सपना ,,,,,,,,,,,,,,
सपना
======
दिन दिनै सपना देख्छु
अथवा
दीन दिने सपना हेर्छु
म स्योर छैन
तर सपना देख्छु
सपना हेर्छु
सपना लेख्छु
के लेख्छु स्योर छैन |
ठुलो मान्छे बन्न
डलरको मान्छे हुन
सपना पनि ठुलै देख्नु पर्छ रे
सपना पनि कलर कलरको देख्नु पर्छ रे
सपना सगर जस्तै अनन्त
सागर जति कै गहिरो
सगरमाथा जतिकै अग्लो
देख्नु पर्छ रे
धरहरा अग्लाई संगै भाँचिएको मान्छे,
मेलम्चीको पानीमा तिर्खाएको मान्छे,
दुइ गाँस भात मै अघाएको मान्छे
एककोठे अपार्टमेन्ट मै अटाएको मान्छे
अब सपना कसरी कलर देखुं?
रुपैयाको बिपनालाई कसरी डलर भनुं ?
सपना देख्नु गलत हैन
सपना लेख्नु फगत हैन
सपना भित्र हराउनुको मज्जा
सपना संगै कराउनु को मज्जा
बिना शुल्क
बिना नियन्त्रण
मज्जै मज्जा लुट्नुको मज्जा
अन्त कहाँ पाइन्छ र ?
त्यसैले
सपना आफै देख्ने गर मित्र ,
सपना आफै हेर्ने गर मित्र
त्यसैले त अचेल
मीठो सपना चाख्न, चास्नी खाएर सुत्ने गरेको छु
क्रिष्टल क्लियर सपना हेर्न चस्मा लाएर सुत्ने गरेको छु |
अस्तु !!!
दाइ ले सपना को बात गरेर मलाई नि मेरो सपना सम्झाइनु पो भयो ! मोरी कहा छे होलि !!
दाइ को कविता को त क्या बात गर्नु ! म तुच्छ प्राणि ले !
....finally found a Nepali Rumi!.
Wonderful sapna 🙂 Thank you, Dai !
Nice one thuldai. Loved it.
https://www.youtube.com/watch?v=WbOXbHglDjM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 6873
· Likes 2