Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 140570 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 08-05-05 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आएन मेरो फोटो, ल बरु यो एउरपोर्ट हेरौँ, ईष्टानबुल एअरपोर्ट।

 
Posted on 08-05-05 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब १ पटक कोशिष गर्छु। पुतलीसडक यस्तै भए...

 
Posted on 08-05-05 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Enough already - we don't want to read anymore of this stupid thread.
 
Posted on 08-05-05 3:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If so, we may transfer those pictures in other thread.
That's all.
 
Posted on 08-05-05 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी,
म धेरै दिनपछि देखा परें, तर तपाइँको कथा नछुटाई चूपचाप पढिरहेको थिएँ। तपाइँको यो धारावाहिक साझामा अत्यधिक लोकप्रिय मध्ये एक हो। तपाइँको लेखन शैली र वर्णन शैली धेरै राम्रो छ। अरू खण्डहरुको पर्खाईमा।

 
Posted on 08-05-05 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TAPAI HAMILAI MAAF GARNOOS, BINTEE GARCHOO DUI HAATH JODAYRA. KATI MUJI GUL@ JASTO KARAIRA BHANYA....

 
Posted on 08-05-05 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद छ है कथाको लागि । घर मा गएर पढछु। पाउना लग्ने क्रम जारी रहने छ
 
Posted on 08-05-05 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oi muzzi k jhhat jasto halla gariraa chup lagera napadhera
ajh manepalihokya bhando rechha
 
Posted on 08-05-05 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सवै साथीहरुलाई प्रतिकृयाको लागि धन्यबाद दिँदै अर्को भागः

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके
खण्ड २३

बाटामा पनि हाम्रा खासै गफहरु भएनन्, हिड्नकै चटारो थियो। यसो अलिअलि निबन्ध प्रतियोगिता कै कुराहरु गर्यौ। हामी जिल्ला शिक्षा कार्यालय पुग्दा १०/१२ मानिसहरु हाँसिमज्जाक गरेर कुर्सीमा बसिरहेका रहेछन्, अगाडि आँगनमा। हेडसरले "यो चिठ्ठी लगेर जिल्ला शिक्षा कार्यलयमा देखाउनु, अनि उनिहरुले जे जे भन्छन् त्यहि गर्नु" भनेर एउटा खुला चिठ्ठी दिनु भा थियो। अब त्यहाँ त्यो चिठ्ठी कस्लाई दिने भन्ने कुरा थाहा थिएन। हामी ति मानिसहरु गफ गरिरहेको टुलुटुलु हेर्दै बसिरह्यौँ। कसैले पनि हामीलाई केहि सोधेन। "उनिहरुका छोराले के खान मन पराउँछ, छोराछोरीले झगडा गरेर कति दु:ख दिन्छन्? श्रीमतीलाई के मन पर्छ? हिँजो बेलुका धेर पिएर क्या बबाल भो!" जस्ता गफहरुमा सबै जना मस्त थिए। धेरैबेर कुरेपछि मैल बिस्तारै त्यो चिठ्ठी देखाएँ एकजना कुर्सिमा बस्ने भलाद्मिलाई। उनले त हाम्रो सातो जाने गरी "के हो यो? यहाँ हैन यो दिने। कहाँ दिने भन्ने पनि थाहा छैन। बकम्फूसे ल्बाँठहरु!" भनेर हामीतिर हुर्याईदिए। हावाले त्यो चिठ्ठी उडाएर पर कुनामा पुर्यायो। मैले कुद्दै गएर समाएँ। मञ्जु त डरले पछि पछि सरेर टाढा पुगिसकिछन्। "अनि सर काहाँ हो त यो दिने?" भनेर न्याउरो मुखले अनुरोध गरेँ। उनले त "हैन तँ मलाई पाले भन्ठान्छस् कि क्या हो ?" भन्दै साताले खाए। सबैजनाको हाँसो एकछिन् रोक्कियो। अर्को एकजना भदाद्मीले "ए प्रेमे! यहाँ आईज त" भनेर कराए "उ त्यो केटाको चिठ्ठी लगेर माथी अफिसमा राख्"। "हस् हजुर" भन्दै पालेले मेरो हातबाट चिठ्ठी लिएर गयो। हामी बाहिर गेटको खुट्किलाको छेउमा गएर बस्यौँ।

एकछिन् पछि धेरै मानिस जम्मा भएपछि रानीको जन्मजयन्ति जुलुस निस्कियो। हामी पनि जुलुसको पछि लाग्यौँ। स्थानिय बाल मन्दिरमा पुगेर आमसभामा परिणत भो। जिल्लाका ठूलाठालु हाकिमहरुले एक पछि अर्को गर्दै रानीको गुणगान गाए। "रानी हाम्री देवी हुन्। हामी त उहाँका भक्तसेबक। हामी सबै रानीका पाउमा पर्नुपर्छ। रानीको देन अपरम्पार छ हाम्रो देशको लागि।" भनेर निकै भजनकिर्तन गरे सबैले। सबैले आफूलाई अब्बल दर्जाको सेबकको रुपमा उभ्याए। तर कसैले पनि रानीको के-कस्तो देन हो भनेर भनेनन्। रानीले गरेका योगदानहरुको कसैले पनि उच्चारण गरेन, केबल भक्तीगाथा बाहेक। रानीले दिएको देनको बारेमा बक्ताहरुले केहि भने देखि निबन्धमा केहि लेख्ने मेरो बिचार पनि अधुरै रह्यो। अघि मलाई शिक्षा कार्यालयमा पत्र दिँदा गाली गर्ने त जिल्लाका सि.डि.ओ. नानीकाजी बिष्ट पो रहेछन्। मुख्य अथिति भएर बोल्न थालेपछि पो मलाई त खुब डर लाग्यो। कार्यक्रम सकिने बेलामा एउटा सुचना पढेर सुनाईयो "निबन्ध प्रतियोगितामा भाग लिन आएका बिद्यार्थीहरु यहि बाल मन्दिरमा ३ बजे आउनु। २ घन्टा ढिलो शुरु हुन्छ प्रतियोगिता।" त्यतिखेरै २ त बज्न लागिसकेको थियो।
क्रमश:

 
Posted on 08-05-05 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब १ घन्टा सम्म काहा जाने भनेर यताउता घुम्म थालौँ। बेलुका घर पुग्न रात पर्ने हो कि भनेर दुबैजना अतालियौँ। तर पनि पर्खिनु बाहेक हामी के नै गर्न सक्थेउँ र? तीनबजे तिर हामी फेरी बालमन्दिर गयौँ। त्यहाँ त बिभिन्न बिद्यालयका बिद्यार्थीहरु मात्र थिए। साँढे तीन हुन लागिसक्यो, आयोजकहरुको नाम निशान देखिएन। सबै बिद्यार्थीहरु घर कसरी पुग्ने भन्ने पीरमा थिए। हामीलाई पनि ढिलो भयो भने के गर्ने होला भनेर छटपटी भयो। एकमनले त निबन्ध छोडेर फर्केर जाँउ जस्तो पनि लाग्यो। तर पनि फेरी हेडसरले के भन्नु हुने हो भनेर फर्किने हिम्मत पनि आएन।

बल्लबल्ल ४ बजे तिर आयोजकहरु आए र निबन्ध प्रतियोगिता शुरु भो। "घर पुग्न रात पर्छ, जति सको चाँडो लेखेर निस्कौँ है!" भनेर प्रतियोगितामा बस्यौँ। बेलुका घर कसरी पुग्ने भन्ने चिन्ता थियो, निबन्ध कसरी राम्रो बनाउने भन्ने कुरा त काहाँ दिमागमा खेल्नु र? नभन्दै हिँजो हामीले अनुमान गरेको नै शिर्षक थियो निबन्धको। कण्ठ पारेको लेख्न कति नै बेर लाग्थ्यो र? आधाघन्टा भित्र त लेखिसकेर हामी बाहिर निस्किउँ। घाम त डाडाँमाथि पुगिसकेछन्। "ल मञ्जु, छिटोछिटो कुद्नु पर्छ। घर पुग्न रात पर्छ" भनेर हतार हतार बाटो लागिउँ। बिचारा मञ्जु कुद्न नसक्ने, फेरी अहिले नै रात परिसक्यो। निकै अतालिइन्। "ओम दाई, घर पुग्न त सकिन्न। फेरी जँगलको बाटो छ। डर लाग्छ। यता कतै बास बस्न पाईँदैन र एकरातलाई। बाबाले दिएको २०० रुपियाँले बस्न पुग्दैन र?" मञ्जुले घर जाने आँट गरिनन्। मलाई पनि घर पुग्न सकिन्छ जस्तो त लागेको थिएन तर पनि केहि उपाय नभए पछि त के गर्नु र? भनेर मात्र जाने कुरा गरेको थिएँ। "यताउता बुझौँ है त!" भनेर बजारमा रहेका सस्ता होटलहरु सोध्न लागेउँ।
साझाल्यान्ड,
२१ श्रावण, २०६२
 
Posted on 08-06-05 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त कुर्सीमा बसेर पढें। जब कुनै चीज धेरै राम्रो भए पछि त प्रशंसा नी गर्न नसकिदो रहेछ, फेरि आफ्नो त speciality [speciality रे के, आफू नी के सानो हुने, ठूलो मान्छे त हुनै प-यो नि ;)] पनि ज्यादा काउकुती लाउनी विधामा प-यो, के भन्नी के भन्नी, जेहोस, अरु पाठकले भन्नु भए झैं किताब बनाएर प्रकाशन गर्ने तर्फ विचार पक्कै गर्नु हुनेछ, अरु त के भनम्। Awesome

Keep rolling...
 
Posted on 08-07-05 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK Ji,
Very creative work and master-piece of writing............
Well, for publication of your book pls. check it: -http://www.lulu.com
which provide, print on demand service............
I am looking forward to read new chapter of your story on Sajha.com and also to buy the book form of this story.
Keep on rocking by writing........
Good luck
Raru
 
Posted on 08-07-05 6:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-05 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुर्दा कुर्दै जिन्दगीनै भैगएछ ०००००००००००००००००


 
Posted on 08-21-05 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त 'अब यो धागो धेरै भित्र पस्यो खोज्दा पनि भेटिन्न होला' भनेर क्या मख्ख परेको त हाम्रो पाउनाजीले पाउकष्ट गरेर फेरी निकालिदिनु भएछ। अब नदेखिनु देखिए पछि किन नलेख्नु भनेर लेख्न बस्न खोजेको कथै झण्डै बिर्सिएँछु (हेहे)। सकेसम्म सम्झिएर एउटा खण्ड फेरी थप्ने जमर्को गरेको छु।

खण्ड २३ बाटः
(..."ओम दाई, घर पुग्न त सकिन्न। फेरी जँगलको बाटो छ। डर लाग्छ। यता कतै बास बस्न पाईँदैन र एकरातलाई। बाबाले दिएको २०० रुपियाँले बस्न पुग्दैन र?" मञ्जुले घर जाने आँट गरिनन्। मलाई पनि घर पुग्न सकिन्छ जस्तो त लागेको थिएन तर पनि केहि उपाय नभए पछि त के गर्नु र? भनेर मात्र जाने कुरा गरेको थिएँ। "यताउता बुझौँ है त!" भनेर बजारमा रहेका सस्ता होटलहरु सोध्न लागेउँ)

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके
खण्ड २४

पश्चिमपट्टीको छितिजमा घामको डुबानसँगै ओखल्ढुंगा बजारले पनि बेलुकीपखको हतारोलाई झन् बढाईदियो। सबैजना आ-आफ्ना कामहरु सकेर बासस्थान फिर्ने जमर्को गर्दै थिए। नजीकपासोका मानिसहरु बजारलाई छिटोछिटो बिदा गर्दै आ-आफ्ना बाटो तताउँदै थिए । टाढाटाढा घर हुनेहरु रातलाई कटाउने उपायखोज्दै आ-आफ्ना बुता र हैसियत अनुसारका होटलहरु चाहर्दै थिए । मञ्जु र मेरो पनि अब एउटै मात्र उपाय बाँकि थियो 'सकेसम्म सस्तो होटल खोजेर आजको रात कटाउने र भोली मिर्मिरे हुन नपाउँदै घर तिर लाग्ने'। कहिल्यै पनि ओखल्ढुंगा बजारमा नबसेकाले 'के होला र कस्तो होला' भन्ने एककिसिमको भुटभुटीनै नै भैसकेको थियो हामीहरुलाई । बरिपरिका स-साना होटलहरु सोध्दै गयौँ। धेरै होटलहरु त पहिले नै बुक भैसकेका रहेछन्। ४/५ वटा जति ठाँउमा सोधिसकेपछि एउटा होटलमा कोठा खालि रहेछन्। एकरातको बास बसेको एउटा कोठाको रु. १०० तिर्नु पर्ने। आज बिहान मञ्जुको ममीले पठाएको खाजा खाने समय पनि पाएकै थिएनौ। मनमनै बिचार गरेँ "खाना त त्यहि खाजा खाए भैहाल्छ। २ वटै कोठा लिए पनि हामीसँग भको पैसाले त पुग्ने रहेछ। खै फेरी मञ्जु एक्लै सुत्न डराउने हुन कि फेरी!"।

"मञ्जु, तिमी एक्लै एउटा कोठामा सुत्न सक्छेउ?" मेरो कुरा पुरै खस्न नपाउदैँ निकै नि डर लाग्ने जस्तो हाउभाउमा मञ्जुले भनिन् "दाई, नाई मलाई त डर लाग्छ के। तपाईँ र म एउटै कोठामा बस्ने, हुन्न र?"। यसो भनिरहँदा मञ्जुले कुनै पनि अप्ठ्यारो मानिरहेकी थिईनन्। सायद उनलाई डर भन्दा ठूलो अरु कुरा केहि लागेन होला त्यसबेला। नाता नपर्ने दुईजना १४/१५ बर्षे केटा र केटी एउटै कोठामा रात बिताउदा भोली रुढिबादी समाजले हामीलाई हेर्ने दृष्टिकोण, भलै हामीले कुनै नराम्रो काम नगरेको नै किन नहोस्, बारे उनले सोच्नै भ्याईनन्।

क्रमशः
 
Posted on 08-21-05 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"साहुजी, २ बटा खाट भको कोठा छैन? बरु हामी अलिक बढि पैसा दिन्छौँ नि!" मैले साहुलाई सोधेँ। "मेरो होटलमा एउटा खाट मात्र भका कोठाहरु मात्रै छन्। बस्छौ भने बस, नत्र अर्को आउँछ, बस्नलाई!" भन्दै साहु त आफ्नो काम गर्ने लाग्यो। यसो बाहिरतिर हे-यौँ, झमक्कै साँझ परिसकेको रहेछ। अन्य ठाँउमा कोठा खोज्न पनि संभव थिएन। मैले फेरी साहुलाई अनुरोध गरेँ, २ वटै खाट नभए पनि अलिक ठूलो कोठाको लागि। 'कस्तो कुरा गरेर ल्याउँछ, लोग्नेस्वास्नी हो भने एउटै कोठामा बस, बरु एउटा कम्मल डिउँला। हैन भने छुताछुतै कोठामा बसे भैगोनि!' साहुको बोली भुईँमा खस्न नपाउँदै मैले भनेँ "साहुजी हामी त साथीसाथी हौँ। केटीमान्छेलाई नचिनेको नजानेको ठाउँमा एक्लै बस्न डर लाग्छ नि। एउटा अलिक ठूलो कोठा भए बरु हामी एकजना भुईँमा र एकजना खाटमा सुत्नेथियौँ। मिलाईदिनुस् न!" मेरो कुरा सुनेपछि साहुले पुलुक्क हामी दुईजना कै अनुहारमा हे-यो र भन्यो "तिमीहरु गाँउबाट भागेका त हैनौ? म पुलिस बोलाईदिन्छु"।

अब भने मलाई साहुले कोठा पनि नदिने हो कि भनेर खुब डर लाग्यो। केटाकेटी गाउँबाट भागेर बिहे गर्ने र पछि मात्र फर्कने, केटाले केटी भगाएर मुंग्लान् लगेर बेचिदिने जस्ता घट्नाहरु समय समयामा घटिरहन्थे त्यसबेला गाँउमा। साहुलाई बिश्बास दिलाउन मैले सबैकुरा बेलीबिस्तार लगाएँ। घर, पढ्ने स्कुल, निबन्ध प्रतियोगिताको सबै कुरा गरिसकेपछि चाहीँ साहुले निकै पत्यायो। 'तेसो भए तेस्रो तलामा भको कोठा अलिक ठूलो छ। भुईँमा राम्रोसँग त पुग्दैन होला तर पनि, यसो रात कटाउन त मिल्ला। ल गएर हेर, मिल्छ भने बस' भन्दै कोठाको साँचो दियो। कोठा त सानो नै रहेछ, खाट पनि सानै। माटोले बनेको भुईँमा एउटा सानो चकटी पनि ओछ्याएको रहेछ। "अब रात परिसक्यो, मञ्जु आज यहिँ बसौँ। भोली बिहानै घर तिर लागौँला। बरु म साहुलाई आजै पैसा दिएर आँउछु, भोली त साहु पनि नउठ्दै बाटो लाग्नु पर्छ" भनेर मञ्जुसँग १०० रुपियाँ मागेर लागेर साहुलाई दिएँ। दुबै जना मिलेर खाना खान लाग्यौँ, बिहान घरबाट ल्याएको। भाडाँहरु केहि थिएनन्, त्यहि खाजा लागेको रुमालबाट झिक्दै खायौँ दुबैजनाले। खाजा खाई सकेर सुत्ने तर्खर हुँदा मञ्जु र मेरो 'को भुईँमा सुत्ने र को खाटमा सुत्ने' भन्ने कुरामा भनाभन् चल्यो। मञ्जु पनि 'म भुईँमा सुत्ने' भन्ने, म पनि 'म भुईँमा सुत्ने' भन्ने। अन्तमा मञ्जुको हार भयो । उनी खाटमा सुत्ने भईन् र ओछ्यान लगाईन्। टुकी निभाएर म पनि त्यहि साहुले दिएको कम्मलको एकापट्टी चकटीमाथी ओछ्याएँ र अर्कोपट्टी ओढ्न खोजेँ। खुट्टा पसारेर सुत्ने ठाँउ त थिएन, तर पनि यसो घुँघुरी परेर निदाउन खोजेँ।
क्रमशः
 
Posted on 08-21-05 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाकेर होला मञ्जु त एकछिन् पछि निदाए जस्तो लाग्यो। मलाई चाहिँ निद्रा लागेन। मनमा के के कुरा खेलिरहेछ। यतिका दिनसम्म मञ्जुको घरमा बस्ता मलाई केहि कस्तो पनि भको थिएन, लागेको थिएन। तर आज मलाई कस्तो कस्तो लागिरहेछ। कोल्टो फर्कदैँ निदाउने कोशिष गरेँ, तर पनि निदाउन सकिन। २ पटक त शौचालय गएँ, मञ्जुले थाहा नै पाईनन्। उनि त मस्त निद्रामा थिईन्। बाहिर सब चकमन्न छ, सबै सुनसान। मध्येरात भको हुँदो हो, तेस्रोपटक शौचालय गएर फर्केर ढोका लगाउँदा आबाज निस्क्यो। मञ्जुलाई डिष्टर्ब भएछ क्यारे, कोल्टो फेर्दै भित्तातिर फर्किईन् र उनले ओढेको सिरक त्यो सानो खाटमा अट्न नसकेर भुईँमा खस्यो, उनले चाल नै पाईनन्। मैले सरक्क त्यो सिरक टिपेर फेरी मुख चाहीँ नछोपीने गरी ओढाईदिएँ र आफ्नै चकटिमा गएर बस्तै भित्तामा अडेस लागेँ, अनि फेरी उहि सोचाईहरु। कुनै पनि सीमा नराखि आफ्नो बिगत, मञ्जुसँगको परिचय, अनि घनश्यामसरको घरको बसाई, सबै कुराहरु एकाएक गर्दै मेरा मानसपटलमा नाचे। भबिश्यका कल्पनाहरु पनि घुमे। सबैकुराहरु एकपछि अर्को गर्दै आए, केबल निद्रा बाहेक। मञ्जुको कुरा दिमागमा खेल्ने बितिक्कै उठेर सुटुक्क उनको अनुहार हेर्थेँ अँध्यारैमा। स्बाँ स्बाँ को आबाजसँगै मञ्जु मस्त निद्रामा छिन्। "अहा! कति मीठो निद्रा" भित्रैदेखि खुसि लाग्थ्यो र एक्लै मुसुक्क मुस्काउँदै आफ्नै ठाँउमा गएर बस्थेँ। भालेको डाकसँगै मञ्जुको निन्द्रा पनि खुलेछ। जुरुक्क उठिन् र सलाई कोरेर टुकि बालिन्। अडेस् लागेर बसिरहेको मतिर झट्ट हेरेर भनिन् "तपाई सुत्नु भाको छैन?"। "म भर्खर बिउझिएको तिमी भन्दा एकैछिन् अगाडि" मैले ढाटेँ। उनी "अब तपाईँ खाटमा सुत्नुस् म भुईँमा सुत्छु" भन्दै थिईन् तर मैले "अब उज्यालो हुन लाग्यो, बाटो लाग्नु पर्छ" भनेर हिड्ने कुरा गरेँ। उज्यालो नहुन्जेल गफ गरेरै समय बितायौँ र बिहानीको मिर्मिरमै ओखल्ढुंगा बजारलाई बिदा गर्दै घर तिर लाग्यौँ।
साझाल्यान्ड,
५ भदौ, २०६२
 
Posted on 08-21-05 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
कति सज्जन यार हाम्रो ओके बुरो त। हो, यस्तो पो हुनुपर्छ त। हाम्रो भउते भो, पण्डित भो छाडा छाडा काम गर्छन् र मलाई चित्तै बुझ्दैन। रे क्या!
 
Posted on 08-22-05 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ओके ब्रो कै त छ जे छ । गरे पनि नगरे पनि । फेरि भाउजुको पनि त खयाल राख्नै पर्यो , कि कसो ?
:)
 
Posted on 08-26-05 4:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो मेरो धागो त एक दिनमा ३ कान्ला तलतिर पुग्छ भनेको, कसरी तान्ने होला अगाडि :)

ए साथिहरु हेल्प गरम् न- १/२ खण्ड लेख्न। म भाग लाउँछु है!
१. खण्ड २५ चाहीँ मै लेख्ने।
२. खण्ड २६ दादा
३. खण्ड २७ पण्डित
४. खण्ड २८ भउते
अनि म फेरी हालुम्ला नि! :)

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
खण्ड २५
हामी घरमा पुग्दा बिहानको ८ जति बजेको थियो। भोकले ढुङ्गो खाउँ कि माटो खाँउ जस्तो भाथ्यो। घनश्यामसर घरमा हुनुहुदोरहेनछ। ममी चाहिँ भित्र भात पकाउँदै हुनुहुँदो रहेछ। "ममी, हामी आईपुगिउँ!" मञ्जु फुरुंग पर्दै भान्सैमा पुग्न खोजिन्। "ए आईपुगेछन् त यिनीहरु पनि। हिँजो काँहा बसेउ? किन नआएका हिँजो? हामीलाई कस्तो भो यहाँ। मञ्जुको बुबा रातभरि निदाउन सक्नु भा छैन"। ममीका यि धारबाहिक जिज्ञासाहरुको उतर दिन लागिन् मञ्जु। म पनि छेवैको आँटीको छेउको पिरामा बसेर मञ्जुको कुरामा सहि थप्दै, कुरा पनि थप्दै गर्न लागेँ। सासै नफेरी सकिन मञ्जुले सबैकुरा। "कस्ता मोराहरु, समयमै गर्नु पर्छ नि प्रतियोगिता पनि" ममीको रिस पोखियो। घनश्यामसर पनि आईपुग्नु भो र भन्नु भो "ए राम्रैसँग आईपुगेउ, तिमीहरु। कस्तो लेख्यौ त निबन्ध"। घनश्यामसरले चाहीँ अरु केहि कुरा पनि सोध्नु भएन। भात खाँदा पनि मञ्जुले हिँजो ओखल्ढुंगाको गफ गरिरहिन्। एकदुई दिन त उनको त्यहि मात्र गफ बन्यो।

दिनहरु बित्दै गए। सुरुसुरुमा त मैले त्यति यादै गरिन। तर बिस्तारै बिस्तारै मैले मञ्जुको घरमा फरकपना पाउन थालेँ। म प्रति गरिने ब्याबहारमा पनि मैले निकै नै अन्तर पाएँ। मञ्जु त पहिलेकै जस्तै थिईन्। केहि परिवर्तन थिएन। पहिलेको जस्तो घुलमिल चाहिँ भएन, कम हुँदै गयो। निकै नै सतर्क थिएन् मञ्जु पनि। उमेर बढ्दै जाँदा केटीहरुमा सँकोच बढ्दै जानु र सतर्क हुन खोज्नु त सामान्य कुरा नै हो जस्तो लाग्यो। घनश्यामसरमा पनि छर्लैंगै देखिने खालको भिन्नता चाहिँ मैले महसुस गरिन। तर मञ्जुको ममीको मप्रतिको ब्यबहार चाहिँ निकै फरक थियो। मसँग पहिलाको जस्तो खुलेर बोल्न छाड्नु भो। मलाई देख्दा सधैँजस्तो मुसुक्क मुस्काउने उहाँको चेहारा कुनै प्रतिकृयाहिन भैसक्यो। मलाई बोलाउँदा सधैँ "बाबु" भन्नु हुन्थ्यो, "ओम" मात्र भन्न थाल्नु भयो। दिनहरु बित्दै जाँदा यो फरकपना झन् बढ्दै गयो, घटेन। मबाट केहि गल्ति भयो कि भन्ने कुरा मनमा खेलिरहन्थ्यो। शुरुसुरुमा घनश्यामसरकोमा बस्ता खुशि र उमंगले रमाउने मन दिनप्रतिदिन गह्रौँ र हिनताबोधले पिडामय हुँदै गयो। कहिले काहीँ चाहीँ "नबिराउनु नडराउनु" भन्ने सोच्दै मन दरो बनाउँथे। मञ्जुको परिबारसँग नराम्रो हुँदा लाग्ने पीर भन्दा मञ्जुको घरमा बस्न नपाई पढ्न नपाएको बेदना चाहीँ मलाई कल्पना गर्न नै कठीन हुन्थ्यो। १ बर्षको बाँकि पढाई पुरा गर्न पाए, हारगुहार गरेर भए पनि एउटा माष्टरको जागिर खाने थिएँ र भाईबहिनिलाई स्कुल पठाउँदै आमाको सपना पुरा गर्न पाउने आसमा थिएँ। यो कठीन समयमा मञ्जुको परिबारसँगको फरकपनाले मलाई धेरै नै चिन्तित बनायो।
क्रमशः
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters