[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतौरी - १०६ ---

[Please view other pages to see the rest of the postings. Total posts: 573]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 197581 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 03-14-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०६--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 106 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गोतामेदाइको गजल

बूढा घोडाहरुको रेस छ
काठे मुढाहरुको चेस छ

योग्यताको कुरो मैले के कोट्याएँ
“हेर, यी पूरै पाकेको केश छ!

दास बनाउने ज्यासलमा
विचार निषेध प्रवेश छ

भविष्य मारिरहेछ, भूत
वर्तमान किन हरेश छ?!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.wedding.co.th/images/honeymoon/marnapal.jpg


 
Posted on 03-16-08 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी ॐ हरी, हरिको दुईटा छोरी तेही पनी मरी उुउुउुउु.............

 
Posted on 03-16-08 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनीको बगर जाता माया तेतै छ नजर झिरे मीरे जाले रुमाल।

 
Posted on 03-16-08 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, चिसो भा'को पिउनेले हर्केदाइको तिर गिलास लिएर जाने, अब तातो तातै पिउन मुन पराउनेले यता आउने है।

लौ हेर, हर्केदाइलाई त लागिसक्या हो कि के हो? नाच्न थालिसकेछन्। मदनवा पनि तालै बजाउदै रे'छन्। अनि उउउउउउउउउउ पछाडि त नेप्चीभावी, ठूल्नानी र मास्टर्नीभाभीले नि हाँस्दै ताली बजाउँदै हुनुहुँदो रे'छ।

ल ल नाचुम, सैहोओओओओओओओओओओओओ घिन्किनी-निकिदीन।

माछी मारन हो दाइहो
रउसीलाई चटनी
माछी मारन।

 

 

Last edited: 16-Mar-08 06:47 PM

 
Posted on 03-16-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-16-08 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो देशमा जिल्लाको नाम पनी मादलको बिट बाट रखिएको छ जस्ताइ
मनाङ मुस्ताङ घिन्ताङ घिन्ताङ डोल्पा बझाङ।
लु मनी तातो तातो नै तान्ने हो लु खै भउते यता एक गिलास राखत तानी हालम।
लु गीत्नी जावोश
एक नाले बन्दूक दुई नाले बन्दूक मिर्ग लाई ताकेको मिर्ग लाई मैले ताकेको हैन माया लाई डाकेको, रेशम फिरिरी रेशम फिरिरी।
हेरत भउते, लहरेले गीत लाउन लागि सकेछ, तार जोदडै रछ ईसपिकर तिर।
रिठे चै आएन आझ नत्र तेल्ले ख्याल मजा गर्थ्यो, दुई गिलास तान्ने बितिकै रमिता देखाउन थाल्छ त्यो बज्जेले, बेजतै गर्छनी, केटी त झन देख्नै नहुने बज्जे लाई जाड खाएशी, आइ लभ यू भन्दै टाशिन जाने, मलाई काम हैरान गरेको छ त्यो बज्जेले।
 
Posted on 03-16-08 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन त्यो मैले बाधेर राख्या बोको कल्ले काट्यो हँ? साँचो साँचो बोल्नी होइन भने आज ह्या बबाल हुन्छ भन्द्या छ मैले
हर्के ले बोको खुइल्याएर भउते ले रौसी पार्ने सुटुक साटक पिलान ब'ना रछन
यि पातकीहरुलाई मैले जान्या छ
 
Posted on 03-16-08 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त हैन।
 
Posted on 03-16-08 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब रिठ्ठे, तेत्रो घाटी सुक्ने गरेर कस्को बोको हो भनेर कराकै हो, कसैले केही भनेनन अनी दाँया बाँया हेरे कोही रहेनछन, यही हो मौका भनेर भउते ले टाउको तिरको ढोरी तान्यो, अनी अन्तरे बा ले र पर्बते दाईले खुट्टा समाते मैले मार हाने। अब नरिशौन त्यसरी, बरु त्यो प्लस्टिक्को झोलामा एक भाग तिमीलाई मासु मासु पारेर एक भाग रख्देको छु, बेलुका घर गएर, बुडि सँग माया पिरतिको कुरा गर्दै खाउ है।
आहिले चै यत भौतेको तातो रौसी तानौ बशेर बरु।
 
