काकाकुल काठमाण्डौं र मेलाम्चीको सपना
प्राचीन कालमा पानीको विशाल दह रहेको कान्तिपुर नगर आज काकाकुल छ । जलश्रोतमा विश्वकै धनी मुलुकको राजधानीमा आज प्याक प्याक छ । महामञ्जुश्रीको वरदा र मोक्ष -खड्गहरु) को निशाना गलत भएर हो कि काल खण्डहरुमा अनेक देशभक्तहरुको सतीसराप -श्राप ले आज यो दर्ुगती काठमाण्डौंले भोगिरहेको छ । आधुनिकता र भौतिक विकासले युरोपीय देशको झलक दिन खोजेको शहरमा रित्ता गाग्राको लामले लाजले सधैं झुकेको छ । राजमतीले संगिनीहरुसंग गीत गाउदैं पानी भरेका मरुहिटीहरुमा आज चुल्ठो तानातान हुने गर्छन् । कुनै चार्डपर्व अनि जात्रामा पानी खुवाउन पाए धर्म कमाइन्छ भनेर पानी बोकी हिड्ने ज्यापुदाईहरु आज भोली पानी चोर्न आउंछन् कि भनेर आंखा खोलेर बस्छन् । यही छ काठमाण्डौं हाल, पानीले गर्दा बेहाल ।
पानी जीवन हो । जीव विकासको सिद्धान्त अनुसार यो धरामा पहिलो जीवको उत्पत्ति नै पानीमै भएको देखिन्छ । मानव जीवनको हरेक पलमा धेरै महत्व राख्ने पानीको समस्या र काठमाण्डौं बारे केही तथ्य परक टिप्पणी आउँदा हरफहरुमा गर्ने चेष्टा गरिएको छ ।
काठमाण्डौं उपत्यकाको जनसंख्या जनगणनाले देखाएको अंक भन्दा निक्कै बढी भैसकेको छ । करीब १२ बाह्र लाख शहरी बासिन्दाको लागि काठमाण्डौंमा कम्तीमा २० करोड लिटर पानी प्रतिदिन आवश्यक हुन्छ । बढ्दो शहरीकरण, एकल परिवार र आधुनिक सुविधा अपनाउने चलनले पानीको उपभोगको मात्रा अझ बढ्ने निश्चित छ । महानगर, उपमहानगर अनि अनेक नगरहरुले भरिएको उपत्यकाका घर घरमा खानयोग्य (potable) र पर्याप्त पानी पुग्नु पर्ने हो तर ..... । नेपालको प्रमुख शहरहरुमा पानी उपलब्ध गराउने निकायको रुपमा रहेको नेपाल खानेपानी संस्थानले काठमाण्डौंको आवश्यक मात्राको आधा जति बर्षोयाममा र चौथाई जति सुख्खा याममा उपलब्ध गराउन सकेको छ । पिउने पानीको गुणस्तर फलानो हुनर्ुपर्छ भनेर WHO ले मार्ग निर्देशन जारी गरे पनि यहाँ गुणस्तरयुक्त पानीको चिन्ता गर्ने फर्ुसद कसैलाई छैन । संस्थान पानीको बांडफाँड कसरी गर्ने भन्ने व्यवस्था गर्नमा व्यस्त छन् भने गृहणीहरु/उपपभोक्ताहरु दर्ुइतीन दिनमा आउने दर्ुइचार गाग्रो पानीलाई जोगार गर्न व्यस्त छन् । बीर शमसेरका धाराहरुमा पानी आउन छाडेको दर्ुइ दशक भैसक्यो । हाल काठमाण्डौं उपत्यकामा मूलत शिवपुरी क्षेत्र, नल्लु खोला, बासुकी मूल, छहरे खोला र महादेव खोला पानीको सतह श्रोतको रुपमा उपयोग भैरहेका छन् । तिनबाट हाल उपलब्ध पानी अत्यन्त न्यून भएकोले उपत्यकाका विभिन्न स्थानहरुमा ७५ बटा स्यालो/डीप टयूवेलहरु मार्फ सतहमूनीको पानी Ground Water निकाली उपलब्ध गराइरहेका छन् । पानीको समस्या कत्तिको विकराल छ भन्ने कुरा उपत्यका भरिमा संस्थानको स्वामित्वमा रहेका ७५ बटा डीप एवं स्यालो टयूवेलबाट ग्राउण्डवाटर निकालिएका छन् भने अन्य सरकारी निजी तथा वैदेशिक संघ संस्थाहरुले २८८ बटा डीप तथा स्यालो टयूवेलहरु मार्फ उपत्यकाको गर्भबाट जलश्रोतको भण्डार रित्याइरहेका छन् । प्रचुरमात्रामा जमीन मूनीको पानी निकाल्नाले पानीको सन्तुलन यति खल्वलिइसकेको छ कि जसलाई समाधान गर्न ठुलै कसरत र लगानी गर्नुपर्ने हुन्छ, अन्यथा काठमाण्डौ फेरि एकपटक अकल्पनीय प्रलयको प्रतीक्षामा बसे हुन्छ । यो पानीको असन्तुलन अर्थात जमीन मूनिको पानी निकालिएको मात्रा र जमीन भित्र पानी सोसिने मात्रको भिन्नता (Groundwate Discharge - Ground Water Recharge) मात्र ६ करोड ३० लाख लिटर हुन आउँछ ।
स्वस्थ जीव -मनिस एवं जीवजन्तु ) को लागि जतिमात्रामा पानी चाहिन्छ त्यति नै पानी स्वच्छ हुनु आवश्यक छ । पानी पिउन/खानको लागि मात्र हैन् सरसफाईको लागि पनि उत्तिकै महत्वपर्ूण्ा हुन्छ । विश्व भरिमा करीब २० लाख बालबालिकाहरु अस्वस्थ र अप्रयाप्त पानीकै कारणबाट बर्षोनी मरिरहेको कहालीलाग्दो तथ्य हाम्रो सामू छ । हाम्रो जस्तो गरिब र अविकसित राष्ट्रमा एक त पर्याप्त पानी उपलब्ध छैन अर्को स्वच्छ पानी विरलै हुने परिस्थितिमा कति बालबालिकाहरुको अकालमृत्यु भैरहेको छ कुनै लेखा जोखा छैन । सम्वन्धित् निकायहरुलाई पानीको मात्राको समस्यासंग जुध्न त धौ धौ परिरहेको बेला गुणस्तरको बारेमा ध्यान दिने न त फर्ुसद छ न चिन्ता छ । काठमाण्डौं उपत्यकामा वितरण भैरहेको -अपर्याप्त) पानीको गुणस्तर यति न्यून छ कि अलिकति पनि पानीको गुणस्तर बारे जानकारी राख्नेहरुले त्यसै पिउदैनन् । यस पंक्तीका लेखकले आफैले धाराबाट झरेको पानीमा E. coli (व्याक्टेरिया) परिक्षण गर्दा न्यूनतम संख्याको ५०० गुना जीवाणु भेटिए । एक जीवाणु शरीरमा प्रवेश गर्यो भने त कर्मकाण्ड पुग्छ भने सयौं गुण बढी जीवाणुले त ....। तर विडम्वना त्यही पानी पनि बडो मुस्कीलका साथ जोगार गर्नु परिरहेका छ । गरिब देशका गरिब जनताले समयको मूल्य तिरेर थापेको पानी पनि उमालेर खानुपरेको छ । नउमाली, फिल्टर नगरी पानी पिउने जति छन, भगवान भरोसामा छन् ।
यिनै उपत्यकाको पानीको समस्या बारे धेरै छलफल अध्ययन गरी ठेली का ठेली रिपोर्टहरु तयार छन् कार्यान्वयनको प्रतीक्षामा । अनगिन्ती अध्ययनहरुले उपत्यकाको काकाकुल परिस्थितिबाट मुक्ती दिन सक्ने आयोजना भनेर मेलाम्ची खानेपानी आयोजना ठोकुवा गरेका छन् । उपत्यकाका प्यासी जनताहरु मेलाम्चीको सपना देखेर बेला कुबेला धारा कुरेर बसेका छन् । यिनै मेलाम्ची खानेपानी बारे आउँदा परिच्छेदहरुमा केही चर्चा गर्ने जर्मको गरिएको छ ।
उपत्यकाको अरु संभाब्य पानीको श्रोतहरु दर्ीघकालीन र भरपर्दो नदेखिएकोले काठमाण्डौं भन्दा झण्डै ७० किलोमिटर उत्तरपर्ूव सिन्धुपाल्चोक जिल्लामा बग्ने मेलाम्ची नदीलाई फर्काएर काठमाण्डौं सम्म पानी पुर्याउन सकिन्छ कि भनेर सन् १९७३ मा प्रारम्भिक कुरो भएर सन् १९८८ मा पर्ूव सम्भाब्यता अध्ययन सुरुगरेयता मेलाम्चीको सपना धमिलो भए पनि देख्न थालेका हुन । झण्डै तीनदशक पहिले प्रारम्भिक लेखाजोखा भैसकेको मेलाम्ची खानेपानी आयोजना वीचमा सुषुप्त अवस्थामा रहेतापनि हाल आएर निकै चर्चाउन थालेको छ । पानी निकै हाहाकार भएपछि मात्र योजनाकार एवं सरकार तात्ने गरेकाछन । २०५३/५४ मा मेलाम्ची खानेपानी लिमिटेड गठन भै केही कार्य शुरु भए भने २०५५ भाद्र महिना देखि श्री ५ को सरकारले समिति ऐन अर्न्तगत मेलाम्ची खानेपानी विकास समिति विधिवत गठन गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला हेलम्बु गा.वि.स. को नाकोटे गांउ नजिक मेलाम्ची खोलामा मुहान निमार्ण्र्ाारी करीव २८ किलोमिटर लामो सुरुगं मार्फ पहिलो चरणमा करिव १७ करोड लिटर प्रतिदिन पानी काठमाण्डौंको सुन्दरीजल ल्याइपुर्याइने योजना गरिएको छ । आयोजनाको निमार्ण्र्ााार्य २०५७ मंसिर -सन् २००० नोभेम्वर/डिसेम्वर) मा शुरु गरी २०६२ आषाढमा सम्पन्न गर्ने -पहिलो चरण) लक्ष्य राखी कार्य भैरहेको छ । हाल सम्म आयोजनाको विस्तृत डिजाईन, वातवरणीय प्रभाव मूल्याकंन, क्षतिपर्ूर्ति तथा पर्ूनबास योजना लगायत मेलाम्ची उपत्यकाको लागि सामाजिक उत्थान कार्यक्रम आदिको अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ । प्रवेशमार्गको निर्माण कार्य सुरु भै पुलहरु समेत बन्ने तरखरमा छन् । दोश्रो चरण र तेश्रो चरण अर्न्तगत यांग्री र लार्के खोलाहरु प्रत्येकबाट १७ करोड लिटर पानी प्रतिदिन आयोजनाको मूल प्रवाहमा जोडिने छन् ।
देशको बाषिर्क बजेटको आधा जति रकम लाग्ने आयोजनाको निर्माणमा सहयोग गर्न एसियाली विकास बैंक, विश्व बैंक, नर्वे तथा जापान सरकार तत्पर छन् , सहयोगको बलियो भरोसा दिलाएका छन् । यक्तिको तयारी हुँदाहँुदै पनि मेलाम्ची साँच्चैँ नै सपना बन्ने हुन् कि भनेर काठमाण्डौं उपत्यका चिन्तित छ । तिर्खाएको काठमाण्डौंको यो चिन्ता अस्वाभाविक पनि छैन । कतिपय ठूला आयोजनाहरु जस्ले देशकै भविष्य कोर्न सक्छन् बीचमै तुहिएको बिपना र्छलगं छ ।
मेलाम्ची आयोजनाले पर्याप्त पानी काठमाण्डौं ल्याई पुर्याउने मात्र होइन पानीलाई व्यवस्थित प्रशोधन वितरण एवं निकासको व्यवस्था तथा प्रशोधन गर्नेछन । सुरुगं मार्फ काठमाण्डौंको सुन्दरीजल ल्याईपुर्याएको पानी लाई महाकाँल फाँटमा प्रतिदिन ५१ करोड लिटर पानी प्रशोधन गरिने केन्द्र निर्माण गरिने छ । यस केन्द्रमा WHO को गुणस्तर बमोजिम हुने गरी पानी प्रशोधन गरिसकेपछि प्रशोधित पानीलाई ठूल्ठूला फलामे पाईप मार्फ बाहिरी उपत्यकाको उच्च स्थानहरुमा निर्मित पानी पोखरीहरुमा जम्मा गरिने छन । आरुबारी, कपन, बांसवारी, महांकाल चौर -बौद्ध), बालाजु, स्वयम्भ,ु तीनथाना, खर्ुसानी बारी, बोडे, कटुञ्जे, हरिसिद्धी, खुमल्टार/सुनाकोठी, उत्तर थेचा,े चोभार, बुढानीलकण्ठ, लुभु र गोकर्ण्र्ााोत्रमा पानी पोखरीहरु रहने योजना छ । यी पानी पोखरीहरुबाट उपत्यकाका घरघरसम्म वितरण गर्न हालको खानेपानी वितरण प्रणालीको पर्ुनस्थापन र विस्तार गरिनेछ । मेलाम्चीको पानी प्रयोग पश्चात् निश्चित रुपमा बढ्ने फोहर पानी (Wastewater) लाई उचित प्रशोधन सहित व्यवस्था गर्न हालको ढल निकास तथा फोहर पानी प्रशोधन व्यवस्थालाई पुनः निर्माण गरिने छ ।
यसरी काठमाण्डौं उपत्यकामा मेलाम्ची आउने भएको छ । पानीले अधमरो भएको काठमाण्डौं जर्ुर्मुराउने बेला आएको छ । एक गाग्री पानी भर्न अर्काको टाउको फोर्ने बेला भैसकेको काठमाण्डौंमा पानी आतंकको अन्त्य हुन्छ भन्ने आशा दूर क्षितिजमा देखिएको छ । पर्ूव प्रधानमन्त्रीज्यूको मात्र सपना हैन सिंगंो देशको सपना हो मेलाम्ची, विपना बन्ने पर्खाइमा । काठमाण्डौंले सिंगंो राष्ट्र बोकेको छ किन कि पचहत्तरै जिल्ला बासीहरु तिर्खाएका छन, काठमाण्डौंमा । केही विकास विरोधी तत्वहरु मेलाम्ची भाड्ने तयारीमा जुटेका सुनिन्छन । मिनरल वाटर पिउने र डलर खाने ती विदेशी कठपुतलीहरुको तिर्खाएको काठमाण्डौंको सपनामा लात हान्ने अधिकार छैन । उपत्यकाका सचेत नागरिकहरुले तिनीहरुका कुनियत सफल हुन दिने छैनन् । यहाका जनता सचेत छन् । राष्ट्रले मागेको बेला जुनसुकै कर्ुबानी गर्न तयार छन् यहांका जनता । राजनैतिक अस्थिरताले पनि केही योजनाहरुको अकाल अवसान भएको छ । ूमेलाम्चीू र ूपानीू कुनै व्यक्ति वा राजनैतिक समूहको लागि होइन, काठमाण्डौंको जीवन हो मेलाम्ची । आशा छ काठमाण्डौं उपत्यकाका सचेत एवं जागरुक नागरिकहरुले देेखेको सपना यथार्थमा चाँडै परिणत हुनेछ । कहीँ कसैले यस महान कार्यमा भाँजो हाल्ने प्रयास गर्छन् भने सचेत जनताहरुले त्यस्को जवाफ उचित ढंगले दिनेछन् । त्यस्को लागि अहिले देखिनै खवरदारी गर्न र समयमै काठमाण्डौंको धाराहरुमा हावा होईन पानी र्झन दिन ूदवाबू श्रृजना गर्नु पर्नेछ । अनि काठमाण्डौंको सडक गल्लीहरुमा रित्ता घैटाहरु होइन भरिएका सगुणका गाग्रीहरुको ताँती हुने छन् । बाग्मती र बिष्णुमतीमा ढलमती होइन सफापानीको मनमती बग्ने छन् । आराध्य देव श्री पशुपतिनाथले पनि पुन बाग्मतीको स्वच्छ पानीले स्नान गर्न पाउने छन् । काठमाण्डौंले फेरी एकपटक आफु जिउँदो महसुस गर्नेछन् ।
अस्तु !