फोकस डट वलगसम डट कम BATA
Filed under: Article/लेख
१८ जेठ ०५८ को मध्याह्न । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह भतिज नीराजनका साथमा चितवनको सौराहामा थिए । ज्ञानेन्द्रको मोबाइलमा युवराज दीपेन्द्रको फोन आयो । दीपेन्द्रले १९ गते शुक्रबारको भोजमा उपस्थित हुन काका ज्ञानेन्द्रलाई अनुरोध गरे । युवराजको यो अनुरोध शाही परम्पराअनुसार आदेशबराबर थियो । नाताले काका भए पनि शाही मर्यादामा युवराजको अनुरोध अधिराजकुमारले नकार्ने परम्परा दरबारमा थिएन । तर, नीराजनलाई १९ गते बिहान हेलिकोप्टरबाट काठमाडौं पठाएर ज्ञानेन्द्र पोखरातर्फलागे ।
१९ गते राति नै नारायणहिटी हत्याकाण्ड भयो, राजा वीरेन्द्रको वंश नै विनाश भयो । अधिराजकुमार ज्ञानेन्द्र भोलिपल्ट बिहान १० बजेमात्र काठमाडौं आइपुगे । दरबार सूत्रहरूका अनुसार ज्ञानेन्द्रलाई तत्कालीन शाहज्यादा पारसले घटनास्थलबाटै नरसंहारको सूचना दिएका थिए । घटनालगत्तै सूचना पाएका ज्ञानेन्द्र चाहेका भए रातभरमै काठमाडौं आउन सक्थे, गाडीबाट पनि । तर, उनी पोखरामै बसे । अर्को दिन पनि गाडीमा धादिङको मलेखुसम्म आएर सैनिक हेलिकोप्टरबाट काठमाडौं आएका थिए ।
काठमाडौं आउनासाथ उनी आफ्ना दाजुको परिवारका सदस्यहरूको लास भएको ठाउ“ वीरेन्द्र सैनिक अस्पताल गएनन् । पहिले उनले हत्या भएको नारायणहिटी दरबारको त्रिभुवन सदनस्थित बिलियार्ड हल र वरिपरिको बगैंचाको निरीक्षण गरे, त्यसपछि मात्र छाउनीस्थित अस्पताल पुगेर दाजु वीरेन्द्रका परिवारका सदस्यहरूको लास निरीक्षण गरे ।
सरकारी र निजी टेलिभिजन तथा रेडियोमा केही समाचार थिएन, मात्रै बजिरहेका थिए धार्मिक भजनकर्ीतन । गद्दीका उत्तराधिकारी मानिएका ज्ञानेन्द्र नै ढिलो आए, राजा तोक्ने राजपरिषद्को बैठक बस्न पनि ढिलो भयो । त्यसैलेे घटनाको औपचारिक सूचना प्रवाह गर्न ढिलाइ भइरहेको थियो ।
स्रोतहरूका अनुसार ज्ञानेन्द्रले निर्मल निवासमा राजपरिषद् बैठक बोलाएर कोमामा रहेका युवराज दीपेन्द्र -जो मरिसकेका थिए) लाई राजा घोषणा गर्ने प्रस्ताव राखेका थिए । ज्ञानेन्द्रकै निर्देशनअनुसार राजपरिषद्ले दीपेन्द्रलाई नेपालका राजा घोषणा गर्यो ।
राज्यसहायकको हैसियतमा ज्ञानेन्द्रले देशवासीको नाममा सन्देश दिए जुन निकै विवादास्पद भयो । उनले ‘हामीलाई प्राप्त विवरणअनुसार उक्त घटना आकस्मिक रूपमा स्वचालित हतियार पड्किन गई’ घटना भएको बताएका थिए ।
दरबारका सचिवहरू पशुपतिभक्त महर्जन, सागर तिमिल्सिना, मोहनबहादुर पाण्डे, फणिराज पाठकलगायतको टिमले राजा ज्ञानेन्द्रको सन्देश ‘ड्राफ्ट’ गरेका थिए । दरबार हत्याकाण्डलगत्तै जेठ १९ गते राति ९ बजे दरबारका सचिवहरूको आकस्मिक बैठक नारायणहिटीभित्र बोलाइएको थियो । बैठक दरबार प्रशासनका प्रमुख शारदाप्रसाद प्रधानले डाकेका थिए । सबै सचिव दरबारमा हाजिर भए । तर, पशुपतिभक्त महर्जन नआएकाले दरबार हत्याकाण्डलगत्तै सचिवहरूको बैठक बस्न सकेन ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बालुवाटारबाट उठाएर महर्जनले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुर्याएका थिए । तर, कोइरालालाई राजारानीको अवस्था बुझ्नै दिइएन । ‘बिचरा प्रधानमन्त्री’लाई एउटा कोठामा राखियो र बाहिरी सर्म्पर्क विच्छेद गरियो, उनी थुनामा परे ।