Posted on 03-16-08 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरै बोको मलाई नभनी काट्नी अनी मलाई नै एक भाग दिन्छु रे-- दिनी भये भुँडी, रगती र टाउको पनि मेरो भाग मा पार हैन भने आज ह्या हाना हान पर्छ-- मैले बुझेको तेत्ती हो


 
Posted on 03-16-08 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो बोकोको भुँडी, टाउको, रगती सबै हाम्रो भुँडीमा गयी सक्यो अब कसरी दिने, आफ्नै भुँडी काटेर दिये मात्रैहो। आगिनै आउनु पर्छनी, तिम्ले कस्तो बोको लेर आको बोसो बाहेक केही छैन, तिम्लाई रख्देको भाग कायिदाको छ, बेलुका खानु नि भात् सँग हुन्न। अहिले धेरै जोरी नखोज खुरुक्क आफ्नु भाग टिप, अहिले त्यो पनि श्यालले लेर जालानी। बरु यता बश लु भुटन अली कती छ तेही सँग यो तातो तातो कोदाको तीन पाने भर्खर भौतेले बनाको खाउ मिठो छ।।
 
Posted on 03-16-08 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त ल्याउ ल्याउ तेइ भ'नी चपाउनु पर्‍यो अब क्यार्नी त
आज त्यो तीन पाने चाँही झ्वाइ गरेर खानु पर्‍यो, रुघा मर्की निको हुन्छ सबै
ठुल्दाइ को म:म नि खान पाये हुन्थ्यो -- "आफ्नोमा पाक्यो, कुपुक्क चाख्यो, अर्काको मा पाक्यो, रोइ रोइ थाक्यो" भन्या यही हो बा
 
Posted on 03-16-08 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर याँ बोका ढालीसकेचन पातकीहुरले हामी नभा बेलाँ, कता टेक आउट खोज्न गैरा होला म नि यस्तो बेलाँ। लु हर्के काका पर पर चइनी भुटेर लु ल्याउ त तो भुटन यता। बरु झ्वाइँखट्टे लाउन पर्नि हो भउतेले तिनपानेको बेबस्था गर्‍या रैच, लु बसें म नि।

याँ साहू बुढाले फेरि डाँडातिर जोत्न पठार लखतरान भइया छ आज। मिशीगनको ग्र्यान्ड र्यापिड्स् भन्नि ठामबाट अझ १०० माइल उत्तर पठाछन, बल्ल बल्ल खोजेर एउटो चाइनिजको चइनी हुटेल फेला पारियो र भात बोकेर आको ठिकै भो, बोका ढाल्या बेलाँ परिएच, तिनपानेसंग मासुभात किसिम हुने भो।


 
Posted on 03-16-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भित्र सुकुटिलाई मासु छान्न गाको थिए अन्तरे बहिर कुर्चिमा बशेर करौन थालेछन लु तिमीनी बश रिथ्ठे सँग, के खाने लु भनम, तातो तातो भुटुन छ चिउरा सँग खाने हो भनी हालम।
 
Posted on 03-16-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-16-08 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-17-08 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्लेहरुलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाअाआ


 
Posted on 03-17-08 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्जेहरुले बोका ढालेछन weekend  मा पारेर। हाम्लाई के राखदया होलान र। 
 
Posted on 03-17-08 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बज्जेहरुले बोका ढालेछन weekend  मा पारेर। हाम्लाई के राखदया होलान र।

 
Posted on 03-17-08 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि किन अचम्म परेकी?

दर्शन ठुलि


 
Posted on 03-17-08 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लातो ज्यो कस्तो बिहान बिहानै बोका खाने कुरा गर्नु भएकोले अचम्म मानेको नि। बिहान बिहानै त चिया र कफिको पो कुरा गर्नु पर्च त। लौ खै हजुर्कोचौतारिको नाम् के पर्यो कुन्नि मैले त लातो भने हजुर रिसाउने पो हो कि भन्ने दर नि लागिराको च।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters