साझा डट कमले मलाई २००६ को साझा वर्ष पुरुष घोषणा गरेकोमा म साझा परिवार र साझा प्रयोगकर्ता सबैप्रति हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
यसका साथै जीवनमा सधैं राम्रो कुरा सोचौ सभ्यता र संस्कारलाई आफ्नो अमूल्य गहना सोचौं ।
मैले अगाडि पनि भन्दै आएको थिए - गोलमालको विषयमा ! सृजना आफैंमा एउटा सुन्दर उपहार हो । अरुहरु धेरै स्रष्टाले जस्तै अर्को एउटा उपहार शिव प्रकाश पनि नेपाली भाषा र साहित्यलाई दिएका छन् । परदेशको यो ब्यस्त ठाउँमा बसेर सृजनाका लागि साधनारत रहन सक्नु आफैंमा झन महत्वपूर्ण छ । मैले गोलमाललाई महत्व दिनुको अर्थ अन्य केही नभएर म त्यसको एक समीक्षक हुनु मात्र हो । त्यही समीक्षकको नाताले गोलमालबाट यहाँ अर्को कविता प्रस्तुत गर्ने अनुमति चाहन्छु । अन्त्यमा तपाइँको पहिलो परिचय भनेको तपाइँको बोली र भाषा हो । सभ्य भाषा सधैं सुरम्य र मननीय पनि हुन्छ । धन्यवाद
"जब् लेटर"
शिव प्रकाश
सर्वप्रथम
"आइ कम नेपाल फ्रमू"
अंग्रेजी मूला पटटट् पड्काइ दिन्छु
यसमा तल्कुरे न बर्धन्ने
यस्ता नाथे भाषा सिधै भटटट् भट्याइ दिन्छु ।
हुटेलमा पाँच वर्ष घुँडा धसी
बटुलेको अनुभवलाई ठूलै मान्या छु
कलेजको डिग्री भन्दा
मेरो डिग्रीलाई मैले खाँटी ठान्या छु ।
हुटेलमा ग्राहकका सामुन्ने म
बोको हाँसे जस्तो ङिच्च हाँसी दिन्छु
पछिल्तिर परेपिछ
त्यसका बाउलाइ गार्खे मुड्की उज्याउँछ
लाप्प लुप्प खाइ हिड्ने
कष्टुमरलाई धेरै धेरै धन्यवाद दिन्छु
ट्वाक तानी ढिला गर्ने
बजियालाई काउछो लगाइ दिन्छु ।
हुटेलमा "बीजी" हुन थाल्यो भने
भुँडी छामी टट्टी लाग्यो भन्छु
बाथरुम भित्र छिरेपिछ
धेरै हैन पौने घण्टा मात्र लाउँछु ।
हाँडा-भाँडा नमस्काएरै
चाँदी जस्तो टलक्क टल्काइ दिन्छु
नटल्किए ती ठाँडालाई
गार्वेज तिर सिधै मिल्काइ दिन्छ ।
टेबुल-कुर्सी दायाँ-बायाँ
उल्टो-सुल्टो ट्याक्कै मिलाइ दिन्छु
नमिलेर खुल्टुङ्-खुल्टङु् गर् यो भने
त्यसका खुट्टा मरक्कै मर्काइ दिन्छु ।
पिलेट बोक्नेदेखि लिएर
सिलेट घोट्नेसम्म साह्रै सिपालु छु ।
नागा-बुङ्गासंग पड्किए नि
तरुनीका लागि म साह्रै कृपालु छु ।
छिटो छरितो काम गर्छु
टाक्क-टुक्क ठ्याक्कै मिलाइ दिन्छु
मै हुँ भनि फूल्नेको म
धोती, हावा दुबै फुस्काइ दिन्छु ।
गर्नेभन्दा गराउने ठूलो भन्ने
मूलमन्त्र सँधै खोपडीमा राख्छु
मैले मेनेजरी गर्न पाएँ भने
केही दिनमै रेष्टुरेण्टलाई पूरै खोल्मा बनाइ दिन्छु ।
"जब् लटेर" हेर्नुहोस् मरो
गुनैगुनको खानी हुँ म अवगुन छ यौटा
एउटै छ पोर्बोलेम मेरो
हरके साँझ रित्याउँछु कम्तिमा दूइटा घैटा ।
मे १७ २००५ बोष्टन अमेरिका