subscribers
Please log in to subscribe to Gautam B.'s postings.
:: Subscribe
|
[VIEWED 9729
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 06-05-07 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो मेरो मौलिक रचना हैन। यो कथा मैले लेखेको हैन, देखेको हो। यो कथा मैले रोजेको हैन, भोगेको हो। यो मैले लेख्न चाहेको कथा पनि हैन, आएको कथा हो। एउटा ज्यामी (रामकिस्ने वा रामकिशन वा रामप्यारी वा रामदुलारी कुनै एक नाम दिनुस्।) कामबाट छुटेर घर फर्किरहेछ। उ लखतरान छ दिनभरिको कामपछि। अक्सर उ एक्लै हुन्छ घर फर्किँदा। एउटा घना जंगलको बाटो हुँदै फर्किनुपर्छ उसले। उसै त जंगल, झन अचेल हिंस्रक जन्तुहरु थपिएका छन् रे! त्यसैले उ सधैं सकेसम्म उज्यालैमा त्यो जंगल काटिसक्छ जसरी भएपनि। तर आज कामबाट निस्कन साह्रै ढिला भएछ। उ डराई-डराई हिडिरहेछ, सासै रोकेर हिडिरहेछ। कतैबाट बाघ-भालु निक्लेला र झम्टेला भन्ने डरले उ त्यसै पनि अधमरो भईसकेको छ। उसको डर साकार उभिन्छ अचानक उसको अघिल्तिर! संसार हल्लाउने गर्जन सुन्छ उ र देख्छ दुईटा बल्डेंग्रा आँखाले उसलाई ताकिरहेछन्! विशाल वाघ उसको बाटो छेकेर उभिएको छ। अब रामकिस्नेले के नै गर्नसक्छ र अरु? उ आफैंलाई बिर्सेर कुद्न थाल्छ। उ यसरी कुद्छ कि (अचम्म छ, कस्तो शक्ति आउँदो रहेछ मान्छेमा, आपत परेपछि!) गर्जिँदै दौडिरहेको वाघले पनि उस्लाई भेट्न सक्दैन। यसरी घना जंगलमा बाघसंग छलिन वेपर्वाह दौडिदा-दौडिदै अचानक स्वर्ग देख्छ उस्ले। जंगलको बीचमा कतै एउटा सानो झुप्रो छ! कतै केहि नसोची उ सोझै झुप्रोभित्र पस्छ र ढोका लगाउँछ। बाहिर पिँढीमा आएर बाघ घुरेको सुन्छ रामकिस्नेले, तर अब आफू बाँचेकोमा ढुक्क भइसकेको छ उ अब! झुप्रोमा जन्मेर, झुप्रोमा हुर्केर, झुप्रैमा बूढो हुन आँटेको रामकिस्ने यो झुप्रोसंगपनि परिचितनै छ भने हुन्छ। मेरो मतलब झुप्रोमा कहाँ के छ भनेर उ अँध्यारैमा पनि ठम्याउन सक्छ। ढोकाको एकापट्टि छामछुम पारेपछि उसले खोपा भेट्छ। टुकी छ त्यहाँ। आफूसंग बाँकी रहेको एक काँटी सलाई कोरेर उ टुकी बाल्छ र पुनर्जन्मको खुशीमा लामो सास लिन भनेर टाउको उठाउँछ। तर पख्नुस्! खुशी नहुनुस्! रामकिस्नेले लामो सुस्केरा हाल्न पाउँदैन। टुकीको उज्यालोमा उ देख्छ उसको अगाडि एउटा गोमन फूलेर बसिरहेको छ, आक्रमणको पूरा तयारीमा! बाघबाट जोगिएको रामकिस्ने साँपको गुँडमा पुगेको छ! मैले भनिरहनु पर्छ र रामकिस्ने भनेको नेपाली जनता हो भनेर?! तर यो कथा किन दोहोरिईरहेछ हरेक पुस्ता-दरपुस्तामा? किन हाम्रो रात सकिएर दिन आउँदैन? किन हाम्रो रात अनन्त छ ?
|
|
|
|
Eklavya
Please log in to subscribe to Eklavya's postings.
Posted on 06-05-07 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देखिँदैछन, हाम्रा अनन्त रातका कहालीमय पर्खाइहरू, भोगिँदैछन, अतित ,वर्तमान र भविष्य समेत बोकेका थर्काइहरु हुनुपर्दैन, रात ढल्यो भनेर खुशी, बिहानीसंग बवण्डर उठेको छ कल्पनै गर्न नसकिने दिनभित्रको कालरात्रीले झिसमिसे कुरेको छ । सटीक कथाको देउरालीमा, मेरो सहमतिको सानो पातले विश्रान्ति पाओस् । -एकलव्य
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 06-05-07 5:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह! वाह!! एकलब्यजी!! क्या सटीक बयान गर्नुभयो यार!
|
|
|
Jwai Sap
Please log in to subscribe to Jwai Sap's postings.
Posted on 06-05-07 7:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह! वाह!! सटीक कथाको देउरालीमा, मेरो सहमतिको सानो पातले विश्रान्ति पाओस् ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 07-07-09 11:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्वाईँ सापलाई धन्यबाद भन्न बिर्सेको रहेछु:)
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
Venezuela TPS lawuit |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
Best Consultancy for H1 sponsorship in USA. |
Trump admin revokes 18 months TPS extension for Venezuelans |
NEPAL TPS |
Documents instead of Birth Certificate |
Now, more than ever, is it a good idea to apply for advance parole? |
Nepal TPS decision |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|