[VIEWED 16050
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
salokya
Please log in to subscribe to salokya's postings.
Posted on 06-12-05 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैंकको ऋण नतिरेर कालोसूचिमा पर्नुभएका मन्त्रीपरिषदका उपाध्यक्ष डा. तुलसी गिरीले उपाध्यक्ष पदबाट राजिनामा दिने कुनै सोच नभएको बताउनुभएको छ। नैतिकताको आधारमा राजिनामा दिने कि भन्ने पत्रकारहरुको जिज्ञासामा गिरीले,'बैंकले जानकारी नै नदिई किन राजिनामा दिने' भन्ने प्रतिपश्न गर्नुभयो। गिरीले थप्नुभयो, 'राजिनामा त पहिले देखि नै माग्दै आएका हुन्, उनीहरुलाई राजिनामा माग्ने छुट सधै छ, तर अहिले राजिनामा दिने त प्रश्नै उठ्दैन।' हिजो प्रकाशित कान्तिपुर दैनिकका अनुसार, मन्त्रीपरिषदका उपाध्यक्ष डा. गिरीले नेपाल बैंक लिमिटेडबाट २०४२ सालमा हिमालया प्लास्टिक उद्योग संचालनका लागि लिनुभएको ऋण अहिलेसम्म नतिरकाले बैंकले उहाँलाई कालो सूचिमा राखेको छ। कालो सूचिमा राखेका ऋणीहरुलाई सरकारी निकायमा नराख्ने तथा र्सार्वजनिक वहिष्कार गर्ने नीति सरकारले बनाएका कारण डा. तलसी गिरीले नैतिकको आधारमा राजिनामा दिनु पर्ने माग विभिन्न राजनीतिक दलका नेता तथा वुद्धिजिविहरुले गरेका छन्।
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Sursab
Please log in to subscribe to Sursab's postings.
Posted on 06-13-05 2:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्रीमतीसहित नातेदार सूचीमा - डा. गिरीमात्र होइन, पत्नीसहित नातेदार ऋण नतिरेकाले कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् । गिरीकी कान्छी पत्नी सहारा, भतिजा सुबोध र नातेदार सुसमन्ताले जनरल इलेक्ट्रोनिक्स प्रालिको नाममा नेपाल बैंकबाट लिएको ४१ लाख् २६ हजार रुपैयाँ नतिरेकाले कालोसूचीमा परेका हुन् । यो २०५७ माघ १७ मा केन्द्रले कालोसूची नम्बर १३८२ मा राखेको हो । उनीहरूले २०३७ जेठमा बिनाधितो ऋण लिएका थिए । समयमा भुक्तानी नगरेकामा बैंकले अल्टिमेटम दिँदै २०४१ वैशाखमा १५ दिनभित्र कर्जा चुक्ता गर्न पत्र पठाएको थियो । पत्र डा. गिरीको ठेगानामार्फत पठाइएको थियो । पत्रमा ऋणीको नाम र ठेगानामा माननीय पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी, किरण भवन, सानेपा, ललितपुर उल्लेख छ । त्यो कर्जा भुक्तानीको म्याद नाघेकाले अन्तिम ताकेता पत्र भएको उल्लेख छ । बैंकले उक्त कर्जाबारे छानबिन भइरहेको जनाएको छ । (From: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42713) Giri jue.......aaba ta buda yek dadu pani ma dubera mar....... talai mora, aasati, haija le lana nasakeko......chaure buda.
|
|
|
Bhrasta_Netaa
Please log in to subscribe to Bhrasta_Netaa's postings.
Posted on 06-13-05 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Why not Maoist take care of him really well ?
|
|
|
mahakaal
Please log in to subscribe to mahakaal's postings.
Posted on 06-13-05 9:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
what a comment? why not maoist take care of him ? hahahahah smart guys
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 06-13-05 10:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42860 डा. गिरीको (अ) नैतिक शिक्षा बाइरोडको बाटोमा गुणराज लुइँटेल - 'इमानदारी जीवनको सबैभन्दा ठूलो सम्पत्ति र सफलता हो । बेइमानी, धुत्र्याइँ, भ्रष्टाचार र दुराचारले क्षणिक उपलब्धि र आनन्द मिल्न सक्छ । ढिलो-चाँडो पापको फल भोग्नैपर्छ- आफू उम्किहाले छोरानातिले पनि । त्यसैले असल बनौं- आफू र आफ्ना सन्ततिलाई जोखिममा नपारौं ।' यो कुनै महावाणी होइन । यो केवल राजाको अध्यक्षतामा गठित मन्त्रिपरिषद्का वरिष्ठ उपाध्यक्ष डा. तुलसी गिरीले बैंकको ऋण नबुझाएर 'कालोसूची' मा परेको समाचार सार्वजनिक भएको दुई दिनपछि सरकारी मुखपत्रमा छापिएको एउटा सानो विज्ञापनमात्र हो । सरकारले यस्तो सूचनात्मक विज्ञापन कसका निम्ति छपाएको हो त्यो प्रष्ट छैन । इमानदार शासनमा बस्नेले पनि हुनुपर्छ कि जनताले मात्र ? बैंकको ऋण तिर्ने, खुरुखुरु महिनैपिच्छे बिजुली- टेलिफोनको महसुल बुझाउने, राज्यले तोकिदिएको घरजग्गा, सवारी र अन्य कर तिर्ने काम के सर्वसाधारण जनताको मात्रै हो ? सडकको नियम, ट्राफिक लाइटको पालना, सरकारले तोकिदिएका ठाउँमा मात्र जुलुस गर्ने र जस्तोसुकै काम नलाग्ने सरकार भए पनि त्यसलाई टाउकोमा बोकेर हिँड्नुपर्ने दायित्व के जनताको काँधमा मात्र छ ? ०४६ सालको जन-आन्दोलनले सबैलाई संविधानभित्र राख्न खोजेको हो तर संविधानका प्रावधान कमजोर भएका कारण डा. गिरीहरू मुलुकको संविधानभन्दा माथि पुगेका छन् । किनभने यो जनता हारेको बेला हो । जनताले सधैँ हार्दैनन् । हारेका बेलामा भने डा. गिरीहरूजस्ता बैंकको ऋण नतिर्ने शासकहरूलाई व्यहोर्नु पर्छ । जब जनता जाग्छ, फेरि यिनीहरू देश छोडेर भाग्छन् । जनता भने जस्तोसुकै दुःखमा पनि देशमै बसिरहन्छ । डा. तुलसी गिरी नाम मात्र होइन । यो इतिहासको एउटा त्रासद प्रवृत्ति पनि हो । त्यसकारण यस्तो प्रवृत्तिले राज्यको कुनै कानुन पालना गर्नुपर्दैन । कालो सूचीमा पारे पनि उसलाई औपचारिक जानकारी दिनुपर्छ । यो प्रवृत्तिको चालामाला देख्दा लाग्छ- बैंकले उसलाई चाँदीको किस्तीमा राखेर मुद्राहरू ग्रहण गरिदिन आग्रह गरेको थियो । र उसले त्यो लिएर चलाइदिएको थियो । अहिले त्यो तिर्नुपर्ने हो भन्ने कुरा उसलाई लागेकै छैन । 'बैंकले केही लेखेरै दिएको छैन' उसले भनेको छ- 'उसले केही देओस् तब न भनूँ ।' त्यो निरीह बैंकले गिरीजस्ता शक्तिशालीलाई के भनोस् ? सार्वजनिकरूपमा मात्रै उनलाई यो लिएको छैन भन्न गाह्रो भएको हो । यसै पनि डा. गिरी आफ्नो स्वार्थ अनुकूल धारणाहरू परिवर्तन गर्न सिपालु छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राजनीतिमा अगाडि बढाएका गिरीले आफ्नो स्वार्थका लागि कसरी धोका दिए भन्ने इतिहास बुझ्नेका निम्ति गिरीको यो चाल बुझ्न त्यति गाह्रो छैन । २० वर्षअघि उनले त्यो ऋण नेपालमै बसौंला, कुनै उद्यम गरेर फेरि फर्काउँला भनेर लिएकै थिएनन् । नेपालबाट विदेश जानुअघि उनले त्यो रकम लिएका थिए र फेरि राजनीति गर्न फर्काैंला भन्नेसमेत उनले बिर्सिसकेका थिए । उनी नेपालबाट धर्म, राष्ट्रियता, देशभक्ति सबै छोडेर श्रीलंकाको कोलम्बोमा पुगेका थिए । जहाँ उनी क्रिस्चियन धर्मअनुसार 'यहोवाका साक्षी' बनेका थिए । भिसाका कारणले त्यहाँ बस्न असम्भव भएपछि उनी मद्रासको लोनावाला र त्यसपछि बेंगलोरमा स्थायीरूपमा बस्न थालेका थिए । दुई दशकसम्म उनले आफ्नो धार्मिक समुदायलाई अराजनीतिक छवि प्रस्तुत गर्दै रहेकोमा एकाएक उनी उपाध्यक्ष बन्न हिँडेपछि त्यो समुदायसमेत धोकामा परेको थियो । फागुन ३ गते उनी उपाध्यक्ष बने । उनलाई बैंगलोरमा राम्ररी चिन्ने हिन्दुस्तान टाइम्सका संवाददाता श्रीनिवास प्रसादले फागुन ६ गते लेखेको समाचारमा भनिएको छ- 'गिरीको निर्णयले यस आन्दोलनका सहकर्मीलाई प्रष्टरूपमा दुःखी तुल्याएको छ ।' 'यहोवाको साथी' ले सधैँ विश्ववादको वकालत गर्छन्, तिनले राष्ट्रियता वा देशभक्तिलाई मान्दैनन् र राजनीति वा सत्तामा विश्वास गर्दैनन् । यस्तो समुदायमा सदस्य भइसकेको व्यक्ति एकाएक मुलुकको राजनीतिमा फर्केपछि त्यहाँ चिन्ता छाउनु स्वाभाविक हो । तर त्यो समुदायलाई समेत यी बैंकको ऋण नतिरी देशबाट भागेका थिए भन्ने के थाहा ? ती संवाददाताले आफ्नो समाचारमा राजदरबार हत्याकाण्डपछि गिरीले आफूलाई बताएका कुरासमेत उल्लेख गरेका छन् । उनले लेखेका छन्- 'गिरीले यो संवाददातासँग आफू कहिल्यै राजनीतिमा नर्फकने बताएका थिए । र उनले माओवादीलाई आतंककारी भन्नसमेत अस्वीकार गरेका थिए । तर अहिले भने माओवादीविरुद्ध कडा धारणा व्यक्त गर्न थालेका छन् ।' आजभन्दा २० वर्षअघिको नेपाललाई आधार मानेर हेर्दा त्यो बेला लिएको २० लाख रुपैयाँ ज्यादै धेरै हो । वास्तवमा उनलाई धर्मकर्म र ऐस-आरामको जिन्दगी गुजार्न त्यसैले मद्दत गरेको हो । बैंकको हिसाबले समेत त्यसको मूल्य १ करोड ७४ लाख पुग्नुले त्यसको उतिबेलाको मूल्य अहिले सहजै अनुमान गर्न सकिन्छ । आफ्नो जीविकाका लागि अहिले पनि मिर्गौला बेच्ने अवस्थामा रहेका जनताको शासक बनेर आएका गिरीलाई आफूले लिएको रकमको हेक्का हुने कुरा भएन । गरिबीको रेखामुनि रहेका ३१ प्रतिशत जनताले अहिले पनि वाषिर्क ६ हजार रुपैयाँभन्दा कम आम्दानीमा गुजारा गर्नुपर्छ । गरिब जनताको भाग्य र भविष्य निर्माण गर्छु भनेर आएका गिरीलाई बैंकको ऋण तिर्नुपर्छ भन्ने थाहा छैन र कालोसूचीमा परेपछि पनि सरकारमा बसिरहन लाज लाग्दैन भने जनताले पनि राज्यले तोकेको कर तिर्नैपर्छ कसरी भन्ने ? जनताले भोलि सार्वजनिकरूपमा यस्ता गैरजिम्मेवार व्यक्तिले चलाएको सरकारलाई कर तिर्न आवश्यक छैन भनेर सजिलै भन्नसक्ने अवस्था आउन केहीबेर लाग्नेछैन । डा. गिरीको यो चरित्र देखेपछि सरकारी मुखपत्रमा छापिएको उक्त विज्ञापनलाई सच्याएर यसरी छापे हुन्थ्यो भन्न मन लाग्छ - 'इमानदारी जीवनको सबैभन्दा निकृष्ट पक्ष र असफलता हो । बेइमानी, धुत्र्याइँ, भ्रष्टाचार र दुराचारले अनन्त उपलब्धि र आनन्द मिल्न सक्छ । कहिल्यै पापको फल भोग्नु पर्दैन- आफूपछि छोरानातिले पनि । त्यसैले असल नबनौं, इमानदार नबनौं- आफू र आफ्ना सन्ततिलाई जोखिममा नपारौं । श्री ५ को सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभाग'
gunaraj@kantipur.com.np
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 06-13-05 10:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42859 डा. गिरीको मनोवाद फरक मत कृष्णज्वाला देवकोटा (बालुवाटारमा एउटा भव्य वंगलाको आरामदायी शयनकक्ष । सुकिलो सिरकले मुख छोपेर एक वृद्ध निदाउने असफल प्रयासमा छन् ।) साँच्चैं मन्त्रीपरिषद् पुनर्गठन होला ? धेरैले यही अनुमान गरेका रहेछन् । हिजो त्यो तालुखुइले सचिव चाकडी गर्दैथियो, 'हजुर प्रधानमन्त्री होइसिन्छ होला' भनेर । -मुख बिगार्दै- त्यसको त चस्मा देख्दै एलर्जी हुन्छ मलाई । त्यस्ताले भनेको के पुग्ला ? हुन त यो अनुमान हो, किन डराउनु ? (लामो सास तान्दै) तर हावा नचली पात हल्लन्न गिरी, बेलैमा सोच् । तैंले नचिनेको देश होइन यो । हुकुम प्रमांगीको शासन न हो । आउन पनि ढोका नचाहिने, जाँदा पनि भित्तैबाट पास हुने । धिक्कार हो । (आवेशमा) वास्तवमा यो अनुमान पनि जथाभावी गर्न नपाइने नियम बन्नुपर्छ । कुन विषयमा अनुमान गर्ने, कतिसम्म गर्ने, किन गर्ने र कहिलेसम्म गर्ने हो, सबै बेहोरा खुलाएर सीडीओलाई निवेदन दिने र स्वीकृति पाएपछिमात्र अनुमान गर्न पाउने अध्यादेश आवश्यक छ यहाँ । अनुशासन नै छैन, कसरी बन्छ देश ? जसले जे पायो त्यो अनुमान गरेको छ, अस्थिरता ल्याएको छ । तर के गर्नु, प्रजातन्त्र भन्छन् । अधिकारको कुरा गर्छन् । यो प्रजातन्त्र बडो खराब कुरा हो । म त्यसै प्रजातन्त्रविरोधी भएको होइन । (घडी हेर्दै) ओहो, सवा बाह्र भइसकेछ । कता भाग्यो निन्द्रा ? यो सीताराम प्रसाईंले पनि कस्तो पैसाले घर बनाएछ कुन्नि । सही-गलत के-के गर्छ भन्छन् । घरको जगमै इमान छैन, निन्द्रा कहाँबाट आउँछ ? बेइमान । (कोल्टे र्फकंदै) हुन त मलाई नै 'कालोसूची नम्बर १६८०' बनाइसके । त्रिचालीस सालको कोदो अहिले चौरस्तामा सुकाएका छन् पत्रकारले । त्यतिखेर रामप्रसाद र वसन्त गटाणीले के के जाति पाइप र पोलिथिन बनाउँछौं भनेर बैंकबाट तीस लाख निकाल्दे भने । आफैंले पनि अलिअलि खर्च गरियो र देश छोडियो । देशै बिर्सेपछि ऋण सम्झने कुरा आएन । अहिले डेढ करोड पुगेछ । ठूल्ठूला अक्षरमा छापेका छन् । (गम्दै) बनाइस्, पीभीसी पाइप र पोलिथिन । अब त्यही पोलिथिन बोकेर सिंहदरबार जा । राजनीति त्यस्तै डामाडोल छ । पत्रकार आन्दोलनमा । तिनलाई प्रेस स्वतन्त्रता चाहियो । वकिल सडकमा । तिनलाई कानुनी राज्य चाहियो । अरू त अरू, डलरे मानवअधिकारवादीसमेत घुर्की लाउँछन् । सत्र सालमा यस्तो केही थिएन । कस्तो स्वर्ग थियो देश त्यतिखेर । न वकिल थिए, न पत्रकार, न माओवादी । भए पनि बडो शालीन थिए बरा । प्रजालाई राज्य भए पुग्थ्यो, कानुनी राज्य चाहिँदैनथ्यो । शासकको अधिकारमै शासित प्रसन्न थिए । अहिले ? पत्रकार रे । वकिल रे । के के जाति अधिकार रे । सडिसकेछ देश । बर्बाद भइसकेछ । थुक्क । (सिरकबाट अनुहार निकाल्दै) पर्फमेन्स पनि त्यति जमेन मेरो यसपाला । यसो थर्काइदिउँ भन्यो, कोही थर्कन्न । वकिललाई कानुन सम्झाउन खोज्दा तँ नै असंवैधानिक होस् भने । माओवादीले गर्दा मुद्दा छैनन्, त्यसैले ती फुर्सदिला छन् । सडकमा रमिता देखाउँछन् । उता पत्रकारको बेग्लै फूर्तिफार्ती भइसकेछ यो देशमा । तिनलाई सेन्सरसिप मन परेन रे । एफएमले समाचार भन्न पाउनुपर्छ भन्ने तिनको माग छ । ए बाबा, रेडियो नेपालले समाचार भनेकै छ, त्यही सुन्नु नि । समाचारले के नाप्छ ? सूर्यले पृथ्वी घुम्छ ? गोरखापत्रमा समाचार छापिएकै छ, त्यही पढ्नु । नेपाल टेलिभिजनमा कार्यक्रम आएकै छन्, ती हेर्नु । डिसिप्लिनलेस पिपल । (कोल्टे र्फकंदै) अय्या ! यो ढाडको रोगले पनि साह्रै सतायो । फिजियोथेरापिस्ट पनि के गर्छन् के । हुन त आफैं डाक्टर, त्यसो भन्न नहुने हो । बूढो जीउ कहाँ लागोस् घिउ । तैपनि राम्रो उपचार भएको छैन । सब ठग छन् यो देशमा । सबका सब खत्तम् । (गम्भीर हुँदै) म पनि बेकार फसेँ यो झमेलामा । अस्ताउने घाम जोगाउन आएको म मूर्ख । यस्तो झल्लरी उपाध्यक्षभन्दा त प्रोटेस्टेन्ट युजुसे मत-प्रचारक पिटर गिरी नै सुखी थियो । येशु भन्नुहुन्छ- जीवनमा सबैभन्दा ठूलो सुख हो । ठीक भन्नुहुन्छ । (गम्भीर हुँदै) भन् त गिरी, यो उमेरमा तँ देशको उद्धार गर्न फर्किस् कि आफ्नो ? हुन त यो बूढाहरूको देश हो । म छु, गिरिजाप्रसाद छन्, कीर्तिनिधि छन्, नयनबहादुर छन्, कृष्णप्रसाद छन्, सूर्यबहादुर छन् । सब एकसे एक । लाइनमा । बडो भाग्यमानी देश हो यो, बीसौं शताब्दीले एक्काइसौं शताब्दी हाँकेको । जर्जर सत्तापक्ष, खन्डहर विपक्ष । (हाँस्दै) रुग्णहरूले चलाएको रुग्ण देश । यशुले यसको भलो गरून् । एकथरी मान्छे पार्टी खोलौं भन्छन् र उकास्न आउँछन् । मलाई भने यो पार्टी भन्ने शब्दसँगै एलर्जी छ । मेरो जवाफ हुन्छ- बहुदल मान्ने भए अरू नै पार्टी छन्, कुनैको झन्डा बोक । नमान्ने भए किन पार्टी चाहियो ? नाजवाफ भएर जान्छन् बरा । हेर्दाहेर्दै बडो टुहुरा भएछन् पञ्च यो देशमा । हेर्दै जुम्सा, लुला र नुर गिरेका । टीठलाग्दा, सत्तामा भएर पनि नभएजस्ता । तिनको स्कोपै छैन । कस्तो दिन आयो ? (मुख छोप्दै) नेपाल अर्कै भइसकेछ । हिजो कार्पेट कान्डले खेद्यो, अब के हुने हो ? छोड्दे, जेसुकै होस् । मेरो के दाउमा छ र ? आए आँप, गए झटारो । यहाँ बढी नै गडबड भएछ भने जाउँला फेरि श्रीलंका वा हैदराबाद । तुलसी गिरी हारे पनि पिटर गिरी हार्दैन । त्यसले केही हार्न बाँकी छैन । जसको सबैथोक जान्छ, त्यो त हौसिएको छ भने मलाई के मतलब ? त्यो त........ (शून्यता ) ...म...-घुर्न थाल्छन्)..... (नोट: पाठकवृन्द, यो मनोवाद-अभ्यास कक्षा एघार र बाह्रका विद्यार्थीका लागि लेखिएको हो । यसका पात्र डा. गिरी हाम्रा उपाध्यक्ष डा. तुलसी गिरीसँग मिल्दोजुल्दो देखिनु संयोगमात्र हो ।)
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 06-13-05 10:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42869 डा. गिरीको ऋण मोचनका लागि सुका-मोहर मगन्तेले पनि दुई रुपैयाँ दिए कास नुवाकोट, जेठ ३० - बैंक ऋण नतिरेर कालोसूचीमा परेका मन्त्रिपरिषद् वरिष्ठ उपाध्यक्ष डा. तुलसी गिरीको ऋण मोचनका लागि यहाँका राजनीतिक दलले सुका-मोहर संकलन अभियान सञ्चालन गरेका छन् । सोमबार बिहान एक घन्टा स्थानीय बट्टार बजारमा सञ्चालन गरिएको उक्त अभियानमा एक सय छयहत्तर रुपैयाँ तीस पैसा संकलन भएको छ । जिल्लास्थित संयुक्त जनसंघर्ष समितिले सञ्चालन गरेको यस अभियानमा एमाले, कांग्रेस र कांग्रेस -प्रजातान्त्रिक) का नेता कार्यकर्ता सहभागी थिए । कार्यक्रममा सर्वसाधारण बालबालिकासमेत सामेल थिए । संकलित रकम सोमबारै ड्राफ्ट गरी जिल्ला हुलाक कार्यालयमार्फत उपाध्यक्ष डा. गिरीलाई सम्बोधन गरी मन्त्रिपरिषद् सचिवालय काठमाडौं पठाइएको छ । पार्टीको झन्डा बोकेका कार्यकर्ताको उक्त अभियानमा पहेँलो कपडाको माग्ने ब्यानर बनाइएको थियो । जिल्लावासीले घरका झ्याल, ढोकाबाट सुका-मोहर फ्याँकेका थिए । केहीले बढी रुपैयाँ दिए पनि आयोजकले सुका-मोहर अभियानमात्र भएको बताएपछि सबैले सुका-मोहर सहयोग गरेका थिए । अभियानमा एक मगन्तेले सबभन्दा बढी दुई रुपैयाँ दिएका थिए । बुधसिंह गाविसका मगन्ते कृष्णराम दर्जीले बट्टार बजारमा सहयोग गरेका हुन् । उनी आफूले माग्दा पनि दुई रुपैयाँभन्दा बढी कहिल्यै लिँदैनथे । ५ रुपैयाँ दिएपछि ३ रुपैयाँ दातालाई नै फिर्ता दिन्थे
|
|
|
prem_dai
Please log in to subscribe to prem_dai's postings.
Posted on 06-14-05 7:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Mohar Suka Collection is a great innovative idea.. Fantastic ideas. Thanks to those people who came with this idea. Good job. Nepal has been in turmoil for 15 years after 1990. And one thing is for sure: we mastered all these funny and innovative ways of protesting each other. We actually perfected it. The flip side is, although such techniques were perfected, almost nothing happened as demanded by such protests except few. Maoshits killed 38 people in Madi. Where were such innovative protests organized?
|
|
|
rajankhanal
Please log in to subscribe to rajankhanal's postings.
Posted on 06-14-05 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It is very simple to understand, people didn't protest against Maoist, because they are not the ruler in Kathmandu. But you might have heard that people protested in Dailekh once. Of course, where there is opression, there will be revolution. As you said, if the government doesn't concern at all about such protest, who are the Maoist to listen. I think they are the most insisting creatures in this world. They can justify even biggest cases in a minute, as if it was nothing.
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-14-05 9:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42944 वीरेन्द्र सिंह उर्फ तुलसी गिरी कान्तिपुर संवाददाता काठमाडौं, जेठ ३१ - शाही घोषणाको ठिक्क एक दिनअघि गत माघ १८ गते डा. तुुलसी गिरी दरबारमार्गस्थित होटल याक एन्ड यतीमा बस्न थाल्नुुभयो । त्यसको २५ औं दिनमा मात्र उहाँ उक्त पाँच तारे होटलबाट निस्किनुुभयो । सबैलाई लाग्ला, पञ्चायतकालमा पटक-पटक प्रधानमन्त्री भइसकेका वयोवृद्ध राजनीतिज्ञको सानदार जीवनशैली छ । पत्याउनै गाह्रो छ, उहाँ आफ्नो नामले न होटलमा 'चेक इन' गनर्ुभयो न 'चेक आउट' नै । उहाँको नाम थियो वीरेन्द्र सिंह । वीरेन्द्र सिंहका नामले बुक गरिएको ५३० नम्बरको महँगोमध्ये पर्ने 'सुुइट' मा बसेका गिरी फागुन ३ गते मन्त्रिपरिषद् उपाध्यक्ष बनेपछि पनि उहाँ थप १० दिन त्यहीं बस्नुभयो । होटल स्रोतका अनुसार उहाँले अहिलेसम्म त्यसको बिल भुक्तानी गनर्भएको छैन । साधारणतया चार सय अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने उक्त सुुइट होटल व्यवस्थापनले उहाँलाई निःशुुल्क उपहार दियो, 'कम्प्िलमेन्टरी सुुइट' भनेर । त्यतिमात्र होइन, उहाँको सुुरक्षाकर्मीका लागि छेउकै ५३१ कोठा 'बुुक' गरिएको थियो जुुन पनि कम्प्िलमेन्टरी बिलमा परिणत भयो । त्यतिमात्र होइन, उहाँ उपाध्यक्ष नियुुक्त भएको दिन उहाँकी श्रीमतीका लागि ५०१ नम्बरको सुुइट पनि बुुक गरियो वीरेन्द्र सिंहकै नाममा । त्यो पनि कम्प्िलमेन्टरी थियो । तर खानपिन र टेलिफोनको भने बिल बनाइयो । स्रोतका अनुुसार डा. गिरी बस्ने गरेको सुुइटको मात्रै खानपिन र टेलिफोन बिल ११ लाख रुपैयाँभन्दा बढी उठेको छ जसको हालसम्म भुुक्तानी गरिएको छैन । उक्त होटलमा लोकल टेलिफोन कल प्रतिमिनेट ९ रुपैयाँका साथै २० प्रतिशत सेवा शुुल्क लाग्छ । को हुुन् वीरेन्द्र सिंह, किन डा. गिरी आफ्नो नाम लुुकाएर बस्नुुपर्?यो र उहाँको बिल भुुक्तानी भयो/भएन भन्नेबारे होटल व्यवस्थापनले केही प्रतिक्रिया दिन मानेन । होटलका महाप्रबन्धक विश्वजीत चक्रवर्तीले यसबारे कुुनै टिप्पणी नगर्ने बताउनुुभयो । 'यसलाई स्वीकार गर्दिनँ भनेर मैले भनेको छैन,' डा. गिरी होटलमा बसेको पनि इन्कार गनर्ुुहुुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुुभयो- 'मैले भनेको के भने म यससम्बन्धी केही पनि प्रतिक्रिया दिन चाहन्नँ ।' यसबारे प्रतिक्रिया लिन गिरी निवासमा सम्पर्क गर्दा उहाँकी श्रीमती सहारा गिरीले डा. गिरीका तर्फबाट जवाफ दिने बताउनुुभयो । तर होटल बिलको प्रसंग 'पूर्णतः झूटो' भएको दाबी गर्दै उहाँले अन्य जवाफ दिन भने अस्वीकार गनर्ुुभयो । होटलका ग्राहकले आफ्नो परिचय खुुलाएर बस्नुुपर्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रचलन छ । यसबारे जानकारी माग्दा होटल संघ, नेपालका अध्यक्ष नरेन्द्र बज्राचार्यले 'अर्काको नाममा कोही कुुनै होटलमा बस्नुु 'इथिकल' होइन' भन्नुुभयो । 'तर सुुरक्षालगायतका कारणले कतिपय बेला यसरी राख्ने चलन पनि छ,' उहाँले भन्नुुभयो । अर्काको नाममा होटलमा बस्नेप्रति कारबाहीको कुुनै कानुुनी आधार भने छैन । यसबारे राजधानीका एक उच्च प्रहरी अधिकृतले 'कसैले त्यसरी राखेको छ भने अनुुसन्धान गर्दा नियतमा प्रश्न' गरिने टिप्पणी गरे । यसैबीच 'कालोसूची' मा परेका डा. गिरीलाई कारबाही गर्न माग बढेको छ । अन्तर्राष्ट्रिय मुुद्रा कोषका राष्ट्रिय प्रतिनिधि सुुखविन्दर सिंहले कालोसूचीमा परेका ऋणीहरूलाई कारबाही गर्नेबारे सरकारी सुुझाव कार्यान्वयन गर्न आग्रह गनर्ुुभएको छ । 'प्रतिवेदन दृढतापूर्वक कार्यान्वयन गरिएको हामी हेर्न चाहन्छौं,' उहाँले नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा मंगलबार भन्नुभयो ।
|
|
|
prem_dai
Please log in to subscribe to prem_dai's postings.
Posted on 06-14-05 10:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I still suspect, if it's Giri's trick to divert people's attention from something to this balcklist case...... I thik it's well-orchestrated and information released to journalists as a bait to heat up talks in the town. Looks like something strange or big again gonna happen in Nepal.. looks like they are planning something inside.. and just to engage public and journalists in non sense things, they are feeding them these information.
|
|
|
Sursab
Please log in to subscribe to Sursab's postings.
Posted on 06-14-05 11:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डा.तुलसी गिरीले वास्तवमा सही प्रश्न सोच्नुभएको छ । केको आधारमा राजीनामा ? नैतिकता त छँदैछैन, दौरा-सुरुवालको आधारमा किन राजीनामा दिने ? फेरि राजीनामा दिएको भोलिपल्ट उहाँ नेपालमा रहने भए पो ! थाहै छ, उहाँ आप्रवासी नेपालीमात्र हुनुहुन्छ । राजीनामाले के नाप्छ ? हदै भए उहाँ कर्मभूमि र्फकनुपर्छ । कालोसूचीमा परेको अढाई करोड जनतालाई थाहा पाउँदा पनि उहाँ अनभिज्ञ छु भन्नुहुन्छ । यो साँच्चै सत्य हो भने एकपटक आँखा र कान जाँच्न अनुरोध छ । राजीनामा दिए त्यत्रो १ करोड ७४ लाख कसरी तिर्ने ? नेपाल बैंकले अरू ४/५ महिना पर्खे डा.साबले तिरिहाल्नुहुन्छ नि । तलब, भत्ता, कमिसन, दसैं खर्च सम्पूर्ण खुत्रुकेमा हाले कसो नहोला त्यति रकम ? फेरि भर्खर त उहाँ श्रीमती र केही नातेदारसहित कालोसूचीमा पर्नुभएको छ । २० औं वर्ष विदेश बसाइपछि देशलाई नै कालोसूचीमा पार्न आएका डा.गिरीले किन अहिल्यै राजीनामा दिनुहुन्छ ? देशै कालोसूचीमा पर्दा पनि उहाँलाई टेन्सन छैन । आखिर यो उहाँका निम्ति जूवा न हो । ******** नेपाली राजनीतिमा नयाँ पहिचानविनै राजाको कृपाले मन्त्रिपरिषद् उपाध्यक्ष बनेका डा.गिरीले सबै नेपालीलाई बेकुफ भन्नुहुन्छ । उहाँको यो हुंकार देख्दा लाज लाग्छ । शाही सरकारका पण्डित गिरीको प्रवचन सुन्दा-सुन्दा लोलाएका यी कान फेरि एकपटक स्वयम् निर्वस्त्र नांगिएका छन् । तैपनि उनको गर्जन सुन्दा लाग्छ- उहाँ हातले लाज छोप्न असफल प्रयास गर्दैछन् । मैले किन राजीनामा दिने ? प्रश्न सुन्दा यो राष्ट्र उहाँको आफ्नै पेवा रहेछ भन्ने आभाष मिल्छ । अन्यथा नेपाल र नेपालीलाई हरिकंगाल पार्न तम्सने भाडाका मन्त्री गिरीले राजीनामा दिन्न भन्ने आँट कहाँबाट बटुले ? बहुदलीय व्यवस्थाका शासक भ्रष्ट भए भनेर हिजोसम्म टिभीको पर्दामा चिच्याउने गिरी महोदय एकपटक ऐना हेर्नोस् । हुन त लुकेको सत्य खुलेपछि उनलाई ऐनामा चाउरे गाला घिनलाग्दो हो । दलीय नेताको क्रियाकलापको पाइ-पाइ हिसाब राख्नेलाई आफूले कुम्ल्याएको रकमसमेत याद भएन ? मातृभूमिप्रति राष्ट्रघात गरेको किन/कसरी भुल्नुभयो ? मानसिक सन्तुलन पनि खुस्किए कि क्या हो ? उपाध्यक्ष महादेय, यहाँको नैतिकता कहाँसम्मको रहेछ हामी सबैले थाहा पाइसक्यौं । संविधान र कानुनको परिभाषा निर्माताले भन्दा बढी बुझेर व्याख्या गर्ने महोदयलाई आफ्ना अन्तिम दिन आउँदै गर्दा जे बोले पनि हुन्छ झैं लाग्यो कि क्या हो ? अन्यथा गिरी देशमा कानुनको राज चल्नदिनोस् । कालो स्टकोटको खल्तीमा संविधान राखेर प्याच्च मुखबाट जे मन लाग्छ, उही ओकल्ने जमाना गए । एकपटक सिंहदरबारको गेटमा अडिएर यो राष्ट्र, यहाँका निमुखा जनता र तिनको इमानदारी बुझेर देशको सच्चा सुपुत्र भएर भित्र पस्ने कसरत गर्नुहोला । नत्र सतीले सराप्ने भनेको तपाईंहरू जस्तालाई हो ।
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-15-05 3:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छि छि छि तुलसी गिरीको घटियापन थाह पाउँदा त वान्तै आयो। बिचरा राजाको मुखमै कालो मोसो दल्दिए यि गिरीले। राजा खाडीको भ्रमण सकेर फर्कदा सम्म कति सम्पत्ति पोको पारेर रक्सौल कटाउने हुन कुन्नी यिनले अब। ह्वाक थुsssssssssss । यस्ता पाजीहरुले भ्रष्टाचार नियन्त्रणको गफ दिने उल्टो।ह्वाक थुsssssssssss
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-15-05 9:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=43012 बलराम बानियाँ - श्री भक्तबहादुर कोइराला अध्यक्ष भ्रष्टाचार नियन्त्रण शाही आयोग हरिहर भवन, पुल्चोक अध्यक्षज्यू, सञ्चारमाध्यमले मन्त्रिपरिषद्का वरिष्ठ उपाध्यक्ष तुलसी गिरीलाई कर्जा सूचना केन्द्रले चार वर्षदेखि ऋण नतिर्नेहरूको कालोसूचीमा राखेको सार्वजनिकमात्र गरिरहेका छैनन्, उहाँले राजीनामा नै दिनुपर्छर् भनेर बबन्डर मच्चाइरहेका छन् । अर्थमन्त्रालयले कालोसूचीमा रहेका ऋणीलाई सार्वजनिक बहिष्कार गर्ने मापदण्ड बनाएको छ । त्यसैलाई आधार बनाएर प्रेसले गिरीमाथि नैतिकताको प्रश्न उठाइरहेको छ । महाराजको शान्ति स्थापनाको महान् उद्देश्य पूरा गर्न दिलोज्यानले लागिरहेको जिम्मेवार व्यक्तिलाई नैतिकताको कसीमा तौलन मिल्छ कि मिल्दैन ? आयोगले यस्ता धेरै प्रश्नको निरुपण गर्नुपर्ने भएको छ । नेपालीहरू यमराजको न्यायमाथि पूर्णरूपमा विश्वास गर्छन् । तपाईं त अझ यमराजन्दा पनि शक्तिशाली हुनुहुन्छ । यमराजलाई त मरेको मान्छेलाई स्वर्ग पठाउने कि नरक भनेर फैसला सुनाउन चित्रगुप्तको सिफारिस चाहिन्छ, तपाईंलाई त त्यो पनि चाहिन्न । तपाईं त दूधको दूध, पानीको पानीको छ्यान-ब्यान गरेर नरक (भ्रष्टलोक) मा पठाउने कि स्वर्ग (स्वच्छलोक) मा पठाउने निर्णय गर्न पूणर्ाधिकार प्राप्त हुनुहुन्छ । आयु पुगेका अर्थात् भ्रष्टाचारको डण्डा लगाउनुपर्नेलाई समातेर ल्याउने यमदूत पनि तपाईं, सबैको फेहरिस्त राख्ने चित्रगुप्त पनि तपाईं, फैसला सुनाउने यमराज पनि तपाईं नै हुनुहुन्छ । त्यसैले तपाईंमाथिको अपेक्षा झन् बढी छ । अध्यक्षज्यू ! शान्ति ठूलो कि भ्रष्टाचार ? मलाई लाग्छ- शान्ति । मलाई त्यसो भन्ने अधिकार छ कि छैन, त्यो पनि यहाँले खुलाइदिनुहोला । अहोरात्र शान्तिको मन्त्र जपिरहेका गिरीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्नु शाही घोषणाको मर्म र भावनाविपरीत हुन्छ कि हुन्न ? शाही घोषणाकै दिन गिरीको कालोसूची नं. १६८० डिलिट गर्नुपर्ने दायित्व पूरा नगर्ने केन्द्र कारबाहीको भागिदार हुनुपर्ने कि नपर्ने ? शान्ति बहालीलाई नै ओझेलमा पार्ने गरी गिरीलाई विवादमा पारेर प्रेसले उछाल्नु शाही घोषणाको विपरीत हो कि होइन ? आयोगले मुख खोल्नै पर्छ । डा. गिरीले २०४२ सालमा जम्मा २० लाख रुपैयाँ ऋण लिनुभएको हो, अहिले त्यसको ब्याज बढेर न हो, १ करोड ७४ लाख रुपैयाँ पुगेको । पञ्चायतका जननी गिरीले चाहँदा करोडौं लिन सक्नुहुन्थ्यो, थोरै ऋण लिएर उहाँले देश छाड्ने बेलामा समेत देशलाई नै गुन लगाउनुभएको थियो, त्यो संवेदनशील पक्ष प्रेसले बुझ्नुपर्ने कि नपर्ने ? उहाँले छाड्दा मुलुक शान्त थियो, हामीले अशान्त बनायौं, उहाँ पुनः मुलुकलाई शान्त बनाउन र्फकनुभएको छ । शान्तिको अगाडि नैतिकता गौण कुरा हो । यो कटु यथार्थलाई नबुझी स्वतन्त्र प्रेस भन्दैमा बखेडा गरिरहन मिल्छ कि मिल्दैन, अध्यक्षज्यूले बोल्नुपर्?यो । डा. गिरीले कृपा गर्नुभएको छ र त सरकारी रेडियो र टेलिभिजन हेरेर र सुनेर प्रजाले शान्ति र सुशासनको अनुभव गर्न पाएका छन् । हे न्यायदाता ! शान्तिका बाहकमाथि त्यत्रो अन्याय भइरहँदा पनि कसरी मौन बस्न सकिरहनुभएको छ, प्रजा तीनछक छन् । क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-15-05 9:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अध्यक्षज्यू, डोल्पामा औषधिका नाउँमा सिटामोलसमेत नभएको समाचार आएको दुई साता हुन लागिसक्यो, सरकारले कुनै वास्ता गरेको छैन । गर्नु पनि जरुरी छैन, किनकि डोल्पामात्र होइन सिङ्गै कणर्ालीवासीलाई शान्ति कुन चरीको नाम हो थाहा छैन । मानवीय चरित्र नै हो, अघाएकाहरू शान्ति चाहन्छन्, भोकाहरू पेट भर्न क्रान्ति चाहन्छन् । 'एक्काइसौं शताब्दीको प्रजातन्त्र' ले यो वास्तविकता बुझेको छ र व्यवहार पनि त्यहीअनुरूप देखिएको छ । त्यही भएर अध्यक्षज्यूले विघटित देउवा सरकारले अधिराजकुमार हेलेन शाहलाई विदेशमा उपचार गर्न सवा करोड रुपैयाँ दिंदा छानबिन गर्नुभएन । त्यही सरकारले दसैंका बेला दुःख पाएका कार्यकर्तालाई ४० लाख रुपैयाँ बाँड्दा प्रधानमन्त्री र मन्त्रीलाई आयोगको दैलोमा परेड खेलाइरहनुभएको छ । यतिखेर राज्यको एजेन्डा शान्ति हो, त्यसैलाई मूर्तरूप दिन गठित आयोग र त्यसका अध्यक्षले हिम्मत गरेर सार्वजनिक रूपमा भन्न सक्नुपर्छ- शाह शान्तिको पक्षमा हुनुहुन्छ, दुःख पाएका कार्यकर्ता विपक्षमा । शान्ति नै आयोगको न्याय गर्ने एकमात्र मापदण्ड हो । परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको साढे दुई वर्षको अवधिमा ५० लाख रुपैयाँ सम्पत्ति बढेको छ । २०५९ असोजमा चन्द मन्त्रिपरिषद्मा हुँदा र माघ १९ पछिको सरकारमा मन्त्री हुँदा उहाँले पेस गरेको सम्पत्ति विवरण हेर्दा त्यो कुरा प्रस्ट हुन्छ । पाण्डेको सम्पत्ति कसरी बढेको हो, छानबिन नगरेर अध्यक्षज्यू धन्य हुनुभएको छ । शान्ति बहालीमा लाग्दा धन बढ्न सक्छ, त्यसमा आँखा चिम्लिएर तपाईंले मुलुकलाई ठूलो गुन लगाउनुभएको छ, त्यसका लागि तपाईंप्रति मुलुक नै आभारी छ । पाण्डेलाई जस्तै डा. गिरीलाई पनि बचाउन म सम्पूर्ण प्रजाका तर्फबाट आग्रह गर्छु । प्रेसले उचालेकै भरमा गिरी राजीनामा दिन बाध्य हुनुभयो भने मुलुकमा बल्ल-बल्ल बन्न लागेको शान्तिको वातावरण नै खल्बलिन्छ, अनर्थ हुन्छ, पुरातत्त्वकै अपमान हुन्छ । क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-15-05 9:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अध्यक्षज्यू ! मेडिकल डाक्टर भए पनि गिरीले हत्याहिंसाबाट आहत मुलुकको राजनीतिक उपचार गरिरहनुभएको छ । ०१७ सालदेखि ०४२ सालसम्म उहाँले मुलुकमा निर्दललाई बलियो बनाउन जस्तो योगदान पुर्?याउनुभएको थियो, अहिले पनि राजालाई उहाँको त्यस्तै भूमिकाको आवश्यकता छ । उहाँ २०३२ सालमा गलैंचाकाण्डमा मुछिनुभयो । शान्तिकै पक्षमा भएकाले उहाँले २०३३ सालमा आरोपबाट सफाइ पाउनुभयो । शान्तिका प्रति उहाँ अविचलित हुनुहुन्छ । उहाँले मानसिक शान्तिका लागि चार/चारपटक बिहे गर्नुभयो । पारिवारिक शान्तिका लागि आफ्नो नाममा मात्र नपुगेर पत्नीको नाममा समेत ऋण लिनुभयो । पिटर गिरी हुँदा पनि उहाँ शान्तिकै पक्षमा हुनुहुन्थ्यो, वीरेन्द्र सिंहका नाममा होटलमा बस्दामात्र होइन होटल बिल नतिरीकन बाहिरिंदा पनि उहाँ शान्तिकै पक्षमा हुनुहुन्छ । सिंगो देश शान्ति चाहन्छ, २० वर्ष विदेश बसेर स्वदेश फर्केपछि शान्तिको पोको फुकाइरहेका बेला उहाँले नतिरेको ११ लाख रुपैयाँ केही पनि होइन । होटलले पनि आफूले शान्तिका लागि गिरीलाई खुवाएको र पियाएको ठानेर गर्व गर्नुपर्छ । गिरी आफूले चाहेर होइन राजाले चाहेर उपाध्यक्ष हुनुभएको हो । उहाँलाई जोगाउनु महाराजको शान्तिप्रतिको असिम चाहनालाई बल पुर्?याउनु हो । अध्यक्षज्यू तपाईं महाराजको एजेन्डालाई सफल बनाउन नियुक्त हुनुभएको हो । गिरीको विरोध गर्नु शान्ति र सुशासनको विपक्षमा लाग्नु हो, महाराजलाई असफल बनाउन खोज्नु हो । गिरीलाई राजनीतिक परिदृश्यबाट हटाउन खोज्नेलाई तह लगाउनु आयोगको न्यूनतम दायित्व हो । त्यो दायित्व पूरा गर्न डटेर लाग्नुहोला, मेरो यही एकमात्र विन्ती छ । तपाईंको शुभचिन्तक बलराम
|
|
|
Charikote Maila
Please log in to subscribe to Charikote Maila's postings.
Posted on 06-15-05 9:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Folks, Do you guys happened to have Tulsi Giri's home address ? I would like to send him US $ 1.07 so he can pay his bill. I heard people of Nuwakot have already raise few thousand Nepalese Rupees. What a same OLD man.
|
|
|
Sursab
Please log in to subscribe to Sursab's postings.
Posted on 06-16-05 2:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Please save my ass.........
|
|
|
Sursab
Please log in to subscribe to Sursab's postings.
Posted on 06-16-05 11:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Di Giri ..murdabad!!!!
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-18-05 9:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=43358 डा. गिरीको सौखिन शैली हरिबहादुर थापा - गिरीका वा उहाँका आफन्तले कान्तिपुर पढ्छन् होला, पढ्छन् भने यस्ता समाचारले उनीहरूको मनोदशा कस्तो हुन्छ होला ? बडो कौतूहल लागिरहेछ ? गिरीका छोरा वा छोरीका साथी वा आफन्तले तिम्रो बाबाको बारेमा त पत्रिकामा यस्तो लखेको छ भनी सुनाउँछन् होला । बा ! म त खप्न सक्थिनँ, आत्महत्या गर्थेँ होला ।' केही दिनअघि कान्तिपुरमा प्रकाशित एक पाठकको पत्रबाट उद्धृत अंश हो- यो । डा. तुलसी गिरीको कालोसूचीले उचाइ लिएपछि बाग्लुङका के. पौडेलले यसरी अनुभूति पोखेका थिए । पौडेललाई हाम्रा शासकसँग बलियो मुटु छ भन्नेचाहिँ थाहा रहेनछ । उनीहरू यस्ता हरेक प्रकरण हाँसेरै पचाइदिन्छन्, डा. गिरीले पनि त्यही गरिरहेका छन् । डा. गिरीले ऋण लिएर कालोसूचीमा परेको तथ्य अर्थमन्त्री डा. मधुकरशमशेर राणालाई समेत थाहा रहेनछ । तर झन्डै एक वर्षदेखि 'कालोसूची' अर्थमन्त्रीको टेबलमा चाङ लागेर बसेका छन् । उनलाई पनि थाहा नहुनु आश्चर्यको कुरा हो । त्यसमाथि राणा डेढ वर्षअघि त्यही अर्थ मन्त्रालयमै वरिष्ठ आर्थिक सल्लाहकार थिए । कालोसूचीमा पर्नेहरू सबैको नाम जानकारीमा राख्ने, तर आफ्नै मन्त्रिपरिषद्का उपाध्यक्षको नाम सूचीमा देख्नुभएन । र, डा. गिरीकै शब्द सापटी लिएर भने- 'बैंकले स्पष्ट नपारी केही भन्न सक्दिनँ ।' एकातिर सूचना बाहिर ल्याउने कर्मचारीलाई कारबाहीको धम्की दिने र अर्कातिर थाहा छैन भनेर टार्ने नीति सरकारको छ । नत्र, गत आइतबारदेखि नै ती कालोसूचीवालाहरू सामाजिक बहिष्कारमा परिसक्थे । डा. गिरीकै कारण कार्यान्वयन अवरुद्ध छ । 'नैतिकताको आधारमा राजीनामा दिने होइन ?' प्रकरण सार्वजनिक भएपछि पत्रकारले डा. गिरीलाई सोधे । तर डा. गिरीले हत्तपत्त जवाफ दिइहाले- 'बैंकले जानकारी नै नदिई किन राजीनामा दिने ?' उनले ठीकै जवाफ दिएका हुन् । बीस वर्षअघि लिएको ऋण सम्झने कुरै भएन । त्यसमाथि त्यो तिर्ने सर्तमा लिएको भए पो सम्झने । दक्षिण एसियाका प्रखर राजनीतिज्ञका रूपमा प्रचारित डा. गिरी साहाराको मोहपासमा यसरी बाँधिए कि उनले राजनीतिमात्र होइन धर्म र देशै त्यागे । विदेशमा रहँदा नेपाली बैंंकबाट लिएको ऋण सम्भिmइरहे होलान् भन्ठान्नु हाम्रै मुख्र्याइँ हो । त्यसमाथि उनी मोज-मस्ती र रंगीन दुनियाँमा विश्वास गर्छन्, कालोसूचीहरूमा होइन । उनले कम्पनीका नाममा ऋण लिए पनि अन्यत्र खर्च गरेका हुन सक्छन् । अनि आफू सञ्चालक रहेको प्लास्टिक कम्पनीको नाम सम्झने कुरै भएन । त्यसका लागि बैंकले नै जानकारी गराउनुपर्छ भनी अडान राख्नु अस्वाभाविक होइन । उनी रंगीन र विलासी जीवनशैलीका धनी मानिन्छन् । चार श्रीमतीका धनी बन्न पुग्नुले त्यसलाई पुष्टि गर्छ । उनले वसन्तशमशेर राणाकी छोरी किशोरीसँग सम्बन्ध गाँसेनन् कि फिल्मकी हिरोइनसँग । नेपालमा पनि सुटिङ भएको 'हरे राम, हरेकृष्ण' हिन्दी फिल्ममा एक नेपाली चेलीले सहनायिकाको भूमिकामा देखिने मौका पाएकी थिइन् । ती नायिका डा. गिरीको आँखाबाट छिप्ने कुरै भएन । तिनलाई डा. गिरीले तेस्री जीवन संगिनी बनाए । 'चौथो त उनले बाजी नै मारेको हो'- त्यतिबेला सिंहदरबारभित्र कार्यरत प्रशासक त्यसै भन्थे । धेरैले आँखा लगाएका थिएँ- साहारामाथि । उनी रेडियो नेपालमा अंग्रेजीमा समाचार भन्थिन् । पञ्चायतका प्रभावशाली प्रधानमन्त्री डा. गिरीले आँखा लगाएपछि धेरैको आशा मर्नु आश्चर्य होइन ।
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-18-05 9:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिली र दोस्री श्रीमतीबीचको घर-झगडालाई इतिहास लेखक पुरुषोत्तम शमशेर जबराले आफ्नो पुस्तकमै उतारेका छन्- 'सम्झेका र सुनेका कुराहरू' मा । पुस्तकका अनुसार 'पुल्चोकस्थित तुलसी गिरी बसेको भाडाको घर धनीकहाँ गएको अवसरमा चित्कार सुनियो । कहिले यसको त कहिले उसको जगल्टाइरहेको, हातका औंलाहरू खोल्ने प्रयासमा तुलसी व्यस्त भएको दृश्य पनि देखें । तुलसीले द्वन्द्वलाई साम्य पार्न अनेक प्रयास नगरेको होइन । दुवैलाई सम्झायो, फट्कार्?यो, फकायो, पिटुँला झैं गर्?यो, तर हार खायो । त्यस दिनको द्वन्द्व करिब तीन घन्टासम्म चलिरह्यो । घरधनीका अनुसार यसप्रकारका द्वन्द्व-द्वन्द्व कहिलेकहीँ आधा रातमा पनि अवलोकन गर्न पाउने सौभाग्य प्राप्त हुन्थ्यो ।' उनका श्रीमती झगडाबारे थप रुचि छ भने पुरुषोत्तम शमशेरकै पुस्तक पढ्दा धेरै थाहा हुन्छ । राज्यको सम्पत्तिमा मस्ती बटुल्ने राणा शासक र डा. गिरीमा धेरै समानता पाइन्छ । श्रीमती बटुल्ने सिको पनि उनले राणाबाट गरेका हुन् । राणाहरूले मुख्यानी, बडामहारानी, महारानी, रानी र नानी गरी घोषित रूपमै ४२ वटासम्म पुर्?याएका छन्, अघोषित अझ कति । अकन्टक राज्य चलाउन पाएको भए डा. गिरीले पनि श्रीमती संख्या राम्रै पुर्?याउँथे । जब उनी सत्तामा पुगे, नयाँ श्रीमती जोडे । असमानता भनेको केवल उनको शिरमा श्री ३ राणाहरूको झैं श्रीपेच नपर्नु मात्र हो । जसरी सत्ताबाट बाहिरिएपछि राणा शासक, उनका परिवार सम्पत्तिसहित मुलुक छाड्थें । उनले पनि छाडे । शासक तथा शक्तिसम्पन्न भारदारले मुलुक सोसेर अकुत सम्पत्ति जोड्ने र विदेश लगेर मस्ती गर्ने स्थापित परम्परा हो । इतिहासले देखाउँछ- शासकले नेपाललाई माया होइन, शोषण गर्ने थलो बनाए । उनी राणाशासकझैं दलविहीन शासन चलाउनुपर्छ भन्ने अभियन्ता हुनुपर्छ । हक्की, दम्भी, षडयन्त्रकारी र अहंकारयुक्त शब्द पोख्नमा उनी पनि कुनै राणा शासकभन्दा कम छैनन् । डा. गिरीको व्यापारिक जमातसँग राम्रो सम्बन्ध थियो । एकताका उनी पनि व्यापार गर्थे- क्लासिक भेन्टेज कारको । राणाहरूको पुरानो दरबार किन्थे र बेच्थे । त्यतिमात्र होइन, राष्ट्रिय वाणिज्य बैंकका निम्ति पनि टंगालमा राणाहरूकै पुरानो दरबार खरिद गरिदिएका थिए, जहाँ भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्दैछ । २०३२/०३३ ताका त्यो भवन खरिदले पनि प्रकरणकै रूप पाएको थियो । जतिबेला गिरी प्रधानमन्त्री थिए । पञ्चायती चर्काे दमनमा गुज्रेका अखबारले पनि त्यसमा कमिसनको राम्रो खेलकुद भएको भनी पाना रंग्याएका थिए । व्यापारीसँगको संगतकै कारण उनी गलँैचा काण्डमा समेत परे । पञ्चायती इतिहासकै सबैभन्दा ठूलो काण्डमा उनीसहित ९१ जना अभियुक्त बने । जसमा व्यापारीको संख्या पनि ठूलो थियो । उनको जीवनशैली सौखिन छ भन्ने तथ्य हालैका क्रियाकलापले पनि पुष्टि गर्छ । माघ- १९ हुनुपूर्व भित्रिएका गिरीले झन्डै आधा महिना याक एण्ड यतिको महँगोमध्ये पर्ने 'सुुइट' मा बास बसे । त्यो बासको रकम कसले तिर्?यो ? प्रश्न उब्जिएका छन्, जवाफ आएको छैन । पुल्चोकस्थित सरकारी मन्त्री क्वाटर खाली छन् । उहाँलाई बालुवाटार नजिकैको व्यापारी सीताराम प्रसाईंको घर भाडामा लिइएको छ । घर भाडाका लागि मात्रै मासिक ६० हजारभन्दा बढी खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी बताउँछन् । त्यहाँ उनको सुरक्षाका निम्ति सरकारले ठूलै लगानी गरेको छ । बहुदलीय कालका उपप्रधानमन्त्रीहरूलाई पुल्चोककै सरकारी निवास पचेको थियो, तर गिरीको जीवनशैलीलाई त्यसले धानेन
|
|