नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४२ --
हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
को तान्च हो याहा चिलिम् ,भयेन आज त तान्न नै पर्यो ,ल कति बजे भेतिनच क्यरे म पनि आउचु है चौतरि मा,आनदले चिलिम् तानेर चौतरि मुनिको दुङे धारा को मुहान नै सुक्नेगरि पानि खान मन् च के आज ,बरु म त सिरक् र दस्ना पो बोकेर आउ क्यरे बरु बोलि बिहनै येतै बात् पद् न जुम् क्यरे ,कति को जादो च कुन्नि,मैले त माक्ल पनि बोके हौ ,जादो मा चिलिम् तान्दै माकल तप्दै ,आलु पनि पोल्ने कि भोक त फेरि दरै लाग्ला नि कि कसो?
सर्बप्रथम यो चौतारीमा छिरेपछि नयाँ नाम जुराउने नियम रहेछ र तेसै अनुरुप मेरो नाम पनि चौतारी गाउँका बरिष्ट ब्यक्तित्व श्री बिर्खेमाइला ज्युले राखिदिनुभएको नाम परसादे बनाइदिनु भा रछ खुशिनै लाग्यो । अब देखि मैले मेरो नाम प्रचण्ड लेखेपनि चौतारीमा भने परसादे नामले चिनिने छु । मेरो उदेश्य यहा राजनिती घुसाउने हैन है । सबैले कठोर भन्दा भन्दा मलाइ पनि रमाइलो गर्न मनलागेर छिरेको । अब प्रचण्ड मा पनि धेरै परिबर्तन आयो भन्ने देखाउनु पनि एउटा उदेश्य हो । तितौरी/तिरु - नाअत्तिनुस् संसारमा भएको हाँस्ने ठाउ हराउदैन, म यहा बन्दुकको कुरा गर्नलाइ आएको हैन । म पनि रमाइलो गरम भनेरनै आएको हो । म पनि आफुलाइ सकेसम्म चौतारीफाइङ् गर्ने छु । सुझाबको लागी धन्यबात । तपाइकै सिफारीसमा होला जिम्बाल बाले मेरो नाम परसादे नै राखिदिनु भा ।
जिम्बाल बा हुन त हामीले आन्दोलन (उफ! लेख्दिन भनेको आइहाल्यो) सुरु गरेदेखिनै यो जाँड रक्सिको बिरोध गर्या हो तर पनि चौतारीको शोभालाइ त नष्ट हुन दिन भएन नि । ल ठिकै छ बेलुकाको लागी म २-४ जर्किनै बोकेर आम्ला । कालीजको मासु ता खुब मन पर्छ नि मलाइ जिम्बाल बा । बनमा कतिदिन त तेस्कै मासु मात्रै पनि खाएर बसियो । यहा दु:ख सु:ख बाँडी चुँडी गर्न र केहि रोमान्टिक हुन आएको हो ।
भउते जिलाइ पनि धन्यबात मलाइ स्वागत गर्नु भएको मा । हेर्नुहोस हतियार कन्टेनरमा राख्ने काम सुरु भइ सकेको छ र म पुर्ण बिस्वस्त छु अब यो समस्या पुर्ण रुपमा निवारण हुन्छ ।
कुम्ले जिलाइ पनि धन्यबात मेरो स्वागत गर्नु भएको मा ।
प्रीती नानि/सान्नानी मैले कुम्ले को चिठ्ठी पढ्न पाएको छैन । तर पनि अब बिगत तिर भन्दा बर्तमान तिर नै लाग्दा कस्तो होला ?
र अन्तमा मलाइ स्वागतका सब्द ब्यक्त गर्नुहुने राहुलदाइ (तपाइ चाइ अलि बडि चिलिममात्रै भन्नु हुँदो रहेछ) र हरी लाइ पनि धेरै धन्यबात साथै सम्पुर्ण चौतारी बासिमा पनि नमस्कार ।
हा हा हा! यो चण्डे मोरोले गाम्लेको सातो ले'छ! आफ्लाई साँच्चिकै पर्चण्डे भन्दो र'छ भ' अब!! अरुले नचिने पनि यी वयोवृद्ध जिम्मालले चिन्नुपर्नी नि!? त्यै पल्ला गामको चण्डे त हो नि यो! बच्चैदेखि अलि उद्दण्ड के रे साईध्वा! गाममा सबले चण्डाल भनेर गाली गर्थे। खोपी खेल्दा हाम्लेचैं चण्डे भन्थिम्। मुग्लान पस्या थ्यो बज्जे। कहिले फर्केर आएछ। तो दुम्सीका काँडा जस्तो घोप्टे जुँघाचैं बन्दूके पर्चण्डेकै जस्तो बना'र'छ बज्जेले! अब आजभोलि पर्चण्डे सटाइलमा जुँघा राख्ने त फेशनै आ' छ के रे!
हैन यो दुइ जना मात्र स्याङ्जा, राम्जा र ह्याम्जा भन्दै के को गनथन नि? लौ भन न त फर्साद हाम्रो इन्जिनियर साब पनि नराम्रो सङ्ग झुक्किनु भएछ नि । के को पल्ला गाम (ह्याम्जा) को चण्डे नि त्यो भन्दा पनि उपल्ला गाम (कास्किकोट) को प्रचण्डे पो होत ।
गालब जी झापा तिर के हुनु नि होलान २-४ हजार समर्थक । अहिले ता चितौन हो क्या रे ।
malai ta Prasaade bhanada gautam jee le rakhidiyeko Chande naaam man paryo hai. lau chande lai ta maile ni chine ( chine bhandai ma ke jane ho ra ?) :D
yo geet ta jimmal baa lai nikai man parne geet ho ni . gaalab jee swosthani khai ta aaja ??
( nepali lekhna milena ni :( ----- maaph paam hai )
तारेमाम्, हिम्माल बा, चण्डे, अनि मिस् लाई चाँही नमस्ते । रमाइलो कुरा भाई राख्य रहेछ, अज अलि ढिलो उठियो, हिजो फ्राइ डे को चिलिम अलि कडा पर्यो । चण्डे ले ने तान्ने भएयता तिर आउ क्या रे ।
हा हा हा हसाए केटाहुरले ।घर हेम्जानै हो! मोराको मामाघरचैं राम्जा, ससूरालीचैं स्याङ्जा रे! बिचरा कास्कीकोटाका रइचन मुन्छे त । नाम त चन्डे नै हो क्याहो , क्यारी मेसो पाका हुन यि जिम्माल ले बुडेसकाला पनि ?
शहरमा कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! अहिलेसम्म तिमीलाई भउते-जुरेली-पुन्टेको कहानी सुनाएँ। महादेवको कान्तिपुर यात्राको बारेमा पनि सुनिहाल्यौ। अब तिमीलाई चौतारीको एक सदस्यको ई-प्रेमिकाको बारेमा बताउँछु, सुन। गाउँको स्कूलबाट एसल्सी पास गरेपछि उच्च शिक्षाको लागि शहर पुगेका कुमलवा शहरको रमझम देखेर अचम्मित हुन लागे। दिनभरि लछुमनियाको सैलुनमा बसेर पिच्च पान थुक्दै जयलक्ष्मी र धनियालाई जिस्क्याउन पल्केको मान्छे, शहरमा त कुनै पनि लडकीले देब्रे आँखाले पनि नहेरेकोमा दु:ख मनाउन लागे। यस्तैमा कुनै दिन ठमेल नामको शहर घुम्दा पसलभित्र कन्याहरु मेसिनको अगाडि बसेको देखेर आफूलाई सहरमा लिएर आउने ग्वाँचेलाई सोध्न लागे "हे ग्वाँचे! यी कन्या को हुन्? यस्तो ठाउँमा यिनीहरु के गर्दैछन्?"। कुम्लेको यस्तो प्रश्न सुनी ग्वाँचेले उत्तर दिन लागे "हे कुम्ले! यो पसललाई साइबर क्याफे भन्छन्। यिनीहरु यो कम्प्युटर भन्ने मेसिनको सहायताले आफ्ना प्रियतमहरुसँग गफ गर्दैछन्।" यस्तो सुनी कुम्लेलाई पनि आधुनिक प्रणालीको प्रेम गर्ने ईच्छा पलायो र घरबाट भर्ना खर्च भनेर ल्याएको पैसाले कम्प्युटर किनेर सिक्न लाग्दा भए।
हे अगस्त्यमूनि! यावत हुँदै लाग्दा छिमेकी कोठामा भाडामा बस्न थालेका केटाहरु संगत हुन लाग्यो। ती साथीहरु कस्ता भने लामा लामा कपाल पाल्ने, दिनभरि पाठशालामा हाहु गर्ने, साँझ परेपछि गौशालातिर गई तीन दिनको ताजा ममसँग राजाले पैठार गरेको गाँजा खान्थे र आफूलाई महादेवको सच्चा भक्त भन्थे। तिनीहरु एकैछिनमा 'पाट' भनेर मिल्थे भने एक्कासि 'काट' भनेर लड्थे। तिनै संगीहरुको माध्यामले हाहु च्याटको बारेमा थाहा पाई कुम्ले पनि बेलुका-बेलुका कहिल्यै नदेखेका कन्याहरुसँग भालाकुसारी गर्न लागे।
यस्तै सिलसिलामा एक रात उनको दोस्ती एउटी कन्यासँग हुन लाग्यो। गफको सुरुवातमै प्रेमको भालाकुसारी गर्ने शहरकी युवती देखेर कुम्लेलाई गाउँको लुकिछिपी गर्ने पियार सम्झँदा "म पहिले नि शहर किन आइन?" भन्दै पश्चाताप गर्न लागे। कुम्लेलाई निशा नाम गरेकी त्यस कन्या साह्रै नै मन परिन्। आफू गाउँबाट आएको र गाउँमा हुँदा जयलक्ष्मीसँग भएको पियार बारे बताउँदा चाख मानेर गफ सुनिन्। अनि, आफूलाई गाउँले केटा मन पर्ने कुरा बताइन् र कुनै दिन कुम्लेको गाउँ घुम्न जाने ईच्छा देखाइन्। उता पल्लो कोठाका 'पाट'हरु भने गाँजाको सुरमा हल्ला गरेर डिस्टर्ब गर्दा पनि निसासँगको गफ छोड्न सकेनन्। यस्ता तवरले भालाकुसारी गर्दै जाँदा निसाले "हेर न क्यामो, म जस्तो सोझी केटीलाई मेरो एक्स-ब्वाइफ्रेन्डले डिस्कोमा नाच्न जानिन, डल्ली भई भनेर ब्रेक अप गर्यो।" भन्दै विलाप गर्न लागिन्। कुम्लेलाई शहरका केटाहरुको मतलबीपन र निर्दयीताप्रति रिस उठेर आयो। र, निसालाई सम्झाउँदै भन्न लागे "हेर निसा! सत्य पियारमा नाच्न जान्नु र नजान्नुमा केही महत्व हुँदैन। न त शरीरको बनोटको केही मतलब हुन्छ। प्रेम भनेको मनबाट गरिने कुरा हो।" निसा खुसी हुँदै भन्न लागिन् "वोह क्यामो, यु आर सो स्वीट!!! मलाई तिमी जस्तो केटासँग लभ गर्न मन छ।" निसाको यस्तो वचन सुनी कुम्ले पनि ढिलै भए पनि शहरमा केटी पट्याउन पाएकोमा खुसीले गदगद भए र भने "मिल्छ भने हामी भोलितिर भेट्न सक्छौं? दरबार मार्गमा नाङ्लो भन्ने ठाउँ छे। त्यहीं हुँदैन?"
यता पल्लो कोठामा हल्ला बढेर सहन नसक्ने हुन लाग्यो। "मोराहरु फेरि जाँड खाएर हल्ला गर्न लागे!" भन्दै कुम्ले मुर्मुरिंदै ढोका ढक्ढक्याउन लागे। केटाहरु अट्टाहस निकाली निकाली हाँस्न लागेको देखेर सोध्न लागे "के भो निस् पाट? खुबै हाँस्दैछौ नि"। निशान्तले पनि हाँसो मिसिएको आवाजमा भन्न लागे, "हेर न कुम्ले! केटी बनेर हाहु च्याटरुममा गा'को। एउटा केटो मुर्गा फस्यो। भोलि नाङ्लोमा डेटिङ् बोला' छ। मैले हुन्छ भनें तर १ मिनेट भयो उत्तर नै आ'छैन" कुम्ले पनि अनुहार अमिलो बनाउँदै उत्तर दिन लागे "थाहा पायो होला नि त उसले। तिमीहरु पनि कराएर मलाई सुत्नै दिएनौ यार। निदाएको मान्छे ओच्छ्यानबाट उठेर आउँदैछु!" भन्दै मनमनमा ई-प्रेमिका देखि आजित हुँदै फर्किंदा भए।
आज पनि मैले यौटा भाग लेखेको छु स्वस्थानी। गालेले नि फेरी संयोगवश कुम्लेको बारेमा नै लेख्या जस्तो छ, मैले नि उसैको बारेमा लेखें आज। मैले लेख्न सकाएर टाँस्न लागेको त गालेको पनि भर्खर आएछ। ल यो टाँस्छु अनि दुवै सँगै पढम् है त। लेखिसकिएको चीज भोलिको लागि राखेर किन बासी गर्ने।
चौतारी स्वस्थानी व्रतकथा - १८ वाचक - उही व्यक्ति
कुमारजी आज्ञा गर्नुहुन्छ, ‘हे अगस्त्य मूनि! तहाँ उप्रान्त हल्ला ल्याण्डमा गाँजा चरेसको व्यवस्था गर्न संभव नभएपछि श्री महादेव अन्तर्ध्यान भई कैलाश पर्वत जानुभयो। कैलाश पर्वतको गाँजा, चिलिम तान्दा तान्दा वाक्क भैसकेका महादेवले हल्ला ल्याण्डबाट ईम्पोर्ट गरेर भएपनि उच्च गुणस्तरको गाँजा मगाउनुभयो। उक्त गाँजाको सेवनले महादेव कैयौं दिनसम्म निद्रामा लम्पसार परिरहनुभयो। यो देखी पार्वतीले महादेवलाइ उठाउने चेष्टा गरिन् तर सफल भइनन्। त्यही समयमा पार्वतीले एक जना भक्तजनको स्तुति सुनिन्।
हे पूज्य महादेव र गौरी! मलाई मिलाइदेऊ तितौरी म हूँ एक जवान माहुरी फक्रेकी फूल हुन् तितौरी!!
यस्तो मीठो कवितात्मक आव्हान सुनेर पार्वती खुशी भइन् र कसले यो स्तुति गरेका रैछन् पत्ता लगाउन तिर लागिन्। यो स्तुति फूलरिडा(फ्लोरिडा) को समुद्रि तटमा बस्ने कुम्ले भन्ने भक्तले गरेका रहेछन्। तर महादेव सुतेको सुत्यै देखेर उठाउनको लागि उनकै त्रिशूल हातमा लिएर ढाडमा घोच्न थालिन्। ढाडमा बारूलाले टोकेको जस्तो अनुभव भएर महादेव झल्यास्स हुँदै व्युँझनुभयो र क्रुद्ध हुँदै पार्वतीलाइ भन्नथाल्नु भयो,’ हे स्त्री! तैंले मलाई किन यसरी उठाइस्? जसकालागि तैंले मलाइ उठाइस्, उसले चाँडै नै माछाबाट हानी भोग्नुपरोस्!’ यति भनी महादेव फेरी निद्रादेवीको शरणमा जानुभयो।
महादेवको यस्तो वचन सुनी पार्वतीलाइ साह्रै नरमाइलो लाग्यो तैपनि कुम्लेलाइ दर्शन दिई,’तथास्तु! यो सप्ताहन्तमा तितौरी फूलरिडामा घुम्न आउँछिन्।‘ भनी वरदान दिइन्। यो सुनी कुम्लेको हर्षको सीमा रहेन र तत्कालै ब्रेक डान्स गर्न थाले। पार्वतीले फेरी भन्न थालिन्,’ तर यौटा कुरा याद राख्नु, माछा मार्ने या खाने कार्य भने यो समयमा नगर्नु नै राम्रो। यदी कुनै आपद आइपरेमा विष्णुको स्तुति गर्नू, उनले सहयोग गर्लान्।‘
पार्वतीको वरदानको प्रभावले सान्फ्रे गाममा बस्ने तितौरीलाई फूलरिडाको समुन्द्रमा गएर माछा मार्ने ईच्छा जागृत भयो। उनले आफ्ना ईन्टर्नेट मित्र कुम्लेलाई सम्पर्क गरी आफू आउन लागेको कुरा बताइन्। कुम्लेको मुटु जोडले ढुक्ढुकाउन थाल्यो, मुहार हजार वाटको बत्ती झैं चहकिलो देखियो, खुशीले आकाशमा उडेको अनुभव भयो।
तितौरी कस्ती भने मृदुभाषी, राम्रो क्याप छड्के पारेर लाएकी, दश मिनेटमा चारवटा पेन्टिङ् बनाउन सक्ने, १५ मिनेटमा आठ लाइन कविता लेख्न सक्ने यस्ती तितौरीलाइ भेटेपछि कुम्ले पनि रमाउँदै फूलरिडाको बीच(beach)मा घुम्दा भए।
तितौरीले माछा मार्ने बल्छी ल्याएकी थिइन् र त्यहीं माछा मार्ने ईच्छा व्यक्त गरिन्। कुम्लेले पार्वतीको चेतावनी सम्झेर भने,’हे तितौरी! आज माछा नमारौं, फेरी तिमीलाइ नै माछाले तानेर लग्यो भने म के गरम्ला?’ यो सुनी तितौरीलाई हाँसो उठ्यो र भनिन्,’हे कुम्ले! तिमी कस्तो हाँस्यास्पद कुरो गर्छौ, माछाले पनि कहीं मलाई तान्न सक्छ र? नाईं म त माछा मार्छु मार्छु!!!’ तितौरीको जिद्दीलाइ कुम्लेले टार्न सकेनन्।
तत्पश्चात तितौरी आफ्नो बल्छीको टुप्पोमा गड्यौंला बाँधेर फूलरिडाको समुद्रमा डुबाई कुरेर बसिरहिन्। त्यही समयमा महादेवका श्रापका कारणले यौटा अजंगको सार्क आएर तितौरीको बल्छीमा रहेको गड्यौंला खान थाल्यो। बल्छी सार्कको घाँटीमा अड्क्यो र छट्पटाउँदै भाग्न थाल्यो। सार्कले तितौरीलाइ पनि समुद्रतर्फ तान्न थाल्यो। यो देखी तितौरी आत्तिंदै चिच्याइन्, कुम्ले हत्त न पत्त गएर ततौरीको कम्मरमा च्याप्प समाती तान्न थाले। तर अजंगको सार्कको वजनलाई उनीहरूले थेग्न सकेनन्। यो देखी त्यहीं भलिबल खेलिरहेका निशे, भौते र हाँडीगाउँका ग्याङ् नोर्बु, बांगे, छिरिङ् सबै उनीहरूको मद्दतका लागि खटिए। निशेले कुम्लेको खुट्टा समाई तान्यो, नोर्बुले निशेको कमीजमा समायो, बांगेले नोर्बुलाइ र छिरिङ्ले बांगेलाइ समातेर लामो लाइन बनाइ ‘टग अफ वार’ खेले झैं न्वारनदेखिको बल लगाई तान्न थाले। तैपनि सार्कले उनीहरूलाई बिस्तारै बिस्तारै समुद्रतर्फ घिसार्न थाल्यो। आफ्नी बहिनी तितौरीलाइ माछाले उल्टै तान्न लागेको देखेर भौतेले बालुवामा टाउकोले टेकी हजारौं सेकन्डसम्म श्री विष्णुको तपस्या गर्दा भए।
विष्णुले उनीहरूको समस्या देखी आफ्नो चक्र प्रहार गरी बल्छीको धागो चुंडाइदिए। एक्कासी बल्छी चुँडेपछि सार्क समुद्रमा हुत्तिंदै गएर यौटा ब्लु व्हेलसँग ठोक्किन पुग्यो। उक्त चोटको कारणले सार्क बेहोस भयो। यता तितौरी, कुम्ले, निशे र हाँडीगाउँको ग्याङ् बालुवामा पछारिन पुगे। यो देखी भौतेले हत्त न पत्त आफ्नो डिजिटल क्यामेरा निकाली ठूलो स्वरले चिच्याए, ‘स्माईल प्लीऽऽऽऽऽजजजजजजज!!!!!!’
ईति श्री स्कन्द पुराणे कुमारखण्डे माघमहात्मय कुमारागस्त्ये संवादे कुम्ले तितौरी मत्स्य मारन्ति -- नाम अठारोध्याय
हा हा हा! गाले, कुमलवालाइ त दह्रो र्याग गर्यो नि। :D :D
हाम्रो सोचाइ गज्ज्बसँग मिल्न थाल्यो नि अचेल, अचम्म है? जस्को बारेमा तिमीले लेख्छौ, म पनि उसैको बारेमा लेख्छु, जस्को बारेमा तिमी सोच्छौ मैले उसैको बारेमा लेख्छु। कस्तो संयोग! :D
गालब गुरु र चित्रे को स्वस्थानी पढियो, शनिबार दिन राम्रो हुने भयो । कुम्ले को ए-प्रेम्, तितौरिको कथा सब बुझियो । दुबै बाचक गुरु हरु लाई कोटी कोटी तारेमाम है । चिलिम पर्साद तान्ने कि ?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.