जातीय विद्धेश हैन सद्भावको वीज छरौं
शिव प्रकाश
बोष्टन, अमेरिका, फेव्रुअरी १०
मधेस आज आन्दोलित हैन आतङ्कित छ । देश जाग्नु पर्नेमा आज जागिरहेको हैन जलिरहेको छ । आन्दोलन र आतङ्कमा फरक छ । जागरण र जलनमा त झनै जमीनआकाशको फरक छ । संक्रमणको यो घडीमा पुनर्निमाणका लागि देश जागरणले आन्दोलित हुनुको साटो आततायी आतङ्का फेरि फसिरहरेछ । बिडम्वना ! बिडम्वना !! बिडम्वना !!!
महात्मा गांधीले आन्दोलन गरेका थिए । निशस्त्र रुपले निर्विकल्प रहेर परम उदेश्यकासाथ गरेको उनको आन्दोलनमा न हतियार थियो न हत्या ! न िहंसा थियो न कुनै मारकाट ! न कुनै स्वार्थ थियो न भारतीय स्वाभिमानमाथि प्रश्न ! न सच्चाई र निष्ठाप्रति झिनो शंका ! जसले गर्दा त्यत्रो पुरानो एउटा अंग्रेज उपनिवेश उखेलियो । भारत स्वतन्त्र भयो । अखण्ड भारतका नामले एउटा महाराष्ट्रको रुपमा स्थापित भयो महात्मा गांधीको निशस्त्र आन्दोलन ले ! तसर्थ शान्तिभित्र सबै कुरा सम्भव छ । सद्भावभित्र नै सबै कुरा अटाउन सकिन्छ ।
हामी महात्मा गांधीका अनुयायी हौं । हामी शान्तिकामी हौं । हामी अहिंसावादी हौं । हामी सच्चाइका पूजारी हौं । हामी निष्ठाका प्रतिपालक हौं । हामी निश्वार्थताका उपमा हौं । अनि शान्तिका अग्रदूत गौतम बुद्धका शिष्य पनि हौ हामी । तर गौतम बुद्ध आँखा अगडि हामी किन आज फेरि आफ्नै भाइबन्धुको हत्या गरिरेका छौ ? वन्धुत्वमथि किन धावा बोलिरहेका छौ ? के का लगि कुन रुप र कुन प्रारुपको आन्दोलन हो, यो जसमा मारकाट हत्यािहंसा र आगजनी छ ! हामी महात्मा गांधीका अनुपम उपमाहरुको अनुशरण गर्न विचलित भइरकहेका छौं
अधिकारका लागि कर्तब्य बिस्रनु हुँदैन । कर्तब्यको परिपालना बिनाको अधिकारको लडाइँ अधिकारका लागि हुन सक्दैन । त्यो मात्र अस्थिरताको लागि हुन सक्छ । वैमनस्यताको लागि हुन सक्छ । शान्ति, सद्भाव, सौहार्दता र वन्धुत्व तथा मानवीयताका विरुद्ध दानवीय युद्धमात्र हुन सक्छ । त्यसैलाई भनिन्छ आतङ्क ! कर्तब्यको पूर्णपरिपालना सहितको लडाइँलाई मात्र आन्दोलन भन्न सकिन्छ । जसमा शान्ति र सहिष्णुतालाई सर्वोपरी मानिन्छ । जुन भारतका राष्ट्रपिता तथा शान्ति र सौहाद्रताका हाम्रा प्रेरणेता महात्मा गांधीले अपनाएका थिए । जसबाट भारत स्वतन्त्र गराएका थिए । आज मेधिसी अधिकारका नाउँमा गरिएको आन्दोलनमा यो पक्ष किन मृत छ के मधेसका जनतालाई शान्ति चाहिएको छैन । अवश्य चाहिएको छ । तर एउता निहित स्वार्थि तत्वले त्यो हुन दिइराखेको छैन र आन्दोलनका नाउँमा मधेसका जनतालाई मधेसीका नाउँले कर्तब्यबाट च्यूत गराएर मूलुकमा अशान्ति र अराजकता फैलाइरहेछ । अराजकता फैलाएर त्यही प्रतिगामी अस्थिरतावादी तत्वले अझै परोक्ष राज गरिरहेको प्रतीत भइरेको छ । अनि त्यही तत्व मधेसका जनतालाई िकंतर्तब्यबिमुड िहंस्रक आन्दोलनमा फसाएर मान्छेको मृत्युमा रमाइहरेछ । थाह छैन मधेसका जनताले कहिले बुझ्ने हुन् यो कुरा ! अनि कहिले सुझ्ने हो यो सत्य यो तथ्य ! मान्छेको बाँच्न पाउने अधिकारको सम्मान सबैले गर्नु पर्छ । आन्दोलनको अर्थ आतङ्क होइन भन्ने कुरालाई सम्वन्धित सबै पक्षले सधैं बुझ्नु पर्छ ।
अर्को महत्वपूर्ण कुरा गम्भीर भएर सोचौं, के हो मधेस भनेको ? के हो मधेसी भनेको ? हामी आफैंमा आफैंलाई किन आफैंले बिभाजित गरिहेका छौं, भाषा र भाषीमा जात र जातीमा अनि बास र बसोबासीका नाममा ! नेपालभित्र जसलाई जहाँ अनुकुल हुन्छ त्यो त्यहाँ बस्छ । सम्पूर्ण नेपालीका लगि सम्पूर्ण नेपाल एउटै हो । एउटा नेपालीका लागि मेचीदेखि महाकाली अनि तराईदेखि हिमालसम्म एउटै हो नेपाल ! हाम्रो एउटै परिचय हो नेपाली ! केको मधेस र मधेसी ! केको पहाड र पहाडी ! म मधेसमा बस्छु म मधिसे कि पहाडे ? रामलखन दास र उसको परिवार पहाडमा बस्छन् उ पहाडे कि मधिसे ? रामबहादुर किँराती मधेसमा बस्छ र उसको दाजु तिलकराम किँराती पहाडमा बस्छ । दुई दाजुभाइ को मधिसे को पहाडी ? म प्रश्न गर्न चाहन्छु तिनीहरुलाई जो मधिसे र पहाडेका नाउँमा देशमा अशान्ति र अस्थिरता फैलाइहेका छन् । हाम्रो परापूर्वकालदेखिको सौहार्दतामा आज विखण्डन ल्याइरहेकाछन् ! हाम्रो सामाजिक सद्भावलाई छताछुल्ल बनाएर बिग्रह मच्चाउन खोजिरहेकाछन् । लाग्छ अस्थिरताको गुरु योजनाभित्र अपरिभाषित स्वतन्त्रताको खोजी भइरहेको छ । आन्दोलनको नाउँमा र बिखण्डनवादको बिरुवा रोपिदैंछ आफैंमा एउटा सानो मुलुकमा !
हामी सबैभन्दा पहिला नेपाली हौ । त्यो चाहे रामलखन दास होस् वा रामबहादुर किराँती होस् वा रामप्रसाद शर्मा होस् ! ती तिनै सगरमाथाको देश नेपाल जो कंचन छवि र छायाँ बोकेको छ त्यसका वरदपुत्र हुन् । चन्द्रसूर्य अंकित त्यो रक्तिम झण्डाका पूजारी हुन् । ति तिनैको कर्तब्य नयाँ नेपालको सृजना हो । जातित्व विद्धेष होइन भातृत्वको भावना फैलाउनु हो । दूरत्व र वैमनश्यता हैन एकताको फूल फुलाउनु हो । विध्वंसको बाटो हैन नवनिर्माणको सृजनशील पथ सृजना गर्नु हो । आपसमा बिग्रह विचलन हैन विश्वास र सद्भावको सद्मी छर्नु हो । त्यसैले आज नेपाली नेपालीमाझ भावनाको दीप बाल्नु छ अनि भातृत्वको पूजन गर्नु छ । सधैं शान्ति र सद्भवा कायम गर्नु छ ।
मेरो परिभाषामा तराई भनेको नेपाल हो । पहाड भनेको नेपाल हो । हिमाल भनेको नेपाल हो । रामालखन, रामबहादुर र रामप्रसाद सबै नेपाली हुन् । न कोही पहाडी हो न कोही मधेसी हो । सबै नेपाली हौं, सबै नेपाली भएर बाँचौं, सबै नेपाली भएर बसौं सबै नेपाली भएर नयाँ नेपालको निर्माण गरौं र सबै नेपाली भएरै मरौं । यो सानो हिमाली मुलुकमा शान्ति र सद्भाव अभाव कहिल्यै हुन नदिउँ । धन्यवाद !