[VIEWED 140568
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-22-05 2:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिलो धागो: http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060 साथीहरु, सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु। प्यारा पाठकहरु, बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ? धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला। ------ ओके
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-22-05 2:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड २० मेरो घरमा गएर फर्केपछि एकाएक मञ्जुको चालचलनमा परिबर्तन आयो। मञ्जु ज्यादा नै सिरियस हुँदै गईन्। पहिले पहिलेको जिद्दि र लाडेपनको त नामोनिशान रहेन। सायद मञ्जुले मेरो गाँउ र उनको गाँउमा तुलना गरिन् होला, मेरो घर र उनको घरमा धेरै नै फरकहरु भेटिन् होला, अनि मेरा गाउँका छोरीहरु र उनी आफ्नै बिचमा पनि त निक्कै नै ठूलो खाडल देखिन् होला नि। भनेको सुनेर भन्दा आफ्नै आँखाले देखेपछि वा प्रत्यक्ष अनुभब गरेपछि मात्र मानिसलाई सत्यता माथी पूर्णविश्बास र संबेदनशिलतामा गहनतम् परिवर्तन ल्याउँदो रहेछ क्यारे, साँच्चै नै मञ्जुका अघि र पछिका फरकहरु आकाश र जमीन जस्तै फरक भए। म पनि उनको जीवनमा हुने संभावित परिबर्तनबारे पूर्ण रूपमा त अनबिज्ञ थिईन तरपनि यति ठूलो परिमाणको फरकपना चाहिँ मेरो कल्पना भन्दा बाहिरको कुरा थियो। मञ्जु मेरो घरमा जाने कुराले नै मेरो मनमा एक किसिमको असहजपन भित्रीसकेको थियो, जस्ले मञ्जुको जीवनमा मात्र नभएर मेरो जीवनमा पनि त असर पार्न सक्थ्यो। म छि: छि: र दुर्दुरको शिकार पनि हुन सक्थेँ र संघर्षपूर्ण मेरो जीवनले गरेको अथक प्रयास सम्मानको भागिदार पनि त हुन सक्थ्यो। दुबै संभावना बराबरी नै थिए, अझ भन्ने नै हो भने शताब्दिऔँ देखी सामन्ति कुसंस्कारमा जकडिएको हाम्रो असमानता उन्मुख समाजमा धनि र गरीव बिचको खाडललाई झन् फराकिलो पार्न पहिलो संभावना नै प्रवल थियो। तर मञ्जुले दोस्रो बाटो रोजिन् र पहिलो बाटोलाई सम्पूर्ण रुपले तिलाञ्जली दिईन्। सायद मञ्जुको यो ब्यबहार नै मेरो हृदयले उनलाई आजसम्म देखाएको निष्कपट प्रेम र उच्च सम्मानको कारक हो, जुन मेरो आत्मामा सदासदाका लागि अमर भएर रहिरहनेछ। २०४५ साल पौषबाट म पनि ८ कक्षा पास गरेर ९ कक्षामा गएँ। भाईबैनि पनि ५ कक्षा पास गरेर शिबदुति प्रा.बि.को पढाई पुरा गरे। अब फेरी मेरो घर यथास्थितिबादमा चल्न नसक्ने भयो। पौषको अन्तिमसाता भरि "अब भाईबैनीलाई पढाउनेकी नपढाउने? अरु गाँउलेले जस्तै भाईलाई मात्र पढाएर बैनीको स्कुल छुटाईदिने कि? भाईलाई मात्र पनि कसरी पढाउने, काहाँ राखेर पढाउने?" आदि ईत्यादि कुराहरुमा धेरै छलफल गरेउँ आमा छोराले। भाई बैनी पनि सँगै थिए, टुलुटुलु हेर्दै । हाम्रो निर्णयमा आसाका नजर दुगुराउनु बाहेक उनिहरुले के नै गर्न सक्थे र? तर पनि उनिहरुको अनुहारले पढ्ने ईच्छालाई राम्रैसँग झल्काईरहेको थियो। हाम्रा दैनिकरुपमा हुने गफले भाई र बैनीको भबिश्यको रेखा कोर्न सकेनन्। दुबैलाई स्कुल पढाउन त संभबनै देखिएन। भाईबहिनीको बारेमा सोच्नु पर्ने मैले हो । तर पनि म आफैँ अर्काको घरमा बसेर पढेको छु। भाईबैनी पढाईमा तेति टाठा नभकाले मेरो जसरी अर्काको घरमा बसेर पढ्न पनि संभब थिएन, स्कुलमा फिस मिना हुने कुरा पनि थिएन। क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-22-05 2:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२०४५ सालको माघमा सुरु भको शैक्षिकसत्रको पहिलो हप्ता भाइबहिनी दुबै स्कुल गएनन्। म मात्र स्कुल गएँ। मन भने गह्रौँ भइरह्यो। "आज भाईबैनिको स्कुल छुटाएर आफूले मात्र पढ्दा भोली उनिहरुको भबिश्य के हुने? मलाई उनिहरुले पछि कस्तो रुपले हेर्लान्? हुन्न, जसरी भे पनि पढाउनु पर्छ। मैले केहि न केहि उपाय त निकाल्नै पर्छ" भन्ने सोचाई घुमिरहन्थ्यो। गत २ बर्षभरी मेरो अनुहारमा छाएको खुशि र मञ्जुको घरले मलाई दिएको अबसर भाईबैनीलाई पढाउन नसकेर आत्मग्लानीले फिका हुँदै गयो। संभाबित उपायहरुको सोचाईमा नै मेरा रातहरु छर्लंग बित्न थाले फेरी। "ओम दाई, किन तपाईँ आजकाल पहिलेको जस्तो हँसिलो-खुसिलो हुनुहुन्न? के भयो ओम दाई?" स्कुल सुरु भएको तेस्रो दिन स्कुलबाट फर्केर उनको खाटमा आफ्नो झोलालाई फ्यात्त फ्याँक्दै मञ्जुले सोधिन्। "के भको छ र? म त पहिलेको जस्तै छु नि" केहि पनि नभएको जस्तो गरी कुरा टार्न खोजेँ। "हैन तपाईलाई केहि भको छ, भन्नुस् न के भो? कि बाबा/ममीले केहि नराम्रो भन्नु भा हो?" उनले कारणहरु अनुमान गर्न खोजिन्। हतार-हतार "के भनेको त्यस्तो? त्यस्तो पनि सोच्ने हो? घनश्यामसर र तिम्रो ममीले कहिल्यै पनि नराम्रो कुरा गर्नु हुन्न। उहाँहरु त मेरो अभिभाबक हो। जन्मदिने बाबाले सानैमा छोडेर गए पनि घनश्यामसरले मेरो लागि बाबाको रोल खेल्नु भा छ। तिम्रो ममीले मलाई आफ्नै छोरा जस्तै ब्यबहार गर्नु भा छ, अनि तिमीले आफ्नै दाजु जस्तो। रगतको नातामा हाम्री हजारौँ कोष टाढा भएपनि भावनात्मक नातामा म तिम्रो घरसँग चाहे पनि छुट्टिन नसक्ने गरि टाँसिएको छु। मञ्जु! मेरो यो तिम्रो घरसँग टाढा रहनसक्ने सामर्थ्य मसँग छैन। मेरो जीवनको सम्पूर्ण रथ नै तिम्रो घरमा अडिएको छ। त्यस्ता कुरा नगर है अबदेखि जस्ले मलाई यो सम्पूर्ण अबसरबाट बञ्चित् गरोस्" भनेर मञ्जुसँग रिसाएँ। "अनि के भाको त?" उनको प्रश्न निरन्तर दोहोरिरह्यो। मैले टार्न कोशिष गरिरहेँ। उनले मानिनन् । उनले साँच्चै नि सिरियस हुँदै भनिन् "ओमदाई एउटा कुरा भन्छु नरिसाउनुस् है!" । "भन न म रिसाउदिन। के कुरा भन्न खोजेको?" मेरो उत्सुकता बढ्यो। "दाई, तपाईँलाई मैले पहिलो पटक चिनेको ३ बर्ष बित्न लाग्यो। हामी सँगै बसेर पढेको पनि २ बर्ष भैसक्यो। थोरबहुत तपाईँलाई चिने जस्तो लाग्छ, तर पनि तपाईँ आफ्ना मनका सबैकुराहरु मसँग भन्न किन हिच्किचाउनु हुन्छ? तपाईँले पहिले पनि तपाईँका घरका कुरा सबै हामीलाई भन्नु भएन। यदि ताराले नभनेको भए, सायद हामीले कहिले पनि थाहा पाउने थिएनौ होला। तपाईँको घर गएपछि साँच्चै नै भन्ने हो भने मैले तपाईको अबश्थालाई राम्रोसँग अबलोकन गर्न पाएँ, यथार्थतालाई बुझ्ने मौका पाएँ, बास्तबमा जीबन कस्तो पनि हुँदो रहेछ भन्ने जान्न पाएँ। तरपनि धेरै कुराहरु त अझै बुझ्न बाँकी नै छन्। तर... तर दु:खको कुरा तपाई कहिल्यै पनि मलाई बिश्बास गर्नु हुन्न। कहिले पनि मनका कुरा भन्नु हुन्न।" मञ्जु धेरै नै सिरियस थिईन्। "मञ्जु, त्यस्तो केहि हैन। यसो सानोतिनो घरको कुरा हो। म भोलीको टिफिन टाईममा स्कुलमा भन्छु है त तर तिमीले घनश्यामसर र ममीलाई नभन है!" मैले उनको चित्त बुझाएँ। तर पनि सकेसम्म मञ्जुलाई केहि कुरा पनि भन्नु नपा हुन्थ्यो भन्ने लागिरह्यो। कति आफ्ना घरका समस्याहरु मात्र भनेर मञ्जुको घरले मलाई गरेको सहयोगको उपेक्षा गर्नु भन्ने मनमा लागिरहन्थ्यो। साझाल्यान्ड, ७ श्रावण, २०६२
|
|
|
ruina
Please log in to subscribe to ruina's postings.
Posted on 07-22-05 3:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
manab
Please log in to subscribe to manab's postings.
Posted on 07-22-05 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Your each positing is so captivating and the language brialliant. It brings tears in my eyes everytime i read it and it is really really touching. You should really go for printing the book and also promoting it so that all the youth of the city like Kathmandu can read and relate to their village friend. Your story clearly shows the gap and the need for reconciliation. thanks for the effort and keep posting
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 07-22-05 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-22-05 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे भगवान, ओके दाइलाई चिन्ता माथि चिन्ता, कैलेई नछाड्ने भो। अहिले पनि कुनै न कुनै चिन्ताले सताएकै छ होला नि। पैले भाइलाई शिवदुतिमा पठाउने चिन्ता, हेर्दै जानुस, १८-२० बर्ष पछि छोरालाई MIT मा पठाउने चिन्ता हुन्छ। धन्य छ प्रभो, तिम्रो लिला। :) -भउते
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 07-22-05 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा हँसायो भउतेले, तर हो यार जिन्दगी यहि गाँडो चिजको नाम हो । के गर्ने !
|
|
|
gurungni
Please log in to subscribe to gurungni's postings.
Posted on 07-22-05 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ok, is that you first post. i am kind of confuse here. because i have seen so many thread on "manju malai maaf gara" ma. i know you provided the the lik for the first thread. Still i am not sure which on is the begining of your thread. plz, make me clear. so i can read your story from the begining. It sounds pretty instresting and also it brings back my own old memories. Super!!!!!!! Bravo!!!!!!!!! and wish good luck and don't stop keep continuning.
|
|
|
SojhoKTo
Please log in to subscribe to SojhoKTo's postings.
Posted on 07-22-05 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kina Manju lai maaf garne..gardina ma ta
|
|
|
sweetP
Please log in to subscribe to sweetP's postings.
Posted on 07-22-05 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good to see OK back. I finished reading the first thread in one afternoon and have been inquiring to some people if they have seen the 2nd thread. Now I understand that OK just started it. Your stories and writing style is awesome. Waiting for more...
|
|
|
BIJAYS
Please log in to subscribe to BIJAYS's postings.
Posted on 07-22-05 4:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
what the hell is this?? it's sounds like whoever started this thread is out of his mind,...,, all i have to say to my only XGF is go to hell,,,
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-22-05 10:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरुङनीजी, यो धागोको सुरुमा दिएको लिंक नै पहिलो धागो हो र यो धागो दोस्रो। पहिलो धागोको सुरुमा "मेरो भन्नु:" बाट सुरु गरेको छ अनि खण्ड खण्ड गरेर पहिलो धागोमा १९ खण्डहरु छन्। अन्य कुराहरु पनि समाबेश छन् पहिलो धागोमा, तर मैले एउटा खण्डलाई एकैपटक पेष्ट गर्न नमिलेर "क्रमश:" ले जोडेको छु ताकी कन्फ्यूज नहोस् भनेर। हौसलाको लागि धन्यबाद । रुईना बुईनी, वेलकम ब्याक है। लङ टाईम नो सी ! दादा, (अर्कै धागोबाट है!) शनिबार पनि जानु पर्ने कस्तो अफिस हो त्यो? कि ओभरटाईमको पैसाले तानेको हो? मानबजी, धन्यबाद छ है, हौसलाको लागि। म निरन्तर कोषिष गरिरहने छु। भउतेजी, मेरो धागो पढ्दा लाग्ने पीर तपाईँको धागो पढेपछि सब बिर्सिन्छ, बरु एकै समयमा पेष्ट गर्दा राम्रो होला कि? यसो छलफल गरौँ न र सँगसँगै राखौँ दुबै धागोहरुलाई। छोरोको MIT को कुरा चाहिँ धेरै पछि र टाढा छ, तेतिखेर सम्म के हुन्छ के? पण्डितजी, भउतेको कामै हसाउने हो। उहाँको धागो २।३ पटक दोहो-याएर पढ्यो भने बरिपरिका मान्छेले मेन्टल हस्पिटलमा फोन गर्लान् भन्ने पीर हुन्छ। सोझोकेटोजी, तपाईँ त साच्चै सोझै हुनुहुन्छ कि क्या हो? "रे क्या!-दादाबाट सापट लिएको शब्द) स्विटपिजी, स्विट त थाहा भो, यो "पी" को चाहिँ अर्थ थाहा पाउन पाए हुने हो। तपाईका हौसलाहरु तपाई जस्तै साँच्चै "स्विट" छन्। बिजयज्जी, थ्यांक्यु फोर योर कमेन्ट इन दिज थ्रेड। ----- ओके
|
|
|
sweetP
Please log in to subscribe to sweetP's postings.
Posted on 07-23-05 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK JI, sweetP bhaneko "sweet pea" ho ni. matar kosa. Euta kura sodhum? Tapaiko yo series tapaiko shreemati le padhnuhuncha? How does she react to it? sweetP
|
|
|
Pauna
Please log in to subscribe to Pauna's postings.
Posted on 07-25-05 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ोके जि, नासा लागायो कथाले। ाब कुरन गारो भयो है।
|
|
|
u_day
Please log in to subscribe to u_day's postings.
Posted on 07-25-05 7:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 07-25-05 7:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
padher sakeko 6aina, sake pachhi feedback diula yo chelo ko tarfa bata
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-25-05 9:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्विटपीजी, धन्यबाद है! नामको परिभाषा फुकाउनु भाकोमा। तपाईँको 'मेरी श्रीमतीले मेरो कथा पढ्नुहुन्छ कि पढ्नु हुन्न?' भन्ने प्रश्नको उत्तर दिन चाहिँ म सजिलै दिन्छुः पढ्नुहुन्छ, एक शब्द पनि नछोडि। तर तपाईँजस्तै, यहि साझाबाट मात्र, पहिलो पटक। तर 'कस्तो प्रतिकृया हुन्छ?" भन्ने कुरा चाहिँ अर्कै धागो शुरु गरेर कथै लेख्ने की भन्ने बिचार पो आयो मेरो मनमा त। तर जे होस् समयचक्रमा मैले यो साँच्चैनै छाप्ने भएँ भने चाहिँ मेरी श्रीमतीबाट नै विमोचन गराउने सुर छ। के गर्नु मञ्जुले मान्दिनन् होला बिमोचन समारोहमा आउन? पाउनाजी, ल तपाईँ मेरो नयाँ पाउना नै हो। तपाईँलाई स्बागत छ मेरो धागोमा। यु-डेजी, मेरो त फोनको लाईन नै काटियो। तपाईँसँग पो जोडिन्छ कि? यसो हालखबर मलाई रिले गर्नुस् है! ईश्बरजी, मेरो कथा पढेर कमेन्ट गर्ने मानिस त मेरालागि साँच्चै नै ईश्बर हुन्। ल बरु छिटै पाउँ है कमेन्टका चाङहरु। ----- ओके
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-25-05 9:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड २१ स्कुलमा १ बजेको घन्टी पनि लाग्यो। सबै साथीहरु खेल्नतिर लागे, मञ्जु र म स्कुल पछाडिको बरको चौतारातिर गयौँ। चौताराबाट संग्लो र कञ्चन मोलुङ खोला प्रष्टै देखिन्थ्यो। मञ्जुले एउटा गोरखा बिस्कुटको पुरिया किनेर झोलामा राखेकि रहिछिन्। दुबैले बिस्कुट खाँदै कुरा गर्न लागिउँ। "मञ्जु, अब तिमीबाट छुपेको कुरा मेरो केहि छैन। तिमीले थाहा पाकै छौ, हाम्रो घरको अबस्था। यसपाली भाई र बैनीले पनि ५ कक्षा पास गरे। अब रामपुरमा पढाउनु पर्ने हो, तर पनि हामीले पढाउन नसक्ने भयौँ। कस्तो कस्तो नराम्रो लागि रा छ।" मेरा कुरा सुनेर मञ्जु पनि सोच्न लागिन्। केहि उपाय निकाल्न पाए हुन्थ्यो भन्ने कुरा गरिन् उनले पनि। "तर पनि घनश्यामसरलाई चाहीँ नभन है, कति दु:ख दिनु। बरु तिमीलाई केहि आईडिया छ भने मलाई भन" मेरो कुरामा मञ्जुले पनि स्विकृति जनाईन्, घरमा चाहिँ कुरा नगर्ने भनेर। दिनहरु बित्दै जाँदा हाम्रो मित्रताले पनि नयाँ उचाई लिँदै गयो। हुँदा हुँदा मञ्जु पनि उनको मनमा लागेका कुरा उनको बाबा/ममीलाई भन्दा पहिले मलाई सोध्न थालिन्। म पनि जुनसुकै कुरा पनि सर्बप्रथम उनलाई भन्थेँ, अनिमात्र अरुलाई। थाहा छैन, घरयासी ब्याबहारिक बन्धनमा बाँधिएको म र एक असल परिवारकी सुकोमल छोरी मञ्जुको बिचको यो घनिष्टता कुन रुपमा अगाडि बढ्ने हो र काँहा सम्म पुग्ने हो? थाहा छैन, मेरो यो दुखिया सन्सारमा मञ्जुलाई पनि समाबेश गरेर मैले पाप गरेँ कि धर्म? थाहा छैन, मेरो यो मेरो पारिबारीक गरीबी र समस्याहरुमा मञ्जुको सहभागिता हुनु ठीक थियो कि थिएन? यो पनि थाहा छैन कि, एक शिक्षित र सुशिल परिबारमा हुर्किएकी कल्कलाउँदी छोरीले अभाब र पीडाले जर्जर रुपमा छट्पटाई रहेको मेरो घरसँग नजीकिएर ठीक गरिरहेकि थिईन् कि गलत? सायद उनी आफैँलाई पनि थाहा थिएन होला। तर, मञ्जुले मलाई धेरै कुरामा साथ दिँदै गईन्। दिन प्रति दिन मसँग झन् झन् नजिक हुँदै गईन् । मेरो लागि त पीडा सुनिदिने मान्छे पाउनु भनेको नि ठूलो कुरा थियो। मैले उनको हाँसोलाई मेरो पीडासँग साटेर साँच्चै नै ठूलो गल्ति गरिराछु जस्तो पनि लाग्थ्यो, कहिले काहीँ त मनमा। हामीले खोजेका कुनै पनि बिकल्पहरुले समस्याको निकास दिन सकेनन्। दिनहरु बिते, हप्ताहरु बिते, अनि महिनाहरु पनि बित्दै गए। तर, भाई र बैनीको लागि स्कुलको ढोका खुलेन। भाईलाई बाख्रा हेर्नु र बहिनीलाई गाउँका ठूलाबढाकोमा गएर मुठ्ठी/माना कमाएर जीबिकोपार्जन् गर्नु नै जीवन बन्यो। घरमा आमाले त पालो पाउनु भयो कामको मामिलामा, तर पनि भाई र बैनीको पढ्ने पालो आउने छाँटकाँट कतै देखिएन। आमाको सबै छोराछोरीलाई पढाउने चाहनाले सार्थकता पाएन। जब शुक्रबार आउँथ्यो, मेरो घरमा भाई बैनीको "बिचारा" अनुहार हेरेर आफूलाई 'केहि पनि गर्न नसक्ने नामर्द' भन्ने भावनाले दिनदिनै गलाउँथ्यो। क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-25-05 9:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब त शुक्रबार पनि कहिल्यै नआइदिए हुन्थ्यो भन्ने लाग्न थालिसक्यो। म त शुक्रबार देखि नै डराउन थालिसकेँछु। न त मलाई आमाले 'केहि उपाय निकालिस् त छोरा' भनेर सोध्नु हुन्थ्यो, न त भाई र बैनीले नै 'हामी पनि पढ्ने' भनेर गुनासो गर्थे। सबै चुपचाप बस्थे। काहिँ कतै बाट कुरा निस्कियो भने पनि अन्तै मोड्थे, ताकी त्यो कुरालाई सजीलै बिर्सियोस्। सबैलाई बास्तबिकताको राम्रो ज्ञान थियो। बास्तबिकताका अगाडि चाहनाहरुको कुनै मुल्य हुन्न भन्ने कुरासँग सबैको राम्रैसँग परिचय थियो। तर पनि, चाहनाहरु पुरा गर्न हरसंभव उपायहरुको खोजी गर्न कोषिष त गर्नै प-र्यो नि! असफलताकै भुँवरीमा पनि मञ्जु र मैले संभावित उपायहरुको खोजी गर्न चाहिँ कहिल्यै छोडेनौ। २०४६ सालको दशैँको बिदा पछि कक्षा १० मा पढ्ने ४/५ जना जति बिद्यार्थीहरु मञ्जु र म घर आईपुगेको केहिबेर पछि घनश्यामसरको घरमा आए। देखादेख भएका केटाहरु भए पनि कसैको पनि नाम चाहीँ थाहा थिएन मलाई। घनश्यामसर स्कुलबाट फर्कीसक्नु भा थिएन। मञ्जु र म खाजा खाईसकेर बाहिरको खाटमा आज गर्नु पर्ने होमओर्कबारे यसो गफगाफ गर्दै थिईउँ। "घनश्यामसर हुनुहुन्छ घरमा?" ति केटाहरु मध्ये एउटाले सोध्यो। मञ्जुले "बाबा त स्कुलबाट फर्किनु भा छैन, किन होला भनेर?" भनेर कारण बुझ्न खोजिन्। "सरसँग भेट्नु पर्ने, उहाँसँग नै कुरा गर्छौँ" बनेर कारण बताएनन्। "ल त्यसो भए यता खाटतिर आएर बस्तै गर" भनेर हामी छेउ तिर सरिउँ। एकछिन पछि घनश्यामसर पनि आउनु भो। उनीहरु आउनै लागेको एस.एल.सी. परीक्षाको तयारीको लागि गणित बिषयको ट्युशन पढ्न भनेर आएका रहेछन्। घनश्यामसरले ट्युशन पढाउन मान्नु भएन। "नजानेको केहि छ भने मलाई जहिले आएर सोध्दा पनि हुन्छ, म ट्युशन चाहिँ पढाउँदिन। स्कुलमा पढाएका बेला ध्यान दिँदैनौ, अनि अहिले अनाहकमा पैसा खेर फाल्न आँउछौ। म कसैलाई पनि कहिल्यै ट्युशन पढाउँदिन" भनेर उहाँ त केटाहरुसँग नै रिसाउँदै पल्लाघर तिर लाग्नु भो। बिचारा केटाहरु निलाकाला भए। कति आस लिएर आएका थिए होलान् बिचाराहरु? क्रमशः
|
|