[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 140567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 03-11-06 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
खण्ड ३३

भर्खरै एसएलसी सकिएको भए पनि म निकै नै ब्यस्त थिँए, घरकै कामहरुमा। दिनहरु वित्दै जाँदा स्कुलको झझल्को पनि घट्दै गयो। स्कुले साथीहरुसंग हुँदाका दिनहरुका सम्झनाहरु पनि विस्तारै दृष्यबाट टाढा हुन थाले। एसएलसी बेलामा उत्कर्समा पुगेको पढाई पनि नौलोनौलो लाग्दै गयो। सुरुका एकदुई हप्तासम्म सधैँ आँखामा नाचिरहने मञ्जुको अनुहार पनि धुमिल-धुमिल हुँदै गयो। पूरै त के हराउँथ्यो र, तर पनि पहिलेपहिलेको जस्तो छ्याङ्ग चाहिँ रहेन। खाईलाग्दो उमेर थियो मेरो। १५/१६ बर्षे लक्का जवान पनि भैसकेको थिएँ, लाठेले गर्ने काम पनि गर्न सक्ने। घरका परिश्रम पर्ने कामहरु भए पनि पढाईको टेन्सनबाट छुट्कारा पाएकोले मेरो ज्यान पनि बन्दै गयो। मोटो र अग्लो हुँदै गएँ। घरको सम्पूर्ण कामहरु आमाछोरा मिलेर गर्न थाल्यौँ। बुवाको मृत्यु पश्चात् आमाले पहिलो पटक नै काममा पालो पाउनु भयो।

फाल्गनुचैत्रमा आफ्नै बारीमा फलेका आलु खनेर ओखल्ढुंगा हाट लगेर बेचेँ। एकदुई पैसा पनि भयो। त्यहि पैसा लिएर कटारी गएँ, नुनतेल ल्याएँ। कसैसँग पैसा माग्नु पनि परेन। त्यो बर्ष म चारपटक कटारी गएँ। पाँच पाथी नुन र एक टिन मट्टितेल सजीलै ल्याउँथे, एक खेपमा। करीवकरीव दुईबर्ष जतिलाई पुग्ने भो, नुनतेल पनि। आलुबारी तथा बाँझा पाखोहरुमा मकै छरिउँ आमाछोरा भएर। म आफैँले हलि काम गरेँ। पर्म गरेर हलि खोज्नु परेन। आमाले चोया काटिदिनु हुन्थ्यो, म डोका बन्थेँ। आमा मल उठाएर डोकामा हालिदिनु हुन्थ्यो, म बोकेर बारीमा पु-याउँथे। म जोत्थेँ, आमा मकै रोप्नु हुन्थ्यो। आमा थांग्रा गाड्ने डोब खन्दिनु हुन्थ्यो, म बन गएर थांग्रा ल्याँउथे। दुबै मिलेर थांग्रा गाड्थेउँ; बर्खामा स्कुस, काँक्रो, करेलो फलाउनलाई। आमा कोप्चे खोल्सामा गएर पानी ल्याउनु हुन्थ्यो, म बन गएर दाउरा खोजेर ल्याउँथे। बर्खायाममा लडेका पाखो बारीका छेउहरु कति बर्षदेखि गारो लगाउन नभ्याईकन त्यसै बग्रेल्ति थिए। आमाले ढुंगा जम्मा परिदिनु हुन्थ्यो, म गारो लगाउँथे। दिनभरि कामसकेर बेलुका रुख चढेर म घाँस झार्थेँ गाईबस्तुलाई, आमा टिपेर जम्मा पार्नु हुन्थ्यो। घर फर्केर मीठोमसिनु पकाएर खान्थेम्, दुखसुखका गफ गर्थेम्। कहिले बिगत फर्केर बितेर जानु भएका परिवारको सम्झना गर्थेउँ त कहिले भोली के गर्ने होला भनेर योजना बनाउँथिउँ। कहिलेकाहिँ मञ्जु र मञ्जुको परिवार पनि आउँथे, गफमा।

हाम्रो घरको पछाडि पट्टिको गारो पैँतालिस सालको भुकम्पले लडेर भत्केको थियो। गाँउका ठूलाबडा भनाउँदाले अलिअलि चर्केको मात्र देखाएर पनि सरकारबाट पैसा ल्याएर खाए। हाम्रो घर त्यत्रो लड्दा पनि हामीले चाहिँ केहि सहुलियत पनि पाएनौ। जति नै अनुरोध गर्दा पनि केहि लागेन। त्यतिखेर कामचलाउ मात्र बनाएर पुरपार पारेको ठाँउ फेरी लडेको थियो, गएको बर्खाको पानीले भिजेर। आमाले त्यहि भत्केर लडेको ठाँउमा सुकेको खरको भारीले थुनेर काम चलाउनु भएको थियो। छानो पुरै निकालेर त्यो ठाउँमा पनि राम्रोसँग गारो लगाएँ। नयाँ खरले छानो पनि छाएँ। साँगुरो थियो आँगन, गारो लगाएर अलिक फराकिलो बनाएँ। बर्खामा गाईबस्तु बाँध्ने कटेरो बनाएँ, घरै अगाडि। हाम्रो घर कति राम्रो भयो अब त, चिटिक्क परेको! हिउँदमा सुकेपनि बर्षायाममा निकै पानी हुन्थ्यो, कोप्चे खोल्सामा। करिव चारपाँचसय मिटरको दुरीमा भएपनि बिचको चालिसपचास मिटर जति चाहिँ भिर पर्थ्यो। सोचेँ 'त्यो खोल्साको पानी ल्याउन सक्यो भने पाखोबारीलाई यसो सम्याएर एकदुई सुर्का भएपनि धान रोप्न पाए, दशैँतिहारमा धान खोज्दै गाँउ चाहर्नु पर्ने थिएन'। हाम्रो मात्र बारी पर्थ्यो त्यो खोल्साको पानीले भ्याउने। वरिपरी जंगलैजंगल थियो। अप्ठ्यारो ठाँउ जतिमा ढुंग्रेबाँसको डुँड बनाएँ, सजिलो जति ठाँउमा सानो कुलो खनेँ। असारमा धान रोप्नु अगाडि नै सानो पानी बारीसम्म ल्याईपु-याएँ। असार र साउन महिनामा स-साना तीनओटा सुर्का खेत बनाएर धान रोप्यौँ। हिमाली धान मात्र फल्थ्यो, तराईतिर हुने धान चाहिँ चिसोले फल्दैनथ्यो। यसपाली आफ्नै बारीमा धान रोप्दा दंग नपर्ने कुरै थिएन। साउन लाग्दा नलाग्दै सबै पाखोबारीमा कोदो पनि रोपिसकिउँ। यसपालीको बर्षामा हामीले नै पहिला कमाई लगाई सकेँउ अरुहरु भन्दा। भाईबैनिको पनि बर्षे बिदा भएपछि त काम छिट्टै सकियो।
क्रमश:
 
Posted on 03-11-06 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधैँजसो असारमा हुनुपर्ने एसएलसीको रीजल्ट यसपाली साउन लागिसक्ता पनि भएन। आज त हुन्छ होला, भोली त हुन्छ होला भन्दै पर्खँदै बसेँ। रीजल्ट नजीक आउँदै गर्दा अब माष्टरको जागिर कसरी खोज्ने भन्ने गफ पनि भए, आमाछोराका। म नै त्यो गाँउबाट पहिलोपटक एसएसली दिएको थिएँ। जिम्मल बुढाकोमा एउटा पूरानो रेडियो थियो। “रिजेल्ट भको कुरा रेडियोबाट भन्छ, मलाई भन्नु है बाजे, समाचार अलिक ध्यानदिएर सुन्नु!” जिम्मलबाजेलाई अनुरोध गरी राखेको थिएँ। दिनको एकपल्ट रीजल्ट भयो कि भनेर जिम्मल बाजेलाई सोध्न जान्थेँ। साउन महिनाभरि रिजल्टको केहि खबर आएन। ०४८ साल भदौ ५ गते बुधबार बिहानै भाईबैनी रामपुर पढ्न बस्नेगरी जाने भए। खोला ठूला भकाले मै आफैँ पु-याउन गएँ। खोलापारी पु-याएर म चाहीँ फर्किएँ, उनीहरु चाहिँ स्कुल गए।

बेलुका म घाँसको भारी लिएर फर्कँदा त भाईबैनी दुबै घरमै रहेछन्। पानीले भिजेर गह्रौँ भएको भारीलाई माथ्लो गराको डिलमा राखेर अररो मुन्टो यसो बटार्दै सोधेँ “के भयो, किन आका तिमेरु? स्कुल गएनौ कि क्या हो?”। बैनी मुसुमुसु हाँसीरहेकी थिई। “दाजु, एउटा खुशिको खबर छ, त्यहि भन्न आका हामी” बहिनीले कुरा लुकाउँदै मलाई आश्चार्यमा पारी। “के कुरा, छिटो भन् न?” मुखमा परेको बर्खे पानीलाई एउटा हातले पन्छाउँदै सोधेँ। पानीले भिजेर निथ्रुक्क भएको थिएँ, अझै पनि सिमसिम पानी परिरहेको थियो। “पहिला, भित्र आएर लुगा फेर्नुस्, अनि भनौला” बैनीले अझै पनि कुरा लुकाई। म भित्र आएर ओभाना लुगा फेर्दै सोधेँ “के खबर, ल भन्?”। “तपाईँ फष्ट डिभिजनमा पास हुनु भो रे। रामपुर स्कुलबाट तपाईँ मात्र रे फष्ट डिभिजनमा” बैनीले खुसिको खबर सुनाई। म त छक्क परेँ। “ए हो र, कहिले भएछ रीजल्ट? तँलाई कस्ले भन्यो? जिम्मल बाले मलाई केही पनि भनेनन् त?” मेरो मन धेरै खुसि भयो। आमा पनि कति खुसि हुनु भो मेरो खबर सुनेर। “जिम्मल बुढाले सुनेनन् कि बुझेनन्?” आमाले जिम्लब बुढाको बिश्वास नलागेको कुरा गर्नु भो! “धेरैदिन भैसको रे रीजल्ट भाको। जम्मा नौ जना पास रे। १ जना फष्ट डिभिजनमा, २ जना सेकेण्ड डिभिजनमा र बाँकी थर्ड डिभिजनमा” बैनीले सबै बेली बिस्तार लगाई “अनि दाजु, पर्सि शुक्रबार रामपुर स्कुल जानु रे तपाईँ, बेलुका घनश्यामसरको घरमा बस्ने गरी”। “कस्ले भनेको?” मैले जान्न चाहेँ। “हेडसरले स्कुल जानु भनेको, मञ्जु दिदीले उहाँको घरमा बस्ने गरेर जानु भनेको” बैनीले सिधै भनि। फेरी रामपुर स्कुलको सम्झना आयो, घनश्यामसरको परिवारकै सम्झना आयो, मञ्जु त छुट्ने कुरै थिएन। त्यो दिन बेलुका भरी निकै रमाईला कुराहरु गरेर बस्यौँ सबैजना। अब छिट्टै एउटा मास्टरको जागिर पाए, हामी पनि धनि हुने कल्पना गरेँ मनमनै मैले। "खै दश जना जतिको नाम चाहिँ भनेको थियो, मैले त तेरो नाम सुन्दै सुनिन" जिम्मल बुढा त रेडियोले मेरो नामै भन्छ भनेर पो सोचेछन्।

पर्सिपल्ट शुक्रबार बिहानै अरु बिद्यार्थी भन्दा अलिक पछिपछि स्कुल गएँ। स्कुलमा पढाई शुरु भैसकेको रहेछ। सरहरु पहिलो घण्टी पढाउन जानु भएछ। हेडसरमात्र हुँनुहुँदो रहेछ, अफिस कोठामा। बाहिर ढोकाको छेउमा गएर यसो भित्र हेरेँ। करीव ५ बर्ष अघि त्यसैगरी त्यहि ढोकाबाट नै हेरेको थिएँ, कक्षा ६ मा पैसा नभएर भर्ना हुन नसक्दा। तर यसपाली फरक थियो, पहिलेको जस्तो डर थिएन मनमा। राम्रै सर्ट लगाएको थिएँ, थोत्रो दौराको साटो। हातिछाप चप्पल लगाएको थिएँ, खालि खुट्टा थिएनन्। सानो फुच्चे थिईन, हट्टकट्टा जवान भैसकेको थिएँ। तर पनि अफिसभित्र सिधै पस्न अप्ठ्यारो लाग्यो। ढोकैबाट नमस्कार गरेँ। हेडसर सिटबाट जुरुक्क उठेर हातको ईसाराले भन्नु भो “ए ओम, तिमी! भित्रै आउन”। उहाँले नजीकैको सिटतिर देखाउँदै भन्नु भो “ओम, तिमीलाई बधाई छ। तिमीले हाम्रो स्कुलको ईज्ज्जत राखौ। हिँजो मार्कसिट पनि आईपुग्यो रे जिल्लामा, घनश्यामसर मार्कसिट लिन जानु भा छ आज जिल्लातिर। तिमी जिल्ला फष्ट भएका छौ भन्ने खबर आको छ, लगभग सत्तरी प्रतिशत जति आको छ रे। हाम्रो स्कुलबाट आजसम्म कसैले पनि त्यति नम्बर ल्याएका थिएनन्। जिशिअ सरले तिमीलाई एकपटक भेट्न बोलाउनु भा छ” उहाँ भित्रैदेखी खुशि हुनुहुन्थ्यो। उहाँले सकेसम्म काठमाण्डौ गएर अझ धेरै पढेर रामपुर स्कुल अनि जिल्लाको ईज्ज्जत राख्ने सल्लाह दिनु भयो। उहाँले तराईबाट काठमाण्डौ गएर पढ्दा आफूले गरेको दुखको पनि सबै बेलिबिस्तार लगाउनु भयो। बिहानभरी खाली पिरयडका सरहरु सँग गफ गर्दै बिताएँ। सरहरुले काठमाण्डौ गएर अरु धेरै पढ्ने र ठूलो मान्छे बन्ने सल्लाह दिनुभयो, शिक्षकको नाताले गर्नु पर्ने कर्तब्य पुरा गर्नु भयो। टिफिनटाईममा सबै सरहरुसँगै चियाखान नजिकैको पसलतिर गयौँ। म सरहरुसँगकै हुलमा थिएँ। ढोकाबाट निस्कने चौतारोमा मञ्जु बसिरहेकी रहिछन्, त्यहि चौतारोमा जहाँ पहिले पहिले पनि मञ्जु मलाई कुरेर बस्ने गर्थिन्। उनलाई देख्नासाथ म सरहरुबाट साईडलाग्दै मञ्जु बसेको ठाँउमा पुगेँ। मैले बोल्नु भन्दा अगाडि नै मञ्जुले भनिन् “ओम दाई, बधाई छ”। उनि कति खुशि थिईन् आज! खुशिले सिमा काटिसकेको थियो। अनुहार नै धप्धपि बलेको थियो। मानौ यो सफलता मैले नभएर उनि आफैँले पाएकी थिईन्। मैले पनि बधाई ग्रहण गर्दै सोधेँ “धन्यबाद है, के छ मञ्जु तिम्रो खबर? पढाई कस्तो चल्दैछ?”। “भरे घरमै धेरै गफ गरौँला, उ पर सरहरु तपाईँलाई कुरेर बसिरनु भा छ। भरे यहि चौतारोबाट सँगै जाने है हाम्रो घर” उनले सरहरुतिर औँल्याईन् "हुन्छ नि त। स्कुल छुटेर यहिँ बसिराख है त!” म सरहरुसँगै पसलतिर लागेँ।

बेलुका मञ्जु र म घनश्यामसरको घर पुग्दा घनश्यामसर ओखल्ढुंगाबाट आईपुग्नु नै भारैनछ। मञ्जुको ममीले खाजा बनाएर राख्नु भएको रहेछ, मलाई समेत। हामीलाई देख्ने बितिक्कै खाजा पस्कँदै भन्नु भो “ओम बाबु, मैले त तिम्रो राम्रो खबर सुने नि, हाम्री मञ्जुको पनि पालो आउनलाग्यो, यस्तै राम्रो गरे त हुन्थ्यो नि, कस्तो गर्छिन् खै!"। "ममी, मञ्जुको पढाई पनि राम्रो छ, फष्ट डिभिजनमै पास गर्छिन्" मैले भनेँ। "खै बाबु! त्यति मन दिएर पढेजस्तो लाग्दैन मलाई। हुन त किताब लिएर पढ्न त बस्छिन्, तर पनि टोलाएर खै के के कुरा खेलाउदैँ बस्छिन् जस्तो लाग्छ मलाई त। उनको बाबा पनि त्यस्तै कुरा गर्नु हुन्थ्यो" ममीले यस्ता कुरा गर्दा मञ्जुले पुलुक्क मेरो अनुहारमा हेरिन् र सिरियस भईन्। केहि पनि बोलिनन्। केहि बेरमा घनश्यामसर पनि मुसुमुसु हाँस्तै आईपुग्नु भो “ल ओम, तिमीले त कमाल गरेछौ। कस्तो राम्रो नम्बर आको छ सबै बिषयमा”। उहाँले मार्कसिट पनि देखाउनु भो। अंग्रेजीमा बाहेक अरु सबै बिषयहरुमा फष्ट डिभिजनको नम्बर आएछ। घनश्यामसरले पनि मलाई सकेसम्म काठमाण्डौ गएर पढ्ने सल्लाह दिनु भयो। त्यसदिनबाट मनमा अर्कै किसिमको कुरा खेल्न थाल्यो 'सबैले मलाई काठमाण्डौ गएर धेरै पढ्ने सल्लाह दिन्छन्, गएर दुख गरेर पढ्न सकिन्छ भने, जानु पो पर्छ कि क्या हो!" भोलिपल्ट विहान भाईबैनीको डेरामा चुस्स निस्केर घर गएँ।
साझाल्याण्ड
फाल्गुन २६, २०६२
 
Posted on 03-11-06 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढिसके :) यस पटक रुन आएन बरु एस एल सी पास पछि गाँउमा गएर फूर्ति लगाको सम्झना आयो
 
Posted on 03-11-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस-मिजी,
सधैँ रुने गरेको थियो र मेरो यो कथा पढ्दा? मैले त नरोईकन लेख्छु त! :)
रुनुहुन्न के, २०-३० बर्षे खाईलाग्दो उमेरमा पनि रुयो भने कहिले हास्ने त?
हेहे
---
ओके
 
Posted on 03-11-06 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३० देखि ४० को उमेरमा नि?
:)
 
Posted on 03-11-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँशु आँशु हुन्न जीवन
हाँसो हाँसो हुन्न जीवन
कहिले आँशु कहिले हाँसो
... ...

 
Posted on 03-11-06 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३०-४० मा भा त हास्न गाह्रै पर्ला है! :)
"आँसु र हाँसो को संगम नै त हो जीवन" कि कसो दादागिरी?
 
Posted on 03-11-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाहि रुन्चेमात्रै छ भन्ठान्नु भाको ओमजी!
तपाइले उस रात सिरानि भिजेको बिर्सनु भो.......?:D
है दादा:)
 
Posted on 03-11-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे....मलाई केहि भन्नै आएन। म चुप लागें अब!
 
Posted on 03-11-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रात बिझायो, दिन बिझायो
कसको सम्झनाले बरै सिरानी भिजायो

रात बिझायो, दिन बिझायो
कसको सम्झनाले बरै सिरानी भिजायो
कसको सम्झनाले बरै सिरानी भिजायो
... ...

 
Posted on 03-12-06 4:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-15-06 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेजी, दुई चार दिन साझामा आउन पाएको थिइन कथा अघि बढेर पनि पछाडि पुगिसकेको रहिछ। फेरि अगाडि तानिदिएको छु, अघि बढाउनुहोस् है :)
 
Posted on 03-15-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॐ दाई, अब त तपाईं को किताबनै किनेर पढ्नु पर्‍यो । यो अलि अलि गरेर पढ्दा पढ्दा हैरान भए ।
प्रकाशन गर्ने तिर जोद दिनु पर्‍यो ॐ दाई ।
 
Posted on 03-16-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Om ji,

maile ta shuru dekhi nai padhadai aaeki chhu tapaiko katha. nadhati bahnnu parda ma sadhai 2-3 wata tissue paper liera baschhu tapaiko sangarshako katha padhana. kaile dukhako aashu ani kahile khusiko aashu aaihaalchha, yo last post ma chahi khusiko aashu aayo malai. tapaiko parishram ko kati mitho fal paaunubahyo hai..
yaslai pustak ko roop chahi dinai parchha hai Omji.

Pretty
 
Posted on 03-16-06 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OM Ji,

Your story is simply amazing. The only thing I do not like about it is that I cannot read the complete story at one time. I wish you all the success in your career and in your artistic talent. I am desperately waiting for the day when this story will be published in the form of book. Good luck Om Ji.
 
Posted on 03-16-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला ।

I wanna know why you guys broke up!!! hope the next episodes would clarify more!!!
Thanks!!!
ps. Om dai, is it really your true story???
 
Posted on 03-16-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok, jee your manju story is really wonderful and looking farward to read more. Don't forget to think about making it a book. I am sure that I will buy a copy of it. Keep it up!!!!!!!!!
 
Posted on 03-16-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Ok,

Mero aakha golveda jasto raato vayo ani suniyo pani, ma sanga vayako tissue paper pani sidiyo, mero cube ma aayara mero colleagues haru le " are you alright" vanera pani sode, ani maile yasari nai kaam ma tapai ko katha pade vane, fire pani hunchu hola tara pani kehi chaina, ma ta addict nai vaya ko chu... aru chitai lekhnus hai..

tapai ko lekhai yakdam sundar cha,
 
Posted on 03-16-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Malai pani maaf gara hai :)
 
Posted on 03-16-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चमेली जस्तै म पनि अडिक्टेड् भएछु थाहैनपाई !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters