म एक काम गरेर खाने नेपालि।
न मेरो कुनै राजनैतिक सम्लग्नता छ न कुनै झुकाव ।
न म धनि वा सम्पन्न परिवारमा जन्मेको नै हुँ।
न मेरो परिवारले कुनै राजनैतिक वा प्रशासनिक जिम्मेवारि लिएको छ।
न मैले छुवाछुतलाई नै प्राथमिकता दिने गर्दछु ।
म त समयले जता दौडायो, उतै दौडिने मानिस ।
म त समानतामा विस्वास गर्ने व्याक्ति ।
तराइ पहाड, हिमाल, पुर्व, पस्चिम, हिन्दु बौद्ध सबै थरिका साथिसँग मिलेर बसेको मान्छे
म त विशुद्ध शिक्षामा विस्वास गर्ने मान्छे।
तर, किन आजकल म लाइ सिकार बनाइँदै छ?
मेरा जातका मानिस हरुले नराम्रा काम गरे होलान, काठमाडौ बाट ।
तर किन म माथि, मेरो जात माथि नै कालो-मोसो दलिँदै छ?
किन मेरो व्यक्तिगत स्वतन्त्रतालाइ कुन्ठित पारिँदै छ?
मैले आजसम्म कसैलाइ सिक्षाबाट बन्चित गर्ने प्रयास गरिन।
बरु उल्टै प्रोत्साहन दिएँ।
तर किन मेरो प्रोत्साहन नबुझेर बेलायति आर्मिमा जाने ले म माथि आरोप लगाउँदै छ?
सिक्षा क्षेत्रमा लाग्ने मेरो बाजेको, बुबाको र मेरो ब्याक्तिगत इच्छा थियो ।
स्वदेशमै बस्ने, गाउँकै सेवा गर्ने हाम्रो मनसाय थियो ।
त्यहि अनुरुप आज पनि चलेकै छ, हाम्रो परिवार ।
तर किन पढ्ने बेलामा विदेश भाषिनेले हामीलाई दोष दिँदै छ?
अवसर त सदुपयोग गरे मात्र अनुभुत हुन्छ ।
समान आर्थिक, अवसर, जागरुकता र प्रोत्साहन हुँदा पनि कुनै जातका मानिस कुनै एक पेशामा एकिक्रित हुनु मा कस्को दोष?
मेरो? किन? कसरि?
जिम्माल को छोराले ब्रिटिस आर्मि रोज्यो, मुखियाको छोराले शिक्षण पेशा ।
को सोसक, को सोसित?
मेरो इच्छा हो, कसैलाइ हानि नहोस, मलाइ ब्राह्मणी बिहे गर्न मन लाग्यो।