स्रोतका अनुसार महर्जन स“गै बसेर कोइरालालाई नजरबन्दमा नपरेको अनुभूति दिलाइरहेका थिए । त्यसअघि कोइरालाले आफ्ना सहयोगी तथा कांग्रेस नेताहरूलाई दरबारले ‘कु’ गर्न लागेकोले सुरक्षित रहन निर्देशन दिइसकेका थिए ।
हत्याकाण्डलगत्तै त्रिभुवन सदनको संहारकक्ष र बगैंचाको निरीक्षण गरिसकेका अधिकांश सचिवको निष्कर्षथियो, ‘यो हत्या दीपेन्द्रले गरेको होइन । स्वचालित हतियार आफैं पड्केर पनि होइन ।’
जेठ १९ गते नै घटनास्थल हर्ेर्ने कर्मचारीहरूले दीपेन्द्र आफ्नै कोठाको झ्याल सामुन्ने भूइ“मा ढलिरहेको देखेका थिए । तर, गोली लागेर मरेको मान्छेको वरिपरि बग्ने रगत देखेनन्, लास मात्र थियो त्यहा“ ।
जेठ २२ गते कोमामा रहेका युवराज दीपेन्द्र मृत र ज्ञानेन्द्र राजा घोषित भए । राजा हुनासाथ उनले दरबारका कर्मचारीलाई भनेका थिए, ‘जागिर खान कस-कसलाई इच्छा छैन, निवेदन दिनू । जागिर खान मन भएकाले पनि निवेदन दिनू ।’
प्रमुख प्रशासक शारदाप्रसाद प्रधानमार्फ यस्तो र्सकुलर कर्मचारीलाई जारी गरिएको थियो । दरबारका एक वहालवाला कर्मचारी भन्छन्, ‘राजाको आदेशअनुसार सबैले जागिर खानकै लागि ज्ञानेन्द्रको नाममा बिन्तीपत्र हाले ।’ एक महिनाबीचमा सबैजसो कर्मचारीले ‘जागिर गर्र्छौं’ भनेर बिन्तीपत्र हालेका थिए ।
दरबारमा भएको रक्तपातको खबर तत्कालीन शाही नेपाली सेनाको जंगी अड्डामा पुगेको भए पनि विस्तृत विवरण सेनाका उच्च अधिकारीले तत्काल पाएनन् । स्रोतका अनुसार जंगी अड्डाको प्रिन्सिपल स्टाफ अफिसमा कार्यरत उच्च सैनिक अधिकृतहरूलाई पनि घटनाबारे विस्तृत विवरण थाहा भएन । सैनिक अधिकारीहरूलाई राति १०३० बजेतिर फोन गरेर ड्रेससहित जंगी अड्डा आउन भनिएको थियो ।
आ-आफ्नो घरमा सुत्न तरखरमा लागेका जर्नेलहरू हतारि“दै सैनिक मुख्यालय जम्मा भएका थिए, तर पनि घटनाबारे खासै जानकारी थिएन उनीहरूलाई ।
प्रधानसेनापति प्रज्ज्वलशमशेर राणा, अपरेशन विभाग प्रमुख ब्रिगेडियर जनरल प्रदीप प्रतापबम मल्ल र मेजर जनरल सदीपबहादुर शाह मात्र वीरेन्द्र सैनिक अस्पताल पुगेका थिए । पिएसओमा कार्यरत प्यारजंग थापा, दर्गानाथ अर्यालसहितका केही जर्नेल रातभर जंगी अड्डा नै बसेका थिए ।
सैनिक र कर्मचारीलाई छानी-छानी कारबाही
ज्ञानेन्द्र राजा हुनासाथ तत्कालीन सैनिक सचिव शान्तकुमार मल्लको अध्यक्ष्ँतामा छानबिन समिति बनाइएको थियो । समितिलाई हत्याकाण्डका बेला सुरक्षा व्यवस्थामा देखिएको कमजोरीको अध्ययन गर्ने जिम्मा दिइएको थियो । दरबारमा रहेका दर्ुइ गणका गणपति तथा एडिसी विभाग प्रमुख जर्नेल टीका धमला समितिमा सदस्य थिए ।
