[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GIRJE MURDABAD!
[VIEWED 5737 TIMES]
SAVE! for ease of future access.
Posted on 08-21-05 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree totally with this article in Nepal.



आवरण/विश्लेषण

कोइरालाको सक्कली अनुहार



रूसोले आत्मकथा कन्फेसन्स मा भनेका छन्, "इतिहासलाई कार्पेटमुनि लुकाएर न कोही नायक बन्न सक्छ, न बनाइन सक्छ ।" इतिहासका सबै खत माफ गरेर एकथरी क्षमाशील वाम र प्रजातन्त्रवादीहरूले बलजफ्ती लोकतान्त्रिक आन्दोलनको 'नयाँ गणेशमान' बनाउन चाहेका गिरिजाप्रसाद कोइरालाले फेरि एकपटक यसलाई सही प्रमाणित गर्नुभएको छ, आफ्नै पार्टीका नरहरि आचार्य र गगन थापालाई दरबारिया भनेर ।

कोइरालाले आफ्नै रथका घोडामाथि तोप दागेको यो पहिलोपटक होइन । २०४६ सालपछिको उहाँको इतिहास यति विद्रुप छ कि त्यसलाई न्याय गर्न निकै कम विम्ब मात्र उपलब्ध छन् । वास्तवमा उहाँ इतिहासको यस्तो तामसिक र मूढ पात्र हुनुहुन्छ, जो कहिल्यै आत्मसमीक्षा गर्दैन । सधैँ असुरक्षा महसुस गर्छ र प्रत्येक स्वतन्त्र छविमाथि धावा बोल्छ । सधैँ आस्था होइन, घृणाको राजनीति गर्छ र मित्र होइन, शत्रुको रचनामा अभ्यस्त छ ।

उहाँले सधैँ सत्ताको राजनीति गर्नुभयो । सत्ताको राजनीतिमा न नैतिकताको अर्थ हुन्छ, न त वैचारिकताको । त्यसैले कोइराला सत्ताको संवाहक होइन, सत्ताको रखैलमा परिणत हुनुभयो । सिंहदरबारबाट बढारिएर रत्नपार्कको एउटा कुनामा बटुवाहरूको गाली सुन्दै मलिन मुद्रामा अनसन बस्ने हैसियतमा आइपुग्दा पनि कोइरालाभित्र कति विष र बेइमानी बाँकी छ, यस प्रकरणले देखाएको छ ।

कोइराला समर्थन माग्नुहुन्न, खोस्नुहुन्छ । उहाँ पार्टीको धारणा बोल्नुहुन्न, उहाँ बोलेपछि पार्टीले त्यसलाई धारणा बनाउनुपर्छ । उहाँ छलफल गर्नुहुन्न, निर्णय सुनाउनुहुन्छ । उहाँ प्रस्ताव गर्नुहुन्न, हुकुम दिनुहुन्छ । एउटा तानाशाहका सबै गुण उहाँमा छन् तर एउटा प्रजातन्त्रवादीका कुनै गुण उहाँमा छैनन् । कोइराला परिवार काङ्ग्रेसको शाही परिवार हो । मुलुकमा गणतन्त्र आउला तर कोइरालाले सक्दासम्म काङ्ग्रेसमा गणतन्त्र आउँदैन ।

०४७ सालपछि कोइरालाको राजनीतिक जीवन मूढता, प्रतिशोध, छल र अन्तर्घातका असङ्ख्य कथाहरूले भरिपूर्ण छ । ०४६ चैत २७ मै 'यो जित पञ्चको पनि हो' भनेर पहिल्यै उहाँले दण्डहीनताको बाटो खोलिदिनुभयो । संविधान निर्माणकालमै दरबार होइन, पार्टीभित्रका विरोधी र कम्युनिस्टहरूलाई आक्रमणको पहिलो निसाना बनाएर उहाँले आन्दोलनकारीहरूबीच फुट र घृणा निम्त्याउनुभयो । कालान्तरमा त्यस घृणाले प्रतिगमनलाई मलजल गर्?यो । पहिलो आमनिर्वाचनमै आफ्नै पार्टी सभापति एवम् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अन्तर्घात गरेर उहाँले जनमत होइन, षड्यन्त्रको राजनीतिलाई संस्थागत गर्नुभयो ।
 
Posted on 08-21-05 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'देश, सुशासन र प्रजातन्त्र' प्रधानमन्त्री कोइरालाको अति पि्रय थेगो थियो तर पाँचपटकसम्म प्रधानमन्त्री हुँदा पनि यी तीन कुरामा उहाँ कहिल्यै इमानदार रहनुभएन । बरु उहाँले सधैँ दरबारलाई संविधान मिच्न उक्साउनुभयो । अहिले अरूलाई 'रोयलिस्ट' भन्ने कोइराला आफैँले वामपन्थीहरूसँग संवादसम्म अस्वीकार गरेर, मल्लिक आयोगको प्रतिवेदन कार्यान्वयन नगरेर, राजदूतहरू र राष्ट्रियसभा सदस्यको मनोनयनमा राजाको दबाबलाई सहजै स्वीकारेर दरबारको महत्त्वाकाङ्क्षा क्रमशः बढाउँदै जानुभयो । जनता बलियो हुँदासम्म सेनालाई संसद् मातहत ल्याउन उहाँले कहिल्यै प्रयास गर्नुभएन, बरु त्यसलाई नारायणहिटीको पेवा मानेर दरबारको हात बलियो पार्नुभयो । संसद्को बीसौँ अधिवेशनमा राजा सम्बोधनका लागि प्रतिनिधिसभा गएका दिन त्यतिखेरका प्रधानमन्त्री एवम् रक्षामन्त्री कोइरालालाई सुरक्षाकर्मीले पाकेटमारलाई जस्तै खल्ती जाँच गरे तर कोइराला बोल्नुभएन । नारायणहिटी हत्याकाण्डपछि उहाँलाई सूचनासम्म दिइएन र एउटा कुनामा घण्टौँ राखेर अपमान गरियो तर उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन ।

भविष्य देख्न दूरदृष्टि चाहिन्छ र त्यसको साधनामा वर्तमानलाई बदल्न निकै ठूलो दृढता र योग्यता । कोइरालासँग यी तीनै कुरा थिएनन्, छैनन् । प्रजातन्त्रका लागि आवश्यक लचकता, सहिष्णुता र उदारताबाट उहाँ कोसौँ टाढा हुनुहुन्थ्यो, हुनुहुन्छ । कोइरालासँग न सडक थियो, न सङ्कल्प । न इमान थियो, न प्रतिबद्धता । टनकपुर प्रकरणमा उहाँले राष्ट्रघात गर्नुभयो र मुलुकलाई ढाँट्नुभयो । सङ्गठनभित्र फरक मतलाई व्यवस्थित गर्नुको साटो एक्लै शासन गर्न संसद् विघटन गर्नुभयो । आफ्नै दुई सांसद लुकाएर आफ्नै पार्टीका शेरबहादुर देउवाको सरकार ढलाएपछि आफ्नै सांसद किनबेच गर्ने विशिष्ट संस्कृति सुरु भयो । कोइरालाले कहिले भन्नुहुन्छ, ०५६ को चुनावी सरकारमा कमजोर मालेलाई छाडेर मुख्य प्रतिस्पर्धी एमालेलाई सत्तामा सामेल गर्नुपर्ने उहाँको बाध्यता के थियो ? त्यस सरकारमा दरबारबाट मनोनीत सांसद रमेशनाथ पाण्डेलाई उहाँले किन मन्त्री बनाउनुभयो ?

कोइरालाकै कम्युनिस्ट द्वेष र फासिस्ट शासनले माओवादी हिंसालाई उक्सायो र देशव्यापी बनायो । एमाले र अरू पार्टीले उहाँबाटै 'शासन' गर्न सिके र उहाँसँगै बदनाम भए । उहाँले पार्टीका भ्रातृसङ्गठनलाई कहिल्यै आत्मनिर्भर हुन दिनुभएन । काङ्ग्रेसको खातामा कहिल्यै एक रुपियाँ जम्मा भएन । आय र व्ययको विवरण कहिल्यै राखिएन । कोइरालाले ठीक त्यसरी नै पार्टी र देश चलाउनुभयो, जसरी पहिले चन्द्रशमशेर, जुद्धशमशेर र मोहनशमशेरहरूले चलाउँथे । अब वंशवृक्ष व्यवस्थित गरेर क्षमता र संस्कारहीन तर महत्त्वाकाङ्क्षी पुत्री सुजाता र परिवारका अरू सदस्यलाई उत्तराधिकार सुम्पेर उहाँ काङ्ग्रेसमा कोइराला शासन व्यवस्थित गर्न चाहनुहुन्छ । अहिले उहाँले काङ्ग्रेस एकीकरणलाई ठाडै निषेध गर्नुको एउटै कारण उत्तराधिकार सुरक्षित गर्नु हो ।
 
Posted on 08-21-05 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइराला संसदीय राजनीतिको सबैभन्दा ठूलो विडम्बना र त्रासदीको प्रतीक, अझ सबैभन्दा ठूलो प्रदूषक हुनुहुन्छ । ०४६ सालको जनआन्दोलनपछिको र्ऊवर क्षणलाई सर्वसत्तावादको जाँतोमा पिस्ने उहाँ नै हुनुहुन्थ्यो । मुलुकलाई आर्थिक रूपमा भ्रष्ट र दिशाहीन उदारीकरणतिर, सामाजिक रूपमा विभाजनतिर र सांस्कृतिक रूपमा भ्रष्टाचारतिर मिल्काउने श्रेय पनि उहाँलाई नै जान्छ । प्रजातन्त्रलाई तल्लो दर्जाको नेताशाही र प्रजातान्त्रिक प्रक्रियालाई कर्मकाण्ड सावित गरेर कोइरालाले ०४६ सालको जनआन्दोलनपछिको प्रजातान्त्रिक आवेगलाई विराट मोहभङ्गमा परिणत गरिदिनुभयो ।

उहाँले गणेशमान सिंहलाई पहिले बदनाम गर्नुभयो र पछि किनारा लगाउनुभयो । कोइरालाले वाचाहरूलाई जुसझैँ पिउनुभयो । ०५३ सालमा देउवालाई संसदीय दलको नेताबाट राजीनामा गर्न लगाउँदा उहाँलाई पार्टी सभापति बनाइदिने कागज नै गरिदिनुभएको थियो । पार्टी फुट्दा रामचन्द्र पौडेललाई नेतृत्व सुम्पने वाचा गर्नुभएको थियो । आफ्ना नाममा तेस्रो आमनिर्वाचन नजितिने भएपछि उहाँले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर बहुमत हासिल गर्नुभयो तर जसका नाममा चुनाव लडियो, त्यसैलाई सय दिन नपुग्दै सत्ताबाट हटाउन अभियान सुरु गर्नुभयो । प|mान्सको भ्रमण गरेर र्फकन्छु र राजीनामा दिन्छु भनेर भट्टराईले आँसु झार्नुभयो तर कोइरालासँग त्यति पनि धैर्य थिएन । ०५८ साउन ४ गते प्रधानमन्त्रीका रूपमा अन्तिमपटक राजीनामा दिँदासम्म उहाँ यति बदनाम भइसक्नुभएको थियो कि बाढी, पहिरो र अरू प्राकृतिक विपत्तिलाई समेत जनता कोइराला शासनमा हुनुको अपसगुन मान्थे ।

कोइरालाले भरत गुरुङ, जगत गौचन र डीबी लामालाई चोख्याउनुभयो । वीरेन्द्र कनौडिया र नारायणसिंह पुनलाई सत्तामा ल्याउनुभयो । उहाँले काङ्ग्रेसलाई न पार्टी रहन दिनुभयो, न आन्दोलन । बरु सत्ताको औजारमा परिणत गरिदिनुभयो । कोइराला युग एउटा घाउ हो, जहाँबाट अझै आलो रगत बगिरहेको छ । त्यो केवल इतिहास होइन बरु दुःस्वप्न हो, यस्तो दुःस्वप्न जसले अहिले राजाको तानाशाहीलाई नकारात्मक ऊर्जा दिइरहेको छ । कोइराला परिवारले मुलुकलाई दुई हातले दुह्यो र राष्ट्रको धमनीमा भ्रष्टाचारको कालो रगत भरियो । 'कहिल्यै पछि फर्केर नहेर्ने' कोइरालाले देशलाई पछि फर्केर हेर्न केही बाँकी राख्नुभएन । त्यही कालखण्डको त्रासद् सम्झनाले अहिले जनतालाई सडकमा आउनबाट रोकिरहेको छ ।

कोइरालालाई आफ्नै अतीतले लखेटिरहेको छ । शाही आयोग र अख्तियार लाउडा र धमिजाकाण्डका पाप सुँघिरहेका छन् । त्यसैले कोइरालालाई राजाको तानाशाहीभन्दा भ्रष्टाचारले लखेटिरहेको छ । संवैधानिक राजतन्त्र काङ्ग्रेसको आदर्श होइन, सम्झौता हो । सम्झौताहरू समीकरणसँगै बदलिन्छन् भन्ने तथ्य कोइरालाको जानकारीमा नभएको होइन । सायद उनी गगन र नरहरिको बलि चढाएर सफाइ चाहन्छन् । यति अभिशप्त र सन्त्रस्त पात्रलाई आन्दोलनको अगुवा बनाएर कोही लोकतन्त्रमा पुग्न चाहन्छ भने हाँस्न मात्र सकिन्छ ।
 
Posted on 08-21-05 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please have something better to share with besides all these political allegations and rumors.
Fed up of all these crappy political threads.


We know what Girija is made of.
It is easier to find negatives of popular political figure like Girija.

I totally disagree with the article.....
Ban on rumors....A crock of a shit....article
 
Posted on 08-21-05 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

we are free to disagree. Anyone is also welcome to post articles about his positive sides, if there is any.
 
Posted on 08-21-05 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma Pani Bhanchu, Girija Muradaabad
 
Posted on 08-22-05 6:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In view of the high number of postings related to Girija and his deeds, i believe that a new section (similar to Sajha guild, for exmaple) should be allocated to posts related to the 3-time-premier-looking-4-the-4th
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
TPS advance parole Travel document i-131, Class of Admission ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters