CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 90271 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-22-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब, जोत पेले भुनेओ के नि?
 
Posted on 11-22-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! ए!! ए!!! गुन्टे भान्जा महाराज! मामाको चर्तिकलामा नजर लाउन चौतारीमा सवारी होईबक्सेको त होईन? उता दिज्यु महारानीले हजुरलाई ज्यूनार गराउन खोजीबक्सिंदै छ! ज्यूनार गरेर सुकला होईबक्सिने टाईम भयो रे! कस्तो मीठो मीठो सपना नजर हुने होला हजुर फेरि सुकला अवस्थामा। झट्टै सवारी होस् रे!

अब त लाऽऽऽऽऽऽमो सप्ताहान्त परो के रे, सफर गरिन्छ, २-४ दिनलाई बिदा पाम् है चौतारीबाट पनि! भन्नु मत्र त हो नि! यसो उसो मेसो मिला'र नचियाए त खाकै नपच्नि होला फेरि आफ्नो!

अनि ठुल्बुईनी कति दिनलाई जान ला' हो नेपाल? यता चौतारी जमघटको बेलाँ तिमी चईं उतै पर्ने हो कि के हो? झन् बुईनीहुरलाई भुनेर जेरिकिनको टप सप किनेर राखिद्या' त!

अनि के रे, सबलाई था' भो होला निस को हो भन्छन् बा! मुलाई त था' छैन है! भन्दिम् न बरु कसैले! मलाई शंका ला' चईं कि मिस्टे हो, कि रिकुटे। खैर, रिकुटे नि हाम्रै पुराना सिरे कि भउते जस्तो लाऊँथो के रे मुलाई त!

अन्खेरुन्, कुम्ले! तो परोगामको भिडिओ त म संग छैन केरे, अरुसंग भा' भे था' भएन। बरु चौतारी जमघटाँ आम् के रे, अनि लाईभ नै सुनाईदिम्ला नि गाईने गीत!
 
Posted on 11-22-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोत पेल्नु --- गफ हाँक्नु, गफ दिनु --- निसब्रोको आँsssssच! भाषामा भन्नु पर्दा "खोक्नु"। स्कूलमा हुँदा पोखरामा खुब प्रयोग गरेको स्ल्याङ् हो यो; अनायाशै चौतारीमा पनि फुस्केछ।
 
Posted on 11-22-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-22-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाइ चौतारीको जमघट कहिले हो । म त नेपाली ८ Dec म गएर ४ Jan मा फेर्किने ।
 
Posted on 11-22-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thursday, Friday दुइ दिन् छुट्टि हो? wow, आफ्नो त कर्मै मा रैन्छ.
 
Posted on 11-22-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब तिमी पोखरा को हो ?
 
Posted on 11-22-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब तिमी पोखराको हो ?
 
Posted on 11-22-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O लौ त्यसो भए निस् बुरोको मुखुन्डो अझै झरेन? पून्टे दाई नि हैन जस्तो छ त गाम्लेहरू!
 
Posted on 11-22-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब मलाई त आज सुगा रोग लागेर माथि ठुल्नानीको क्वेसन कपी पेस्ट गर्देको हो है । मलाई त था छ तिमी काँ को हो भन्ने!
 
Posted on 11-22-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब? मुलाई पो शंका गरेका गाम्लेहुरले? धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम् म होईन है तो!
 
Posted on 11-22-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी लाई शुक्रबार छुट्टी दिएन साहुले?
 
Posted on 11-22-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल पुन्ट्स सुड्डा दाम्मिज विकेन्ड जाओस ब्रोको।

मलाई पुन्ट्स सुड्डा रे फिरि सोमहरुले....अत्ति हान्दिने के फिरि अध्यारोमा तिर!


गाल्स ब्रो पोखराको हो? त्यहाँ लेकसाईडको दादाहरुलाई चिन्छ सोमले?
 
Posted on 11-22-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेस (hatterika) ब्रो आँsssच ब्रो पनि, यो अमेरिकन थ्याङ्सगिभिङ हो हौ अन्त क्यानेडामा बिदा दिँदैन नि त हौ। बिचरि सान्स :)
 
Posted on 11-22-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त आजका दिनसम्म, अँझ भनौं भने अहिले पनि, निशब्रो र पुन्टेदाइलाई एउटै मान्छेका दुइटा नाम भन्नी सोचिरा' (क्या त, न्वारनको नाम र एसएलसीको सर्टिफिकेटको नाम जस्तै)!! लौ!! फेल खायो केरे !!!

ठुली मेरो घर पश्चिम तिरै हो! पश्चिम दुई नम्मर भन्चन्। उहिले जन्त गएको नियात्राबाट पनि अनुमान लगायौ कि भन्नी सोच्या थिएँ। खैर बिर्सिसक्यो होला है!! कति पहिलेको कुरा!
तर, पोखरामा चैं १ दशक जति स्कूले जीवन बिता' हो। नमेदाइ र म एकै ठाममा १२ कक्षा पास गरेका हुम्।

निश सोम्, लेक साइडका दादाहरुसँग व्यक्तिगत परिचय त छैन! तर, तिनका करामतका ब्याख्या चैं यी कानमा परिराख्याथे। भोजे, साहिंला हरु चैं महादेवभक्तहरु हुन् क्यारे!!! अरु त थाहा छैन। लेकसाइडका २-४ जनासँग चैं राम्रै परिचय छ भनम् न (दादाहरुसँग हैन)!!
 
Posted on 11-22-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त आजका दिनसम्म, अँझ भनौं भने अहिले पनि, निशब्रो र पुन्टेदाइलाई एउटै मान्छेका दुइटा नाम भन्नी सोचिरा' (क्या त, न्वारनको नाम र एसएलसीको सर्टिफिकेटको नाम जस्तै)!! लौ!! फेल खायो केरे !!!

ठुली मेरो घर पश्चिम तिरै हो! पश्चिम दुई नम्मर भन्चन्।

लौ मैले पनि कपी/पेस्ट ठोक्दें मलाई मिल्ने जति
 
Posted on 11-22-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन यो निस् नया मान्छे भन्य त सप्पै थापो रेछ त। :P:P
 
Posted on 11-22-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिका, अहिले बसिबसाउ कता परो?

लौ यता त साह्रै रात भैसको। अब सयन गर्नुपर्ने भयो। यसचोटिको चौतारीमा भक्कु पोस्टिङ् गरियो। यसपालिको पुरस्कार त मेरै हातमा पर्च क्यारे!!! :)
 
Posted on 11-22-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब अहिले बसोबास त यतै अम्रीका तिर हो, सुकला हुने बेला भो रे, ल ल भक्कु सपना देख्ने होला नि त

त्यहि भन्या सान्नानी, यो निश नयाँ मान्छे जम्मै था छ, पून्टे दाईले नि हैन भने, को परेछ हौ?
 
Posted on 11-22-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पश्चिम कता हो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters