हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
मध्यान्हको जदौ सबैलाई। जिम्मालबा, भोक लाग्या भए ब्रेकफास्टको लेफ्टोभर खाने हो कि भात भन्दा त? दिपीका, मलाई पनि त्यो हात्तीसुँढे भाँडोबाट एक कप चिया देउ न। अघि त कस्तो ठीक्क अन्दाज गरी चिनी हालेकी। पर्बत्या, लहरे, र चेलीलाई नमस्कार। बिष्टे मित्र, तिमी पनि सधैं किन भित्र? ठुल्दाइ, तारेमाम। अत्याधिक भातले भोक उन्मुलन गरी आन्दोलन सफल पार्नुहोस्। साथै आन्दोलनको सफलता चिलिम तानी मनाउनुहोला। नेप्चे, माइली बुढी, रिट्ठे, र मास्टर्नीलाई good afternoon. म चाँही लागें हसुर्न।
त्यही त सान्नानी, भात खाने मन लाई भात खाने तन लाई पाउरोटी त के शिररोटी ले पनि चित्त बुझ्दैन। त्यही भएर आउन मन नलाग्ने अफिस को लन्च भने सि। आफ्नो बुढो प्रोफेसर ले निम्ता दिएको हाप्नु नि भएन। खाउं भने दिनभरी को शिकार न खाउ भने खैरे प्रोफेसर को अनुहार भनेको यही रैछ।
ठुल्दाइ आउनु भएछ पाउरोटीमा गिद्द (Turkey)को मासु हालेर खाएर। खाएपछी चिलिम तान्दै कल्पना गर्नु भो होला, बरु यही मासुलाई कीमा बनाएर म:म किन नबनाएको होला यी खैरेहरुले भनेर।
चिप्लेले मन को कुरा गर्यो। मुला खैरे ले म: म: बनाउन जान्या भए दुनियाँ भरी म्याकडोनाल्ड भने जस्ताइ म्याकमोमो भनेर खोल्थ्यो। ठुलदाईलाई कस्ले गन्थ्यो? तारेमाम।
खोइ आजको मेनु कस्तो हो के खानु पर्यो कुनीमाइली आमैलाई बिचरा पेट दुख्यो भन्दै कराउदै त्यो रुख पछाडि जादै हुनु हुन्थ्यो :P (हैन राहुलसर चौतारीमा एउटा रेस्ट रूम हुनु पर्ने हो नि..कसो सर) j/k
होइन कृष्ण काले, रेस्ट रूम त बिदेश मा मात्र हुन्छ होइन र ? फेरी रेस्ट रूम बेस्ट हुन पानी ढल सब चाहिन्छ। अब चौतारी को कान्ला मुनी सिस्न झाङ्ग पछाडि त प्राकृतिक रेस्ट रूम , नेचर इज बेस्ट , होइन र ? फेरी न पानी चाहिने न ढल बरु नम्बरी मल पो उत्पादन हुन्छ गाँठे। त्यसैले नयाँ खाल को रेस्टरूम न बनाउ क्या र।
हसुरे पछिको जदौ सबैलाई। मेरो पनि त्यही पाउरोटी हो हुन त। ठुल्दाइ, रेस्ट रुमको अरु कुरा त ठिकै हो, तर सुरुवालको सुरक्षाको लागि भने केही ब्यवस्था मिलाउनु पर्ला कि?
हुन्छ ६०-६० को दुइटा बनाये नि हुन्छ,निकै बेर होल्ड गर्नु पर्यो पैसो टन्न चडयो होला हर्क्या ? खातामा लेख्नु भन्दिनु। काँ मरे अरु? ए भाते हो वहाँ माइलेआँ लाई तल खेताँ जादै गर्दा पुन्टे बुढा गोरु ले हानेछ, माइल्दाइ ले २,४ जना लाई पठाइदिनु भन्नुभा छ्,जाओ जाओ भातमारा हरु।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
whats wrong living with your parents ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.