समितिले वीरेन्द्र र दीपेन्द्रका सहयोगीहरूलाई छानी-छानी कारबाही गर्न सिफारिस गरेको थियो । सुरक्षाबारेमा छानबिन गर्न बनाइएको समितिले प्रशासनमा समेत हस्त्ाक्षेप गरी युवराजको निजी सचिवालयका कर्मचारीलाई बर्खास्त गर्न नया“ राजालाई सिफारिस गरेको थियो । हालसम्म र्सार्वजनिक नभएको सो प्रतिवेदनकै कारण युवराज दीपेन्द्रका निजी सचिव सौजन्य जोशी र उनका सहयोगी पद्मसागर कक्षपतिले जागिरबाट हात धुनुपर्यो ।
सोही समितिको सिफारिसअनुसार युवराजको निजी सचिवालय खारेज भयो भने कर्मचारीलाई असार १९ देखि अवकाश दिइयो । दरबारले युवराज दीपेन्द्रका सुसारेहरूलाई बर्खास्त गर्यो, उनलाई खाना खुवाउने ‘व्वाय’हरूलाई भने निरन्तरता दियो ।
हत्याकाण्डका बेला ड्युटीमा रहेका राजा वीरेन्द्रका एडिसी कर्र्णोल सुन्दरप्रताप राणा, रानी ऐर्श्वर्यका एडिसी मेजर अनन्तकेशर सिंह, युवराज दीपेन्द्रका एडिसीहरू गजेन्द्र बोहरा बर्खास्त् भए । शाही पार्श्ववर्ती भरतकेशर सिंहका छोरा अनन्त -हाल इन्भेस्टमेन्ट बैंकमा छन्) जेठ २० गते अमेरिका उड्ने तयारीमा रहेका र ड्युटीमा नरहेका मेजर राजु कार्कीलाई समेत दरबारले बर्खास्त गरेको थियो । तर, क्याप्टेन मधुकर कार्कीको त बढुवा भयो, घटनाअघि उनी अधिराजकुमार नीराजनका एडिसी थिए, पछि उनी राजा ज्ञानेन्द्रका एडिसी बनाइए ।
त्यस्तै सुरक्षा दिन नसकेका अन्य सैनिक अधिकृतहरू टीका धमला, विनोज बस्न्यात, दीपेन्द्र गुरुङलाई पनि दरबारले पुरस्कृत गरेको थियो । त्यस्तै रत्नका एडिसी शशि सिंह तथा जंगी अड्डाबाट युवराज दीपेन्द्रको सुरक्षाका लागि काजमा खटाइएका लप्टन प्रवीण खड्कालाई समेत कुनै कारबाही गरिएन । प्रवीण जर्नेल कुलबहादुर खड्काका सहोदर छोरा हुन् ।
धेरैको बेहाल
दरबार हत्याकाण्डमा मारिएकी अधिराजकुमारी श्रुतीका श्रीमान् गोरख र उनका छोरीहरूलाई दरबारले अहिले पर्ूण्ातः बेवास्ता गरेको छ । छोरीहरू गर्वीणी र सुरङ्गना अहिले क्रमशः ९ र ६ वर्षा छन् । दरबार हत्याकाण्डका बेलामा उनीहरू क्रमशः तीन वर्षर छ महिनाका मात्र थिए । दरबार हत्याकाण्डपछि पत्रकार सम्मेलन गरेर विवादमा आएका डा. राजीव शाही हाल लन्डनमा छन् । मारिएका धीरेन्द्रका छोरीहरू शीताष्मा र दिलासा काठमाडौंमा रहेका छन् ।
मारिएका दाजुभाइ वीरेन्द्र र धीरेन्द्रको श्रीसम्पत्ति राजा ज्ञानेन्द्रले आफ्नो नाममा सारेका छन् । भाइ धीरेन्द्रकी श्रीमती प्रेक्षा रारातालमा रहस्यमय तरिकाले मारिएपछि निर्मल निवास छेउको जीवन कुञ्ज पनि ज्ञानेन्द्रले युवराज पारसको नाममा नामसारी गरेका छन् । समाचार सूत्रहरूका अनुसार ज्ञानेन्द्रले प्रेक्षाको मृत्यु भएको तेह्रौं दिन नबित्दै जीवन कुञ्जको नामसारी गरेका हुन् । धीरेन्द्रका छोरीहरूलाई अर्को व्यवस्था गरिदिने आश्वासन दिइएको थियो ।